मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो जीवनको टर्निङ प्वाइन्ट हो `विन्दास` : नायक फुँयाल

फिल्मीखबर, नेपालगंज, २०६९ श्रावण १३, शनिवार

सुरुमा केही म्युजिक भिडियोमा मोडलिङ गर्दै रंगमन्चमा प्रवेश गरेका नायक अशोक फुँयाल यतिवेला आफ्नो तेस्रो फिल्म विन्दासको प्रचारप्रसारमा निकै व्यस्त छन् । व्यापार नै आफ्नो मुख्य पेशा भएको वताउने नायक फुँयाल अभिनय आफ्नो सोख र सानैदेखीको इच्छा भएको बताउँछन् । हाल उनलाई विन्दासको प्रचारप्रसार गर्न नेपालगंजका विभिन्न मिडियामा भ्याईनभ्याई छ । नायक फुँयालसंग फिल्मीखबर संवाददाता विष्णु शाहीले गरेको कुराकानी -


व्यापारमा व्यस्त हुँदाहुँदै फिल्ममा अभिनय गर्ने इच्छा कसरी जाग्यो ?
पहिलो कुरा अभिनय मेरो सानैदेखीको रुची भएकै कारण यस क्षेत्रमा प्रवेश गरेको हो । स्कुल तथा कलेजमा बेलाबेला नाटकहरूमा अभिनय गर्थें पछी म विस्तारै मोडलिङ क्षेत्रमा प्रवेश गर्दै गएँ र साथीभाइको हौसला पनि मिल्दै गयो । मोडलिङ यात्रा अगाडी वढ्ने क्रममा मेरो साथीले दिलमाया फिल्ममा नयाँ कलाकार आवश्यक परेको कारण निर्देशक राजु गिरीसंग मेरो कुरा गरेको रहेछ । निर्देशक राजु गिरीसंग मैले भेट गरें । मलाई स्टोरी मन पर्यो र निर्देशकलाई मेरो अभिनय त्यसकारण नै ठुलो पर्दामा अभिनय यात्रा सुरुवात गरें । तर, व्यापार नै छोडेर भने यो क्षेत्रमा लाग्ने भने छैन किनकी मेरो पहिलो प्राथमिकता व्यापार हो ।


विन्दास कस्तो फिल्म हो ?
विन्दास एउटा शहरिया युवायुवतीको वास्तविक कथामा आधारित फिल्म हो । आफ्नो जीन्दगी आफ्नो तरिकाले चलाउनुपर्छ कसैको हस्तक्षेप हुनु हुँदैन भन्ने परिवारको कथा छ । र, युवाहरु धेरै स्वतन्त्र हुँदा आईपर्ने समस्यालाई पर्दामाझ देखाएको छ । फिल्ममा मायाप्रेम पनि छ ।


विन्दासले व्यावासायिक सफलता प्राप्त गर्नेका कत्तिको आशावादी हुनुहुन्छ ?
म धेरै आशावादी छु किनकी यो फिल्म युवापुस्तालाई लक्षित गरेर निर्माण गरीएको भएतापनि सम्पुर्ण वर्गले एकपटक हेर्नै पर्ने फिल्म हो । यसमा एउटा सिनेमा निर्माण गर्नलाई चाहिने हरेक कुरा छ । मलाई लाग्छ निर्माताले फिल्म निर्माण गर्न मात्र हैन पव्लिसिटिमा पनि कुनै कन्जुस्याईं गर्नुभएको छैन । मेरो पहिलो फिल्म दिलमाया र दोस्रो द्रव्यको तुलनामा निकै राम्रो वनेको छ । मेहनत गरेकै कारण फिल्मले व्यवसायिक सफलता प्राप्त गर्नेमा म र मेरो युनिट ढुक्क छौं । मलाई आशा छ उधोगमा यो फिल्म नै मेरो जीवनको टर्निङ प्वाइन्ट हुन्छ ।


नेपाली फिल्महरु व्यवसायिक असफल हुनुमा के-केमा कमी जस्तो लाग्छ ?
मेरो विचारमा दक्ष जनशक्तिको कमी, फिल्म निर्माण गर्नु पूर्व फिल्मको स्टोरीमा अध्ययन नगर्नु, विदेशी फिल्मवाट कपी गर्ने प्रवृती नै जस्तो लाग्छ । अर्को कुरा कुनै फिल्मले राम्रो व्यापार गर्यो भने हाम्रो प्रवृती त्यसकै कपी गर्ने छ तर त्यो गलत हो । हामीले कुनै पनि काम गर्दा दर्शक या उपभोक्तालाई नयाँ स्वाद दिने प्रयास गर्नुपर्छ तर यो होइन की नयाँ भन्दैमा कपी गर्नैपर्ने सकेसम्म यथार्थ कथा साथै आफ्नो मौलिकतामा आधारीत फिल्म दिने प्रयास गर्नुपर्छ ।


यस क्षेत्रमा नवकलाकारहरु हवात्तै वढ्नुको कारण के हो जस्तो लाग्छ ?
नेपालको कन्टेस्टमा हेर्ने हो भने यहाँ धेरै युवाहरु फिल्ममा अभिनय गर्न चाहन्छन् तर प्लेटफर्म पाइरहेका हुँदैनन् त्यसकारण उनीहरुले प्लेटफर्म नपाइरहेको अवस्थामा आफ्नो इच्छा पुरा गर्नका लागी सानो अवसर पाएमा प्रवेश गर्छन् जसका कारण नव कलाकारको संख्यमा वृद्धि भइरहेको छ ।


व्यापारमा निकै व्यस्त हुनुहुन्छ फिल्म क्षेत्र प्रति तपाईंको मोह कहिलेसम्म रहला ?
हो म व्यापारमा व्यस्त छु यसमाने यो होइन की फिल्म नै नखेल्ने अर्को कुरा व्यापार नै छोडेर भने यस क्षेत्रमा लाग्ने भने छैन । अहिले सम्म समय मिलाएर फिल्ममा अभिनय गरिरहेको छु जहिले सम्म मलाई दर्शकले माया गर्नुहुन्छ मेरो अभिनयलाई मन पराउनुहुन्छ तवसम्म म यस क्षेत्रमा रहन्छु ।