मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाइवेलाई जीवनको प्रतिबिम्बको रुपमा पाएँ : रबिन्द्र मिश्र

मणिराज गौतम, हेटौंडा, २०६९ आषाढ १३, बुधवार

रबिन्द्र मिश्र प्राय सञ्चारसँग सम्बद्ध सबैले सुनेको नाम हो । उनी बिबिसी नेपाली सेवामा कार्यरत नेपाल भर मात्र हैन संसारभर परिचित भैसकेका व्यक्ति हुन् । मिश्रले सञ्चार क्षेत्रसँगै अभिनय क्षेत्रमा पनि हात हालेका छन् । उनले अभिनय गरेको नेपाली फिल्म हाइवे श्राबण ५ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । यहि फिल्ममा केन्द्रित रही फिल्मीखबरका लागी हाम्रा संवाददाता मणिराज गौतमले गरेको कुराकानीको सम्पादित अंश -

१) सञ्चारसँग ब्यस्त हुँदाहुँदै फिल्ममा अभिनय गर्ने मोह कसरी आयो ?
म स्कुलमा र कलेजमा हुँदा अलिअलि अभिनय गर्थें, नाटक खेल्ने गर्थें, प्रहसन प्रतियोगितामा पनि भाग लिने गर्थें । त्यतिबेलाको अन्तर कलेज प्रहसन प्रतियोगितामा द्धितीय पनि भएको थिएँ । अभिनयमा रुची थियो तर जागिरको शिलशिलामा देश बाहिर धेरै बसियो त्यसले गर्दा म भित्र भएको अभिनय मोह पोख्ने ठाउ पाएको थिईन । नेपाल आएपछि केही साथिहरुलाई मैले भनेको थिएँ कि मलाई चित्त बुझ्दो भुमिका हुने कुनै त्यस्तो सिनेमा पाएँ भने काम गर्छु भनेर । त्यो भनेको आधारमा मेरा साथी केदार शर्मा जो कबी,पत्रकार हुनुहुन्छ उहाँले मलाई सिनेमा गर्दै छौं काम गर्ने हो भनेर अफर गर्नु भो अनि मैले सिनेमा निर्देशक दिपक रौनियार, कास्टिग डाईरेक्टर आशा मगरातीलाई भेटें कुराकानी भयो मलाई मेरो भुमिका मन पर्यो अनि अभिनय गरें ।

२) सञ्चारकर्मीको हैसियतमा अहिले जुन बिबादखाले केही फिल्महरु आईरहेका छन् यसबारे के भन्नुहुन्छ ?
फिल्म बारे मेरो आफनै धारणा छ जुन अधिकांश फिल्म दर्शक र निर्माताहरु सँग नमिल्न सक्छ । फिल्म भनेको जिवनको प्रतिबिम्ब हो त्यस्मा कलात्मकता हुनसक्छ, त्यसलाई बढाईचढाई गर्नुहुन्न र त्यसले जिवनलाई प्रतिबिम्बित पनि गर्दैन र त्यसले कुनै कलात्मक महत्व पनि राख्दैन जस्तो मलाई लाग्छ । फेवाताल छेउको रुखमा हिरो र हिरोईनलाई नचाउदा त्यस्को केही स्वाद म फिल्ममा पाउदिन । कुनै हिरो चन्द्रमा तिर हेरेर मेरो जिन्दगी कति दुखी थियो भनेर टिलपिल त्यो गिलसिरिङ हालेको आँशु झार्दा खेरी त्यस्को कुनै पनि असर रहदैन त्यसो हुनाले फिल्मलाई मैले जहिले पनि जीवनको प्रतिबिम्बको रुपमा हेरें त्यही होस भन्ने चाहान्थे तर मैले कुनै फिल्ममा पनि पाईन । सौभाग्य भनौ मैले फिल्म हाइवेलाई जीवनको प्रतिबिम्बको रुपमा पाएको महशुश गरेको छु ।

