मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

मायाज बारमा सेक्स छ तर कलात्मक : दिनेश डिसी (निर्देशक )

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २१, आईतवार

निकै लामो समय पछि कमव्याक हुनु भयो । कारण ?
अन्य कामको व्यस्तताले गर्दा मलाई फिल्म निर्देशन तर्फ नजिक ल्याएन । अर्को कुरा म क्रियशन गर्ने मान्छे त्यसैले मेरा हरेक काम क्रियटिभ हुन्छन् त क्रियटिभ काम हतारमा गरिंदैन सोचेर समय लगाएर गरिन्छ । कारण यो मात्र थिएन । अर्को कारण भनेको निर्माता सुनिल मानन्धरको पैसा मार्केटमा फसिरहेको थियो । हामी कम्रमाईजमा काम गर्ने पक्षमा थिएनौं जसले गर्दा हामीलाई चाहिने रकम उठे पछि मात्र काम शुरू गरिएको हो ।

 

तपाईंको क्रियशन त निकै महंगो हुन्छ रे त जसले गर्दा निर्मातालाई ठूलै भार पर्छ भनिन्छ नि !
'लार्जर देन लाईफ' मैले आफ्नो कामलाई जीवन भन्दा ठूलोको रूपमा लिन्छु र त्यहि अनुसार काम गर्छु । विमान चालक पनि त्यहि सोचमा बनाएको थिएँ यो पनि त्यहि सोचको हो र आगामी प्रोजेक्ट पनि त्यहि सोचको हुनेछ ।

 

ठूलो सोच राखेर खर्च बढाउँदा त्यसको मार्केट सहज छ त ?
हेर्नुस् क्रियटरले मार्केट सोच्दैन त्यो त निर्माताले सोच्ने काम हो । मार्केट सोच्न थाल्ने हो भने त त्यहाँ क्रियशन नै हुँदैन । सायद यहि त्यसैले पनि होला म फिल्म निर्देशनमा अलि सुस्त पनि छु । थोरै गर्छु राम्रो गर्छु र निर्माता नडुबोस् भन्ने हेतुले काम गर्छु ।

 

मायाज बारका निर्माताले खर्च देखेर टाउको समाती रहेका छन् रे ! कत्तिको खर्च देखिन्छ त फिल्ममा ?
मेरो सोच जे छ र जे देखाईन्छ त्यो 'इम्प्याक्ट फूल' हुन्छ । मेरो गरिब पात्र पनि सफा सुग्घर हुनुपर्छ भन्ने मेरो सोच हो र त्यहि सोचले गर्दा कर्च अलि बढि भएको हो । अर्को कुरा निर्माताले मलाई कहिल्यै पनि खर्च बढ्यो भनेर दबाब दिनु भएन । म फोहोरी गरिब खिच्दिन । अर्को कुरा क्यानभासमा देखिएको नेपाली फिल्महरूमा मायाज बार उच्चतम बिन्दु हो भन्ने मलाई लाग्छ । त्यसैले 'ल्याबिज' फिल्म बनाउँदा खर्च बढ्नु नौलो कुरा हैन ।

 

त्यसो भए तपाईंलाई फ्रि छोड्दिनु भएको हो त ?
हो, उहाँले मेरो क्रियशनको कदर गर्दै काममा कुनै किसिमको बाधा अबरोध ल्याउन दिनु भएन जसले गर्दा फिल्म पनि हामीले सोचे भन्दा राम्रो बनाएका छौं । क्रियशन गर्ने मान्छेलाई रोक पनि लगाउन हुन्न । हल्ला पनि चल्यो निर्माता र मेरो बिबाद भयो भनेर तर हामी सहज ढंगले काम गर्यौं र अहिले पनि गरिरहेका छौं ।

 

