मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बल्ल जीवन बुझ्न थालेकी छु - नायिका करिश्मा

अश्विनी कोइराला, काठमाण्डौ, २०६६ आषाढ ३, बुधवार

१५ बर्षको उमेरमा नेपाली चलचित्र ‘मायालु’ मा नायिकाका रूपमा अभिनय गर्दा करिश्मा मानन्धर जस्ती थिइन्, अहिले ४० वर्ष नजिक पुग्दा पनि उनको सौर्न्दर्य उस्तै छ। नेपाली चलचित्र उद्योगमा उनको स्थान एक दशकभन्दा बढी नम्बर एकमा रह्यो। ५० भन्दा बढी चलचित्रमा अभिनय गरेपछि करिश्माले आफै दुईवटा चलचित्र निर्माण गरिन तर ती दुवैं चलचित्रले आशातित सफलता प्राप्त गर्न नसकेपछि करिश्मा निराश भएर अमेरिका गइन्। उनी अमेरिका बस्न थालेको पनि छ वर्षपुगिसकेको छ। यद्यपि लामो समय चलचित्र क्षेत्रबाट टाढा रहँदा पनि करिश्माको चर्चा सेलाएको छैन। उनी केही महिनाका लागि नेपाल आएकी थिईन् । केहि दिनको नेपाल बसाईको क्रममा उनै नायिकासँग गरिएको यो बिषेश कुराकानी -

 

१) अझै पनि मानिसहरूले तपाईलाई सम्झिरहेका छन्, किन होला ?

मैले नेपाली चलचित्र उद्योग छाड्दा जन्मिएको बालक अहिले छ वर्ष भयो । त्यस्ता ६ वर्ष बालबालिकाले पनि मलाई चिन्दा रहेछन् । यसबाट मलाई पनि आश्चर्य लागिरहेको छ । पक्कै पनि आमा-बुबाले यो करिश्मा हो भनेर चिनाएका होलान् । यसबाट म नेपाली दर्शकमा अझै पनि नायिकाका रूपमा स्थापित छु भन्ने लागको छ । अर्को कुरा, म नेपाल आउँदा जसरी मिडियाले स्थान दिन्छ, कलाकारहरू भेट्न आउँछन्, त्यसबाट म आफैँ पनि आश्चर्यमा पर्छु ।

२) के कारण होला ?

मेरो विचारमा मैले दीर्घकालीन असर पर्ने अभिनय गर्न पाएको छैन । अल्लारे, वसन्ती, ढुकढुकीजस्ता केही राम्रा चलचित्रमा काम गर्ने मौका पाएकी थिएँ, यद्यपि लामो समय सम्झनुपर्ने गरी नेपाली चलचित्रमा ठूलो योगदान दिएजस्तो लाग्दैन ।

 

३) कतै दर्शकले भविष्यमा करिश्माले नेपाली चलचित्रका लागि महत्वपूर्ण योगदान दिन्छे भन्ने आशा त गरिरहेका छैनन् ?

हुन सक्छ, मैले दुईवटा चलचित्र निर्माण गर्दा कलाकारहरूले चलचित्र निमार्ण गर्ने वातावरण बनेको थियो । त्यस यता कलाकारहरूले राम्रा चलचित्र निर्माण गरे । यो उद्योगका लागि राम्रो कुरा थियो । करिश्माले नेपाली चलचित्र बुझेकी हुनाले केही गर्ली भन्ने आशा हुन सक्छ ।

४) नेपालमा राम्रो क्यारियर,सपन्न परिवार, विनोदजस्ता असल श्रीमान हुदाँहुदैँ अमेरिका जाने निर्णय गलत थिएन ?

जतिखेर मैले अमेरिका जाने निर्णय गरें, त्यसबेला मेरो फस्ट पोजिसन नै थियो, तर कतिन्जेल त्यसलाई धान्न सकिन्छ, यो प्रश्नले निकै सताएको थियो । एक प्रकारको अनसेक्युरिटी फिल भैरहेको थियो । चलचित्र चलेन भन्नु त बहाना मात्र हो । वास्तवमा म यो क्षेत्रबाट उम्कने दाउ खोजिरहेकी थिएँ । मलाई झ्याल खोलेर परको क्षितिज हेर्न मन लागेको थियो ।

५) घरमा सानी छोरी, उद्योगमा राम्रो क्यारियरलाई त्याग गर्नुको कारण अनसेक्युरिटी मात्र हो भन्ने कुरा मान्न धेरैजसो तयार छैनन् नि ?

