मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अंग्रेजी चलचित्रहरूबाट प्रभावित छु - द्वन्दनिर्देशक अष्ट महर्जन

सुमन गैरे , , २०६६ चैत्र १८, बुधवार

नेपाली चलचित्र क्षेत्रमा केहि मात्र यस्ता द्वन्दनिर्देशकहरू छन् जस्ले लामो समय देखि आफ्नो स्थान सुरक्षित बनाएर राखेका छन् । नयाँ अनुहार आएर स्थापित हुन संघर्ष नै गर्नुपर्ने देखिन्छ । संघर्ष गरेर आउने द्वन्दनिर्देशक मध्येका एक हुन् अष्ट महर्जन ।  २०५२ सालतिर चलचित्र 'राजकुमार' मा पहिलो पटक फाईटरको काम गरेर चलचित्र क्षेत्रमा पाईला टेकेका अष्ट अहिले द्वन्दनिर्देशक भएर स्थापित हुने क्रममा रहेका छन् । टेलिचलचित्र 'सिन्दुर' र 'यातना' बाट द्वन्दनिर्देशक भएर काम शुरू गरेका अष्टले चलचित्र र टेलिचलचित्र गरि करिब ४५ चलचित्रमा आफ्नो काम देखाई सकेका छन् । उनी अहिले चलचित्र 'कसम' को छायाँकनमा व्यस्त छन् । यहि चलचित्र 'कसम' को छायाँकन स्थलमा भेटिएका अष्टसँग फिल्मीखबरले गरेको कुराकानी –    

 

द्वन्दको क्षेत्रमा लाग्नु को कारण ? 

अनुहार हिरो हुने जस्तो भएको भए त हिरो नै भएर आउँथे होला तर अनुहारले साथ नदिएपछि द्वन्दको क्षेत्रमा लाग्नु परेको हो । त्यसैमाथी म पहिले देखिनै मार्सल आर्टको खेलाडी भएकोले पनि मेरो यस प्रति झुकाव बढेको हो । 

यो क्षेत्रमा आउनुको कारण ? 

सानो छँदा त म यो क्षेत्रमा आउछु भनेर सोचेको पनि थिइन तर जब अलि बुझ्ने भएँ र टेलिभिजनहरू हेर्न थालें । त्यसपछी टेलिभिजनमा आउने फाईटरहरू हेर्दा मलाई पनि त्यसै बन्ने रहर भयो । पछि मैले म चाहन्थें कि मेरो पनि अनुहार टेलिभिजनमा उनीहरूको जस्तै गरि आओस भनेर । अन्तत: चलचित्र राजकुमारमा मैले पहिलो पटक एउटा सानो फाईटरको काम पाएँ । त्यो दिन त म निकै खुसी पनि भएको थिएँ कि अब म पनि पर्दामा देखिने भएँ भनेर ।    

फाईटरको भुमिकाबाट सन्तुष्ट हुनुहुन्थ्यो ? 

काम नपाउँदा सानो काम भए पनि म खुसि नै थिएँ तर पनि अझ धेरै काम गर्न पाए हुन्थ्यो भन्ने कुरा मनमा खेली रहन्थ्यो । 

फाईटर भएर काम गर्न कत्तिको गार्‍हो हुन्थ्यो ? 

म मार्सल आर्टको खेलाडी भएकोले मलाई खासै गार्‍हो भएन तर अन्य साथीहरूलाई भने गार्‍हो हुन्थ्यो रे । 

फाईटरका समस्याहरू के के हुन्छन् चलचित्रमा ? 

अरु समस्या त खासै केहि हुँदैन । फाईटर भने पछि हेप्ने चलन छ त्यो एकदमै नराम्रो हो । त्यसैमाथी उनीहरूको पारिश्रमिक पनि थोरै हुन्छ । ज्यान जोखिममा राखेर काम गरिन्छ तर त्यस अनुरूपको पारिश्रमिक नपाउँदा चित्त दुखेर आउँछ ।    

तपाईले फाईटर भएर काम गर्दा कति सम्म पारिश्रमिक पाउनु हुन्थ्यो ? 

एउटा चलचित्रमा त पैसा नै दिएनन् । तर पनि फाईटर भएर काम गरेपछि पहिलो पटक २५०० पाएको छु ।    

अहिले त द्वन्दनिर्देशक हुनु भएको छ । कति पाउनुहुन्छ नि पारिश्रमिक ? 

मैले पहिलो पटक ठूलो पर्दाको चलचित्र 'तेजाब' बाट ८० हजार पारिश्रमिक पाएको थिएँ । त्यसपछिका चलचित्रहरूमा पनि यहि अनुपातमा नै पारिश्रमिक पाउने गरेको छु ।    

फाईट खेल्दा साच्चिकै चोट लागेको कुनै घटना छ ? 

चलचित्र 'इज्जत' मा गणेश उप्रेती दाईले हान्दा मेरो गालाको छाला नै गएको थियो । झुक्किएर यस्ता घटनाहरू प्राय हुने गर्छन् ।    

फाईटर र फाईटरको निर्देशक हुँदाको अनुभव ? 

फाईटर हुँदा जे गर्न लगाईन्छ त्यति गरे पुग्छ तर फाईटरको निर्देशक हुन धेरै गार्‍हो हुने रहेछ । हरेक कुरामा ध्यान पुर्‍याउनु पर्छ ।    

 

तपाईले द्वन्दनिर्देशन गरेका चलचित्रहरू मध्ये थोरै मात्र प्रदर्शनमा आएका छन् तर पनि तपाईको डिमाण्ड बढ्दै जानुको कारण ?


यसको मूल्याङन म आफैं त गर्न सक्दिन तर पनि मेरो काम प्रतिको लगनशिलता, इमान्दारिता र मेरो ब्यबहारले गर्दा नै मैले काम पाउदै गएको हो जस्तो लाग्छ ।
 

चलचित्रमा 'एक्सन' का 'कन्सेप्ट' हरू कसरी ल्याउनु हुन्छ ? 

प्राय म अंग्रेजी चलचित्रहरू हेर्ने गर्छु र तिनै चलचित्रहरूबाट प्रभावित हुने गरेको छु । त्यसै दक्षिण भारतका चलचित्रहरूको एक्सनबाट पनि म निकै प्रभावित छु । मैले अंग्रेजी चलचित्रका सटहरू र दक्षिण भारतका चलचित्रका क्यामरा टेकिङको कन्सेप्ट चोर्छु र यि दुईलाई मिक्स गरेर आफ्नो नयाँ कन्सेप्ट तयार गर्छु ।    

आफूले गरेका कामहरूमा सबैभन्दा बढि चित्त बुझेको काम कुन चलचित्रमा छ ? 

अहिले मैले निर्देशन गरिरहेको चलचित्र 'कसम' मा मैले आफूले चाहे जस्तो काम गर्ने मौका पाएको छु । यसमा मैले बाईकका जोखिम स्टन्टहरू प्रयोग गरेको छु । त्यो भन्दा पनि मैले यो चलचित्रमा पहिलो पटक हिपहप फाईटको प्रयोग गरेको छु । 

तपाईको अन्तिम लक्ष्य ? 

नेपालको उत्कृष्ट द्वन्दनिर्देशक बन्ने ।