मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.20/5.00)
Text size:-
+
-

`मेरो फिल्ममा नाङ्गो शरिर र सेक्स छैन` : गोविन्द शाही

विष्णु शाही, नेपालगंज, २०६९ आषाढ २२, शुक्रवार

कहाँ छौ कहाँबाट फिल्मी दुनियाँमा प्रवेश गरेका नायक गोबिन्द शाही आफ्नो पहिलो फिल्म कहाँ छौ कहाँको अत्यधिक सफलता संगै निरन्तर फिल्म निर्माणका साथै अभिनयमा लागिरहेका छन् । पहिलो फिल्मको व्यावसायिक सफलतावाट हौसिएका शाहीले त्यसपछी संसार आफ्नै र पराई निर्माण गरे । उनी आगामी भदौवाट 'पुलिस' फिल्मको छायाङन गर्ने तयारीमा छन् । साउन १८ वाट मोफसल र १९ गतेवाट काठमाण्डौमा प्रर्दशनको तयारीमा रहेको फिल्म संसार आफ्नैको पव्लिसिटिमा निकै व्यस्त रहेका शाहीसंग फिल्मीखबरका संवाददाता विष्णु शाहीले गरेको कुराकानी -


संसार आफ्नै कस्तो फिल्म हो ?
मेरो फिल्म बिशुद्ध माया प्रेममा आधारित छ । यसमा माया प्रेमसंगै समाजमा घटेका संवेदनशिल घटनालाई पर्दामा ल्याउने प्रयास गरेको छु । यो सत्य घटनामा आधारित फिल्म हो ।

 

पछिल्लो समय सेक्स, अश्लिल शब्द, वेड सिन, टङ किस जस्तो कथावस्तु भएको फिल्म चलिरहेको अवस्थामा लभस्टोरी फिल्म चल्ला ?
हो, पछिल्लो समय केही निर्माताहरुले त्यस्तो फिल्म वनाएर चलाएका छन् तर त्यो गलत हो । फिल्ममा नायिकाको नग्न शरीर र कलाकारको अश्लिल शव्दले फिल्म चल्छ भन्नु त्यो भ्रम हो । अरु निर्माताले जस्तो फिल्म वनाए पनी म फरक धारको नेपाली पन र मनले भरिपुर्ण समाजमा घटेका सत्य घटनामा फिल्म वनाउने निर्माता हुँ । सम्पुर्ण दर्शकलाई जानकारी गराउन चाहन्छु मेरो फिल्ममा नाङ्गो शरिर र सेक्स हैन मेरो साथीको वास्तविक कथा छ ।

 

व्यावसायिक रुपमा सफल हुन्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
आशावादी छु किनकी पहिलो फिल्म भन्दा वढी मिहिनेत साथै राम्रो वनाउने प्रयास गरेको छु । मलाई लाग्छ संसार आफ्नै हेरेर आँशु नझार्ने दर्शक सायद कोही हुँदैनन् । फुलै फुल छ यहाँ वोलको गित जती चर्चित छ त्यो भन्दा वढी फिल्म सफल हुन्छ।

 

पछिल्लो समय नेपाली फिल्म खासै चलिरहेका छैनन् नी ?
पछिल्लो समय फिल्म नचल्लुको कारण कथा, संगित, प्रविधि, कलाकार राम्रो नभएर नै हो जस्तो मलाई लाग्छ । अर्को महत्वपूर्ण कुरा चाहिं प्राय निर्माताहरुले फिल्मको पव्लिसिटीलाई मोफसलसम्म नपुर्‍याउनु पनि हो, किनकी नेपाली फिल्म हेर्ने अधिकांश दर्शक ग्रामिण भेगका हुन्छन् ।

 

फिल्ममा अभिनय गर्ने कलाकार त्यसमा झन् नायकलाई त प्रेम प्रस्ताव धेरै आउछ भन्छन् नि !
प्रेम प्रस्ताव त आउछन् तर म त्यसलाई म प्रति दर्शकले गरेको माया र मेरो अभिनय प्रति देखाएको माया सम्झन्छु नेगेटिभ सोच्दिन ।

 

तपाईंको फिल्म प्रति मोह कहिले सम्म रहला ?
काम गर्दै जाने हो जव सम्म दर्शकले माया गर्नुहुन्छ, मेरो अभिनयलाई मन पराउनुहुन्छ तवसम्म रहिरहन्छ । म अरु जस्तो निर्माता हैन एक दुई वटा फिल्म वनाएर पलाएन हुने ।

 

अन्त्यमा के भन्नुहुन्छ ?
सर्वप्रथम मेरा प्यारा दर्शकहरुलाई मेरो पहिलो फिल्म जस्तै संसार आफ्नैलाई पनि माया गरिदिनुहुनका साथै सम्पुर्ण दर्शकलाई एकपटक फिल्म हेरेर प्रतिक्रिया दिनुहुन आग्रह गर्दछु ।