मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकको गाली नै मेरो सफलता हो - नायिका ऋचा घिमिरे

गिरीराज भट्टराई, , २०६६ पौष ११, शनिवार

नेपाली चलचित्र 'बिष' को प्रचारप्रसारको क्रममा पूर्व पुगेका नव दम्पती तथा चलचित्र निर्माता निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेसँग फिल्मीखबर डटकमका प्रतिनिधी गिरीराज भट्टराईले चलचित्र  'बिष' को बारेमा गरेको कुराकानी -

 


ऋचा जि चलचित्र बिष कस्तो चलचित्र हो ?
चलचित्र बिष ब्यबसायीक मुलधारको चलचित्र हो । जसमा लागुपदार्थ जस्तो संबेदनसिल बिषयलाई उठाईएको छ । लागुपदार्थ दुब्यसनले समाजमा एकदमै नराम्रो असर गरिरहेको छ त्यसैले चलचित्रको माध्यमबाट समाजमा चेतना फैलाउने र साथमा मनाराजपनि प्रदान गर्ने उद्देस्यले यो चलचित्र तयार गरिएको हो ।



तपाईंलाइ प्रायजसो ग्ल्यामरस नाईका, चन्चले नाईका भनेर चिनिएको थियो तर यस चलचित्रमा एकदमै पृथक रोलमा देखियो नि ?

हो, यस चलचित्रमा खेल्नको लागि अफर आएपछि मैले आँखा चिम्लिएर हुन्छ भने । मेरो लागि यो एउटा च्यालेन्जिङ्ग रोल थियो । किनकि लागुपदार्थ प्रयोगकर्ता भन्ने बित्तिकै यस रोलबाट मैले समाजमा केहि सन्देश दीनसक्छु भन्ने थियो । त्यसैले मैले यो रोल खेलेको हो ।

 


चलचित्रमा नेगेटिभ रोलमा हुनुहुन्छ नि ?

हो । रोल नेगेटिभ छ तर पनि मेरो रोलबाट हरेक ब्यक्तिले केहि सन्देश पाउन सक्छन् । मेरो रोलको पात्र समाजमा नचाहिएको पात्रहो र चलचित्र हेर्दा दर्शकले मेरो रोल हेरेर मलाई गालि गर्नुहुन्छ । त्यहि गालिनै मेरो सपलता हो । आफ्नो अभिनयको माध्यम बाट समाजलाई सकारात्मक सन्देश दिन पाउँदा एकदमै खुसि लागेको छ । त्यसैले मेरो रोलबाट म एकदमै सन्तुष्ट छु ।

 


शंकर जि तपाईंले निर्माण र निर्देशन गरेको पहिलो चलचित्र पृथक धारमा बनाउनु भएको चलचित्रमा ऋचा जस्तो ग्ल्यामरस छबि भएको र चाचले नाईका लाई लिनुभयो कसरि छनौट गर्नुभयो ?

वास्तबमा यो कथा यो कलाकारकोलागि भनेर भनिन्छ यो नै गलत छ किनकि कलाकार भएपछि जस्तोपनि रोल खेल्न सक्छन् र निर्देशकले कलाकार भित्र भएको त्यो कलालाई निकल्न सक्नुपर्छ । त्यसैले मैले ऋचाभित्र भएको त्यो क्षमतालाई प्रस्तुत गर्न सफल भएँ । ऋचा मात्र हैन सुसिल क्षेत्रि जसलाइ नेपाली चलचित्र ईन्डष्ट्रिजकै सोझो नायक तर यस चलचित्रमा खलनायकको रोलमा ल्याएको छु । यसै चलचित्रबाट उत्कृष्ट खलनायकको पुरस्कार पनि जित्नुभयो ।

 


तपाईंको निर्माण तथा निर्देशनमा बनेको पहिलो चलचित्र । नयां कथामा ल्याउनुभयो बजारमा ल्याउनु भन्दा पहिला कत्तिको च्यालेन्ज लागेको थियो ?

डर त थियो किनभने यत्रो लगानि गरेर पहिलो चलचित्र बनाउँदै थिएँ तर त्यो भन्दा पहिलापनि मैले नाटक रंगमाच साथै धेरैठाउमा काम गरिसकेको हुंदा एउटा नयां किसीमको चलचित्र निर्माण गरौं नत भन्ने सोच आयो र केहि डराउंदै भए पनि नयां किसीमको चलचित्र बनाएं र धेरै मेहेनत पनि गरें । मेहेनत गरे अनुसार सफलता पाएको छु खुसिलागेको छ ।

 


नेपालि चलचित्रहरुलाई सधैंनै हिन्दि चलचित्रबाट कथाबस्तु चोरेको भन्ने आरोप लाग्ने गर्छनि तपाई चै चलचित्र बिषको बारेमा के भन्नुहुन्छ ?

हो त्यो आरोप लाग्ने गर्छ तर के भने कतिपयकुरा संयोगबस मिल्नसक्छ तर सबैकुरा चोर्न भएन ।  कुरा रह्यो बिषको, यसको कथाबस्तु मैले चोरेको हो तर अन्य कुनै चलचित्रबाट नभएर हाम्रै समाजमा भएको घटनाहरुलाई चोरेको हो । अरुकुनै चलचित्रको कथा चोरेको हैन ।

 


ऋचा जि तपाईंलाई एउटा प्रश्न सोधौंकि नेपालि चलचित्र उद्योगमा ग्ल्यामर भन्ने शब्द किन संधै बिबादस्पद बन्छ  वस्तबमा के हो यो ग्ल्यामर भनेको ?
हो राम्रो प्रश्न गर्नुभयो । नेपालि चलचित्र उद्योगमा एउटा बुझ्न नसकेको कुरा के भने ग्ल्यामर र अंग प्रदर्शन लाई एउटै भन्ने गरिन्छ । तर यो फरक कुरा हो । ग्ल्यामर भनेको कपडा खोल्नु अस्लिल हुनु हैन ग्ल्यामर भनेको त हाउभाउ हो ब्यक्तित्व हो । वबस्तबमा ग्ल्यामर भनेको भगवानले दिएको उपहार हो तर यहां गलत ढंगले परिभाषित गरिन्छ । हो म ग्ल्यामरस हो म आफुलाई सारि कुर्था लगाउंदा पनि ग्ल्यामर फिल गर्छु । यो भनेर मैले अंग प्रदशन गरेको हैन । त्यसैले ग्ल्यामर सहि छ तर यसको गलत अर्थ लगाईन्छ ।