जसले मलाई नजिकबाट चिनेको छ, उसले म जस्तोसुकै निर्णय गर्न सक्छु भन्ने बुझेको छ । म मनमा लागेको कुरा गरेरै छाड्छु,चाहे त्यो गलत होस् वा सही । मलाई एक प्रकारको सेफ ल्यान्डिङ चाहिएको थियो । जब बाबुसाहेबले काठमाडौंमा झड्का खायो, मेरा लागि यो राम्रो बहाना भैदियो । तपाईले आशा गरे जस्तो  उत्तर मसगँछैन, कारण विनोदसँग पनि नराम्रो भएको थिएन ।

६) अहिले छ वर्षछि त्यो निर्णय बारेमा के सोच्नुहुन्छ ?

छोरी र श्रीमानलाई लामो समयसम्म छाड्दा त्यसले नेगेटिभ इम्प्याक्ट पनि पार्न सक्थ्यो । पारेन, तेसैले राम्रो भयो भन्ने लाग्छ । मैले संसार बुझें । एक प्रकारको कन्फिडेन्स, चलचित्रबाहेक पनि मेरो जीवन सफल हुन सक्छ भन्ने आशा पलाएको छ ।

७) अमेरिका बसुन्जेल नेपाल छाडेकोमा कुनै अप्ठयारो वा पीडा महसुस भएन ?

वास्तवमा आफन्त को हुन्, देश के हो परिवारको महत्व के हुदो रहेछ भन्ने कुरा मैले अमेरिका बसेरै थाहा पाएँ । हिजो म नेपालको नम्बर वान नायिका थिएँ, सुटिङ स्पटमा सबैले मेरो दुःख बुझ्ने प्रयास गर्थें । विनोदजस्ता श्रीमान् थिए, जसले कहिल्यै कुनै कुरामा रोक-छेक गरेनन् । घरमा सघाउने मानिस थिए । के खान्छौँ,  के मन पर्छ, के मन पदर्नै ,सधै खोजिनिधि हुन्थियो। परदशे मा त्यो कहाँ सम्भव थियो र ?

प्रत्येक मुभमेन्टमा यहाँका एक-एक दृश्यको सम्झना हुन्थ्यो, प्रत्येक कुराले एउटा झड्का दिन्थ्यो । हिजोको जीवन सपनामा बाँचेकी रहेछु, अहिले बल्ल यथार्थसँग जम्काभेट हुन थाल्यो । बल्ल जीवन बुझ्न थालेको महसुस हुन थालेको छ । मैले कलेजको मुखै देख्न पाइनँ । ख्याल-ठट्टामै चलचित्र कलाकार भएँ । यो परिपेक्ष्यमा अमेरिका मेरा लागि ठूलो युनिभर्सिटी भैदियो, जहाँ मैले जीवनका धेरै पाटालाई नजिकबाट बुझ्ने अवसर पाएँ ।

८) अब जीवनमा के कुरा भैदिए हुन्थ्यो भन्ने लाग्छ ?

छोरी कविता, विनोद, यो चलचित्र क्षेत्र, मलाई माया गर्ने मिडियाका मानिस सबैलाई जुरुक्क बोकेर कुनै यस्तो आइल्यान्डमा पुर्‍याऔं, जहाँ सबै नीति-नियम राम्रोसँग मानियोस् । राम्रा चलचित्रमा अभिनय गर्न पाइयोस् ।

९) नेपालमा होइन ?

यहाँको राजनैतिक बेथिति, नियम-कानुन ठाडो गरी मिचिने चलन, फोहोर, प्रदूषणले दिक्क लाग्छ । घर (गोदावरी) बाट सहर जान चार पटक सोच्नुपर्छ । के गर्ने, यस्तै ठाउँमा मलाई मन पर्ने, मलाई माया गर्ने मानिस बस्छन् । यथार्थ के हो भने यसलाई कतै लान सकिँदैन ।

१०) यसको अर्थ अब नेपाल नर्फकने ?

मैले भनिहाले नि, यहीं ठाउँमा मलाई मन पर्ने, मलाई माया गर्ने मानिस बस्छन् । यी सबैको महत्व मैले बुझिसकेकी छु । यिनीहरूबाट टाढा रहन सकिँदैन । तैपनि म मुढी मानिस हुँ, यसै भन्न सक्तिनँ । जहाँसम्म अहिलेको कुरा छ, उताको व्यवहार मिलाएर म सधैंभरिका लागि नेपाल र्फकन्छु ।

११) चलचित्रमा सक्रिय हुने कि अरू नै काम गर्ने ?

