मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो पहिलो माया बिर्सन सकिन्न - सुनिल थापा/दिपक श्रेष्ठ

बिष्णु सुबेदी, , २०६६ फाल्गुन ३, आईतवार

चारै तिर भ्यालेन्टाइन डे मनाउने तयारी गर्दै गर्दा चलचित्र पहिलो पहिलो मायाको युनिटलाई भने चलचित्र चलाउन हतार थियो । आफ्नो पहिलो पहिलो मायालाई सम्झाउने भनिएको यो चलचित्र ले कलाकार र निर्देशकको पहिलो मायालाई कत्तिको सम्झायो त कलाकार सुनिल थापा र निर्देशक दिपक श्रेष्ठ संग पहिलो पहिलो मायाका बारेमा बिष्णु सुबेदीले गर्नु भएको कुराकानि :

 


सुनिल जि आफ्नो पहिलो पहिलो मायाको सम्झना छ ?

नसम्झने त कुरै भएन । सम्झना अलि पातलो थियो तर चलचित्र पहिलो पहिलो मायाले फेरी ताजा रुपमा सम्झायो सन्चो भैसकेको घाउ फेरी एकचोटी नराम्रो संग बल्झीयो ।


दिपक : मेरो फिल्मले चोट पुर्याएकोमा I am sorry सुनिल दाई । मैले त पहिलो पहिलो माया कत्ति अमुल्य हुन्छ भन्ने मात्रै देखाउन खोजेको ।

 


सुनिल जि उसको जस्तै माया फेरी कुनै दिन पाउनु भयो ?

पहिलो माया जस्तो माया आज सम्म फेरी कुनै दिन पाएको छैन । आज सुनिल थापाको बिहे भइसकेपछि अझ २ जना छोरा छोरीको बाबु भैसके पनि आफ्नो पहिलो पहिलो मायालाई बिस्रन नसक्ने यो कस्तो माया होला ?

 


प्रपोज कस्ले गरेको थियो ?

मलाई लाग्छ हामिले एक अर्कालाई प्रपोज गरेका थियौ ।


सम्झना छ पहिलो माया कस्लाई र कहिले गर्नु भएको थियो   ?
सम्झना त छ तर सुबै कुरा नभनौ क्यारे उ कसैको भै सकेको छ । फेरी उता उसको घरबार बिग्रने डर यता कसैले मेरो श्रीमतिलाई यो कुरा सुनाए भने उ पनि रिसाएर एक हप्ता सम्म बोलचाल बन्द होला कि भन्ने डर ।

दिपक ः बरु भाउजुलाई हामि नै सम्झाउला तपाइको पहिलो माया त सुनाउनै पर्छ ।


सुनिल : मेरो श्रीमति रिसायो भने तपाईले सम्झाउने सर्तमा मात्रै भन्छु ल । कलेजको कुरा हो म १९ वर्षको थिए । तर मायामा पनि बिडम्वना हुदो रै छ मेरो कास्टको नभएर नेपालि नभएको कारणले गर्दा यो माया यहि टुङ्ग्याउनु पर्र्यो । मैले कहिलेकाही आमा बुवा संग कुरा कोटट्याउदा खेरी उहाहरुले चान्सै छैन बरु बिर्सिदिए हुन्छ भन्ने गर्नु हुन्थ्यो र मैले पनि बुवा आमालाई त्याग्न नसकेकोले उनि संग कुरा गरेर सहमति मै हाम्रो सम्बन्धलाई त्यहि टुङयाउनु पर्र्यो । 


दिपक:
सुनिल दाई यति धेरै कुरा सुन्दा त्यहा भित्र झन ठुलो माया देखेको छु । सुनिल दाईले गरेको माया बुबा आमाको आदार गर्ने एक आर्काको समस्या बुझ्ने अझ भनौ एक अर्कालाई बुझेर नचाहदा नचाहदै पनि एक अर्कालाई त्याग्नु परेको छ । त्यहा त्याग भित्र माया छ ।

 


तपाई बिवाहीत मान्छे भाउजुलाई कत्तिको माया गर्नु हुन्छ ?

अहिले त सबै भन्दा बढी उनैलाई माया गर्छु ।


दिपक: सुनिल दाइले पहिलो मायाको बारेमा भनि सके पछि मलाइ पनि पहिलो मायाको बारेमा भन्न मन लाग्यो । मेरो रियल माया र रिल मायामा खासै फरक छैन । मेरो माया त फिल्मको भन्दा पनि साचो थियो ।

 


दिपक जि कस्तो थियो त तपाईको पहिलो माया  ?
इन्ट्रेस्टीङ छ । धरानमा रहेको मरो मामा घर नजिकै बालिका स्कुल पर्दथ्यौ त्यहि स्कुलमा उनि कक्षा नौ मा पढथिन म भर्खर कलेजमा भर्ना भएको थिए । उनि स्कुल बाट बाहीर निस्कन्थीन मैले मामाको घरको ढोका बाट उनलाई साइड दिन्थे । अनि त्यहि शिवजि चटपट थियो । उनि चटपट खान त्यही आउँथिन् म पनि जान्थे अनि त्यो चटपटेले हाम्रो बिचमा म्यासेन्जरको काम गरेको थियो । चटपटे खादा खादै लभ परेको थियो । भाग्यबंश अहिले पनि त्यो माया निरन्तर छ । र तिनि हुन मेरै श्रीमति सुनिता श्रेष्ठ ।

 


सुनिल जि तपाइको मायामा चाही चटपटेको प्रयोग कत्तिको भयो  ?

चटपटे बेच्ने धेरै थिए तर नेपालि नभएको कारणले काम लागेन ।


मायामा रोमान्स हुन्छ भन्छन नि ?

सुनिल : मायामा कत्तिको शक्ति छ त्यसमा भर पर्छ । जो सुकैलाई माया गर्दा पनि होस रोमान्स त हुन्छ नै हुन्छ । तर यो रोमान्स सकारात्मक सोचमा हुनुपर्छ ।


दिपक: मायामा न्यानो पन हुन्छ आफ्नो पन हुन्छ प्यारो हुन्छ अनि भुल्नै गाह्रो हुन्छ ।


सुनिल:
न्यानो मात्रै हैन प्यारो मत्रै हैन भुल्नै गाह्रो मात्रै हैन साह्रो पनि हुन्छ त्यसैले आज मैले बिहे भइसकेपछि पनि आफ्नो पहिलो पहिलो मायालाई बिस्रन सकेको छैन ।


अन्तमा…?
सुनिल: ब्रदर्श इन्टरटेन्टमेन्ट लाई धन्यबाद । पुरा नेपाललाई भ्यालेन्टाइन गिफ्ट दिएकोमा । मेरो ३६ वर्षे इतिहासमा २०० फिल्म खेल्दा मलाई मेरे पहिलो पहिलो माया सम्झाउने यो फिल्म सबै माया गर्ने जोडिहरुलाई मेरो तर्फबाट पनि भ्यालेन्टाइन गिफ्ट स्वीकार गर्नुहोला ।


दिपक: 
हाम्रो आ-आफ्नै कथा जान्न मायाको आभाष प्राप्तगर्न अनि पहिलो मायालाइ सम्झिन पहिलो पहिलो माया हुर्नुहोला ।