मायाज बार कस्तो फिल्म हो र यो फिल्म किन हेर्ने ?
आवेगमा आएर गलत निर्णय लिन हुन्न र प्रेममा इगो राख्दा त्यसले नित्याउने असरलाई फिल्मले मुख्य केन्द्रविन्दु बनाएको छ । यो एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म हो र यो मनोरञ्जन लिन कै लागि हेर्ने हो । म सन्देश दिने भन्दा पनि दर्शकलाई मनोरञ्जन दिनका लागि फिल्म बनाउँछु ।

 

मायाज बारले राजेश हमाललाई नै नेगेटिभ भुमिकामा किन खोज्यो ?
मलाई लाग्छ आज सम्म राजेश हमाललाई सहि तरिकाले प्रयोग गरिएको छैन । उहाँको व्यक्तित्व र सोच मेरो क्यारेक्टरको लागि फिट थियो र नै मैले उहाँलाई नै रोजें । उहाँ एउटा भिलेन पात्र हो । भिलेन पनि त्यस्तो पात्र हो जहाँ उहाँको चरित्र हेर्दा तपाईंको आँखाले आनन्दको महसुस गर्छ । उहाँलाई आरोप पनि लागेको थियो कि खाली एउटै चरित्र अनि उस्तै प्रस्तुती । त्यहि आरोप मेटाउनका लागि पनि हामीले राजेश जीलाई यो फिल्ममा फरक ढंगले प्रस्तुत गरेका छौं । मेरो फिल्मको लागि उहाँ मात्र एक नेपाली पात्र हुनुहुन्थ्यो । यदि उहाँ नभएको भए त्यो पर्सनालिटी र सोच भएको व्यक्ति बलिउडका अभिनेता डेनी मात्र थिए र हामीले उहाँलाई विकप्लको रूपमा सोचेका पनि थियौं ।

 

तपाईंले पात्र चयन कसरी गर्नु भयो ?  
मेरो कथालाई सुहाउने पात्र नै मैले चयन गरेको हुँ । पात्रमा मैले कम्प्रमाईज गर्दिन । मेरो फिल्ममा अभिनय गरेका हरेक पात्र उत्कृष्ट छन् । राजेश हमाल र करिष्मा मानन्धर नेपाली फिल्मको हस्ती भएर लिएको हैन उहाँ मेरो पात्रको लागि सुहाउने एक मात्र दाबेदार हुनु हुन्थ्यो । त्यसैगरी गजित बिष्ट नेपालभरबाट अभिनयमा सबैलाई उछिनेर आएको कलाकार र उ नै मेरो पात्रको लागि सुहाउने कलाकार हो । निशा अधिकारी पनि मेरो बारको माया बन्न सुहाउने पात्र हुन् । त्यति मात्र हैन हाम्रा प्राबिधिक पक्ष पनि सबल छन् ।

 

पछिल्लो समय नेपाली फिल्म मेकरले सेक्सको बिषयलाई बढि ध्यान दिएको देखिन्छ । तपाईंको फिल्म त्यो बिषयबाट अछुतो छ कि छैन ?
मायाज बार भन्ने बित्तिकै बारमा यौनजन्य क्रियाकलाप नहुनु अलि असुहाउँदो हुन्छ । हामी बारमा एउटी युवतीलाई सेक्सको सेक्सको नजरले नै हेर्न पुगेका हुन्छौं । मेरो फिल्ममा पनि सेक्सको उठान छ तर कलात्मक छ । ग्ल्यामर र भल्गरको बिचको लाईन कहाँ निर सम्म कोर्ने भन्ने हुन्छ । हामीले त्यो लाईन सहि ठाउँमा कोरेर सेक्सलाई देखाएका छौं । अर्को कुरा सेक्स भन्दैमा सहबास नै हुनुपर्छ भन्ने हैन । एउटी युवतीलाई एउटा पुरूषले हेर्नु पनि सेक्स हो । त्यसैले हेराईमा पनि सेक्स हुन्छ । म मेरो फिल्म आमा र छोरीसँग बसेर हेर्न सक्छु ।