मभित्रको कलाकार सधैंभरि जागिरहन्छ । यो करिश्माभित्रको कलाकार थोरै भए पनि पर्दामा देखिउँ भन्छ । जीवनभर यसले छाड्छ जस्तो लाग्दैन । विनोद पनि उस्तै छ, सुटिङमा अरूका लागि खाना पकाउन पायो भने, अलिकति अभिनय गर्न पायो भने यसैमा रमाउँछ ।

१२) कहिलेदेखि प्रारम्भ गर्नुहुन्छ,चलचित्र ?

अहिले अनुकूल वातावरण छैन । फेरि हामी कलाकार मात्र रहेछौं,चलचित्रको व्यापारी हनु सक्दनै। त्यसैले चलचित्र बनाउने हिम्मत पनि छैन । कसलाई पैसा डुबाउने मन हुन्छ र ? अहिले हामी सल्लाह गदछौँ ।

१३) अमेरिका बसेर दुई-चार चलचित्र बनाउने पैसा कमाउनुभयो होला नि ?

नट एट अल । तपाईं पत्याउनुहुन्न, कसैले पनि पत्याउँदैनन्, तर मैले एक पैसा पनि बचाएको छैन । म पहिलदेखि नै महगोँ लागाउनु पर्ने, मिठोमीठो खानुपर्ने बानी भएकी यवुती हु । कतिपय नेपाली मजत्तिकै कमाएर राम्रो पैसा बचाउँछन्, मलाई भने महिनाभरिको खर्च पुग्दैनथ्यो । कहिलेकाहीं म सोच्छु, किन म अरूभन्दा फरक भएकी हुँला । सायद मलाई आम्दानी म्यानेजमेन्ट गर्न आउँदैन । म बेला-बेलामा नेपाल आइरहन्छु ।त्यसमा ठूलो खर्च हुन्छ । म अमेरिकामा पनि हेल्थक्लब जान्छु । महँगो पहिरनकी सौखिन हुँ । पैसा बचाउन सकिनँ भनेर कुनै चिन्ता छैन, सबैभन्दा ठूलो कुरा मैले जीवनमा धेरै कुरा सिकें, यो महत्वपूर्ण कुरा हो ।

१४)  अझै पनि उत्तिकै राम्री हुनुहुन्छ ?

(हाँसो) - नेपाल आएपछि म एक किलो मोटाएँ । मैले अझै आफूलाई मेन्टेन गर्न सकेकी छैन । मेरो विचारमा म अझै थुप्रै वर्ष आफुलाई मेन्टेन गर्न सक्छु । सौर्न्दर्य भन्ने कुरा आफुले मेनटेन गर्ने हो। खानपिन तथा जीवनशैलीमा ध्यान दिने हो भने सबै उमेरभन्दा कम देखिन्छन् ।

१५) छोरी पनि तपाईँ समान देखिन थालिछन्, कस्तो लाग्छ ?

उनी मभन्दा पनि अग्ली छिन् । उनी १५ वर्षपुग्न लागिन् । म पहिलो चलचित्रमा जस्ती थिएँ, उनी त्यस्तै छिन् । म उनीसगँ कार्टनु हेर्छु,  गेम खेल्छु। उनको कपडा म लगाउँछु, मेरो उनी लगाउँछिन् । हाम्रा धेरैजसो सौख मिल्छन् । हामी आमा-छोरी कम र साथी बढी हौं । जीवनमा यस्तो मोड पनि आउँदो रहेछ भनेर खुसी लाग्छ ।

१६) तपाईले आफ्नी आमालाई पनि आफ्नै घरछेउमा घर बनाइदिनुभएको छ, भोलि कविताबाट पनि त्यस्तै आशा राख्नुहुन्छ ?

आमालाई मैले घर बनाइदिएकी होइन । त्यो उहाँको आफ्नै कमाइ हो, तर आमालाई नजिकै राख्दा केही हेरविचार हुन्छ भन्ने सोच हो । यद्यपि सबै आ-आफ्नो जिन्दगीमा व्यस्त भइँदो रहेछ । चाहेजस्तो हेरचाह गर्न सकेकी छैन । भोलि कविताले मलाई हेरचाह गरून् भन्ने आशा राख्नु गलत हो । आज विनोदका आमा-बुबा बेलायतमा हुनुहुन्छ, उनी यहाँ छन् । तेसैले सोचेको जस्तो हुदैन।

१७) उमरे ढल्कदै गएपछि के गर्छु भन्ने सोच्नुहुन्छ ?

मेरी आमा भजन-कीर्तन गरेर दिन बिताउनुहुन्छ । मैले पनि आफैंमा बिजी हुने कुनै उपाय निकाल्नुपर्ला ।

 

अश्विनी कोइराला ( कान्तिपुर, साप्ताहिक )