मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

गुन्द्रुकको झोल खाएर चलचित्र निर्माण गर्यौ - निर्माता/निर्देशक

गिरीराज भट्टराई, काठमाण्डौ, २०६६ माघ १२, सोमवार

अहिले बाटुली चलचित्रले सफलता हासिल गरिरहेको छ । यसै शिलसिलामा यस चलचित्रका निर्माता डाक्टर सिं गुरूङ र निर्देशक रञ्जित रानासंग फिल्मीखबर डटकमका प्रतिनिधी गिरीराज भट्टराईले गर्नुभएको कुराकानि ।

 

गुरुङ्ग जी चलचित्र बाटुली कस्तो खालको चलचित्र हो ?
यो बाटुली टिपीकल नेपाली चलचित्र हो । जस्तो मेरो बन्धकि चलचित्र हो त्यस्तै ठेट नेपाली चलचित्र हो । यो ठेट नेपाली परिवेसमा बनेपनि यसमा व्यबसायिकता लगाइएको छ । यसमा एउटा गाउँले साहसिक केटिको कथा देखाईएको छ । यो बिशुद्व नेपालीपन भएको चलचित्र हो ।

 

सबै निर्माताले आफ्नो चलचित्र अरुको भन्दा फरक छ भन्छन् । तपाईंको चलचित्रमा के फरक छ ?
त्यो त सबैले आफ्नो चलचित्र अरुको भन्दा फरक छ त भन्छन् तर म त्यस्तो घमण्ड गर्दिन। दर्शकले आफैं हेरेर मुल्याङ्कन गर्ने हो । जसरि मैले बन्धकि चलचित्र निर्माण गरें दर्शकले मनपराइ दिनुभयो । उक्त चलचित्रले प्रथम राष्ट्रिय चलचित्र महोत्सवमा १० वटा एवार्ड पनि जित्न सफल भयो । त्यस्तै यो चलचित्र बाटुलीलाई पनि दर्शकले मन पराइदिनु भएको छ । अन्य निर्माताहरु एसि रुममा बसेर मस्ति गर्दै चलचित्र बनाउंछन् तर हामिले गुन्द्रिमा बसेर गुन्द्रुकको झोल खाएर चलचित्र निर्माण गर्यौं । त्यहिभएर आज आएर चलचित्र सफल बनेको हो ।

 

रञ्जित जि निर्माताले त बिशुद्व नेपालीपन भएको नेपाली चलचित्र भन्नु भयो कस्तो खालको नेपालीपन भएको चलचित्र हो ?

नेपाली चलचित्रलाई जहिले पनि  हिन्दी चलचित्रको कपि भयो भनेर आरोप लाग्ने गर्छ । त्यसै कुराले गर्दा हामिले यो चलचित्रमा बिशुद्व गाउँको परिबेश देखाएका छौं । दर्शकले पनि एकदमै मन पराइदिनु भएको छ ।


यो चलचित्रमा ठेट नेपालीपन कसरि दिनुभएको छ त ?
यस चलचित्रमा एउटा पहाडकी छोरीलाई शक्तिको रुपमा उतारेका छौं । नेपाली नारिहरु कमजोर र असक्षम छैनन् दक्ष र नेतृत्ववान् क्षमता भएका पनि छन् भनेर हामिले यस चलचित्रमा देखाएका छौं ।


गुरुङ्ग जि तपाईंले के देखेर नयाँ निर्देशक लिनुभयो  ?
मैले मेरो पनि सानो लगानि भएको चलचित्र शिवशक्तिमा वहाँले मुख्य सहायक निर्देशक भएर काम गरेको देखेपछि नै मैले चलचित्र बनाउँदा चाहि तपाईंलाई नै निर्देशक बनाउछु भनेर वचन दिएको थिएँ । मलाई रञ्जित जि को काम माथि पुर्ण बिश्वास थियो ।