३) खास हाइवेको के कुरा मन परेर अभिनयमा प्रभाबित बन्नु भो ?
अब मलाई नामको लागी भनेर त काम गर्नु पर्ने कुरै थिएन । हाइवे केही लाख मान्छेले हेर्लान् । बिबिसि नेपाली सेवामा म काम गर्छु त्यसको साठी लाख श्रोता नै हुनुहुन्छ । यो हिसाबमा नामको लागी भन्नु खास अर्थ होईन । मेरो रुचीको कुरा पनि हो र रुचीका कारण मैले अभिनय गरेको हुँ । म कबिता पनि लेख्छु, अभिनय प्रति मेरो आफ्नै चाहना छ तर हाइवेको बिषय बस्तु,जुन किसिमले निर्माण गर्न लागिएको थियो यसको बिषय बस्तुबाट म प्रबाभित भएको हुँ ।   

४) हाइवे भित्र तपाईलाई र कथालाई कसरी प्रस्तुत गरिएको छ ?
हेर्नुस् यो अन्य फिल्म जस्तो हिरो हिरोईन भिलेन राखेर बनाईएको फिल्म होईन । हामी दैनिक रुपमा भोगेको जुन संस्कृति छ त्यो बन्दले मानिसलाई कसरी जिवनमा प्रभाब पारेको हुन्छ, मानिसलाई शारिरिक रुपमा मात्र होईन मानिसलाई एक ब्यबहारिक रुपमा मात्र पनि होईन मानसिक रुपमा पनि कसरी असर पारेको हुन्छ भन्ने कुरालाई त्यसले प्रतिबिम्बीत गरेको छ र समाजका बिबिध पाटोमा बन्द र हडतालले पारेको असरलाई झल्काउन खोजिएको छ । यो बिषय बस्तु भिन्न प्रकृतिको थियो जुन भुमिकामा मलाई प्रस्तुत गरीयो त्यो भुमिकामा राजेश हमाललाई अफर गरिएको रहेछ तर राजेश हमालले  कुनै कारणबस अभिनय गर्नु भएन । त्यो रोल असाध्यै रोचक पनि थियो । रोल छोटो छ तर पनि निकै मनपर्दो खालको भुमिका भएर मैले अभिनय गरें । यो सिनेमा पुर्णत स्वस्फुर्त संवादमा आधारित छ । यसमा डाईलग घोकेर, स्कृप्ट पढेर अभिनय गर्ने फिल्म होईन यसमा कथा यस्तो हुन्छ, यस्तो घटना हुन्छ भनेर दिएको हुन्छ र त्यसमा आधारित रहेर सबै कलाकारहरुले अभिनय गर्नुपर्ने थियो यो नै फिल्मको स्वभाबिकता हुन्छ । यसमा म एउटा डाक्टरको भुमिकामा प्रस्तुत भएको छु तर डाक्टरकै सम्पुर्ण चरित्रलाई चित्रण गर्न खोजिएको होईन यसमा डाक्टरले बिबिध कारणले गर्दा कस्तो किसिमको मानसिक पिडा भोगीरहेको छ भन्ने पक्षलाई चित्रण गर्न खोजिएको छ ।


५) अभिनय पश्चात साथीभाई,परिबारबाट प्रतिक्रिया कस्तो रहयो ?
आफुलाई त त्यस्तो कलाकार भए जस्तो लागेको छैन । मुल रुपमा म पत्रकार हुँ पत्रकारितामा नै समर्पित हुन चाहन्छु तर अरुहरुको लागी असाध्यै सकरात्मक रह्यो । कत्तिले रोचक माने ओ हो रबिन्द्रले पनि सिनेमा खेल्यो भनेर केहीले चै तपाई सञ्चारकर्मी नै राम्रो थियो भने तर धेरैले रबिन्द्रले कस्तो अभिनय गर्यो भनेर उत्सुकता ठाने ।   


६) अब अन्य फिल्ममा अभिनय गर्ने र निर्माण गर्ने तिर तपाईको बिचार के छ ?
निर्माण तिर त मेरो कुनै योजनै छैन तर अभिनय तिर चाहना छ । आफुलाई चित्त बुझ्दो भुमिका भयो भने अभिनय गर्छु ।