रञ्जित जि तपाईंले रेखा थापा जस्तो ग्ल्यामरस छवि बनाउनु भएको नायिकालाई गाउँले घाँसपात गर्ने साहसिक नारीको चरित्रमा देखाउनु भयो । आफुले पहिलोपटक निर्देशन गरेको चलचित्रमा नायिकाको धारलाई नै परिवर्तन गर्नुको कारण ?
हैन स्कृप्टलाई जज्मेन्ट गरेर पात्र छनौट गरियो भने डराउनु पर्दैन । बाटुलीको स्कृप्ट हेरेपछि मैले रेखा थापा देखि बाहेकले यो कथालाई न्याय गर्न सक्दैनन् भन्ने लाग्यो । मैले रेखाको पपुलारिटिको कारणले मात्रै लिएको हैन यस कथालाई न्याय दिनसक्ने कलाकार देखेर नै उनलाई लिइएको हो र रेखाको जुन ग्ल्यामर इमेज थियो त्यसलाई चेन्ज गरेर बाटुलीमा ढाल्दा केहि कसरत त गर्नै पर्यो तर खासै गाह्रो भने भएन ।

 

गुरुङ्ग जी तपाईंले बन्धकी चलचित्रबाट १० वटा एआर्ड जित्नुभयो त्यति धेरै नाम कमाउनुभयो यस चलचित्रबाट तपाईंले के आशा गर्नुभएको छ ?
बाटुलीबाट त मैले सोच्दै नसोचेको सफलता पाएको छु । मैले एउटा टिपीकल नेपाली चलचित्र निर्माण गर्ने सामान्य ब्यबसाय गर्ने र सन्तुष्टि लिने लक्ष रहेको थियो तर अहिले हेर्दा त यस चलचित्रले एक महिनामा गर्ने ब्यापार एक हप्तामा गरिसकेको छ । यो चलचित्र चलेको लक्षणले त यसले खर्चको तिनगुणा ज्यादा कमाई गर्नेभयो । एउटाकुरा के प्रमाणित भयो भने राम्रो चलचित्र बन्यो भने दर्शकले अत्यधिक मनपराउने रहेछन् । बाटुलीको ब्यापारहेर्दा त मलाई सपना जस्तो लाग्छ । जेहोस् डाक्टर गुरुङ्गले चलचित्र बनाउन जान्दोरहेछ भनेर सबैले कुरा गर्नुभएको छ । खुसीलागेको छ ।


रञ्जित जि अढाईघण्टा सम्म दर्शकलाई भुलाएर राख्नसक्ने त्यस्तो कुरा के छ यस चलचित्रमा ?
यो एउटा सांगितिक चलचित्र हो । हामि नेपालीहरु जहिलैपनि संगितमा रमाई रहेका हुन्छौं । हामि सुख दुख संगितमै साटिरहेका हुन्छौं । मेलापात पर्म जांदापनि संगितमै रमाउंछौं । हामिले यस चलचित्रमा नेपालीहरुको त्यहि सांगितिक पनलाई पकडेका छौं । त्यसैले यसले दर्शकलाई तान्न सकेको हो ।


गुरुङ्ग जि अब यो चलचित्रको प्रदर्शन पछि के मा ब्यस्त हुनुहुन्छ ?
यो पछि मेरो तिनवटा चलचित्रको तयारि हुँदैछ । निर्देशक किशोर रानासंग 'बार डान्सर', रञ्जित रानासंग 'बिर्खे' र 'बटुवा' भन्ने तिन वटा चलचित्रको तयारि गर्दैछु ।

 

तपाईंले त 'ब' अक्षरबाट मात्रै चलचित्र बनाउने हो कि के हो ?
हो, मलाई ज्योतिशिले पनि 'ब' अक्षरनै फाप्छ भनेका छन् त्यसैले  म जति चलचित्र बनाउंछु 'ब' अक्षरबाट नै चलचित्रको नामांकरण गर्नेछु ।