मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकको चाहना हो 'यतिको खोजीमा' - निर्माता/नायक लक्ष्मण बस्नेत

गिरीराज भट्टराई, , २०६६ पौष ३, शुक्रवार

उपत्यका बहिरका हलहरूमा सफलताका साथ चलिरहेको चलचित्र 'यतिको खोजीमा' का नायक तथा निर्माता लक्ष्मण बस्नेतसँग फिल्मीखबर डटकमका प्रतिनिधी गिरीराज भट्टराईले गरेको यो छोटोमिठो कुराकानी -

 

 

तपाईंले निर्माण गर्नुभएको चलचित्र यतिको खोजिमा कस्तो चलचित्र हो ?
यो एउटा पहीलो नेपाली साहसिक चलचित्र हो । यसमा आश्चर्य, रहस्य, द्वन्द समाबेश गरिएको छ साथै यो चलचित्र अन्य चलचित्र भन्दा फरक छ । हुनत सबैले आफ्नो चलचित्रलाई अरुको भन्दा फरक छ भन्छन् तर मैले भन्नु भन्दा पनि दर्शकहरुले हलमैगएर हेरेपछि आफैं भन्दिनु होला कि यो कस्तो चलचित्र बनेछ भनेर ।

 


कसरि यो चलचित्र बनाउने कन्सेप्ट आयो ?
नेपाली चलचित्रहरु संधै एकै प्रकारको मात्र बने, नयां कथाबस्तु भएन भनेर दर्शकहरुले गुनासो गरेको कारण र नयां प्रबिधि प्रयोग गरेर नयां कथाबस्तुमा नेपाली दर्शकलाई अलि उच्चगुणस्तरको चलचित्र दिउं भनेर यो चलचित्रको निर्माण गरिएको हो ।



एउटा नयां कथाबस्तुमा चलचित्र निर्माण गर्नुभयो । दर्शकले कसरी लिन्छन् होला ?
कुनै पनि मान्छेले हरेक समय नयां पन खोजि रहेको हुन्छ । जस्तो हरेक छाक एउटै तरकारि खाईयो भने दिक्क लागेर नयां स्वाद खोजिन्छ । त्यस्तै प्राय एउटै कथाको नेपाली चलचित्र हेरिरहेका दर्शकलाई हाम्रो नयां टिमले बिल्कुलै नयां धारमा नयां चलचित्र दिएका छौं । यसमा पनि अन्य चलचित्रमा झैं गित संगित, ग्ल्यामर, फाईट सबै कुरा राखेका छौं तर यी सबैकुरा राखेर पनि यो चलचित्र अन्य भन्दा फरक देखिन्छ । त्यसकारण यस चलचित्रलाई एकदमै मनपराउनु हुन्छ भन्ने बिस्वास लिएको छु ।

 


यस चलचित्रले नेपाली समाजमा के सन्देस दिन्छ  त ?
पैशाको लोभमा परेर र बिदेशिको ईसारामा आफ्नो देशमा भएका प्राकृति संपदा तथा बहुमुल्य चिजहरु नष्ट गरिरहेका छौं । यहि कुरा रोक्ने सन्देश दिन खोजिएको छ । जस्तो विदेशिले नेपालीलाई प्रयोग गरि यतिको खोजी गर्ने र पत्ता लगाएर मारि बिदेश लैजान खोजेको देखाईएको छ ।

 


यस चलचित्रलाई नेपालमा प्रदर्शन गर्नुभन्दा पहिला बिदेशमा प्रदर्शन गर्नुभएको थियो । कस्तो प्रतिकृया पाउनु भयो ?
पहिलो प्रिमियर शो दक्षिण कोरियामा गरियो, त्यसपछी मलेशिया र ब्रुनाईमा पनि प्रदर्शन गर्यौं । त्यहां रहनुभएका नेपालीहरुबाट एकदमै राम्रो प्रतिकृया पाएका छौं । नयां किसीमको चलचित्र छ एकदमै मनपर्यो भन्नुभएको छ ।

 


तपाईंले यस चलचित्रबाट कत्तिको आश गर्नुभएको छ ?
यहां चलचित्रहेर्ने दर्शकहरुपनि बांडिनु भएको छ । जस्तो अंग्रेजी चलचित्र हेर्ने दर्शक, हिन्दि चलचित्र हेर्ने दर्शक र नेपाली चलचित्र हेर्ने दर्शक । तर यस चलचित्रले सबैखाले दर्शकलाई समेट्ने छ । त्यसैले यो चलचित्र व्यवसायिक रुपमा पनि सफल हुनेछ भन्ने मलाई पुर्ण रुपमा बिस्वास छ ।

 


यस चलचित्रको कुन पक्ष एकदमै दरिलो छ जसले दर्शकलाई हलसम्म तान्न सक्नेछ ?

यसमा दृष्यको हिसाबले जुन हिमालको दृष्य देखाईएको छ साथै नेपाली चलचित्रमा पहिलो पटक ४ हजार ५ सय मीटर भन्दा माथिको उचाईमा गएर द्वन्दको सिन लिईएको छ यसका अलावा यतिको एनिमेशन पनि दर्शकको मनलाई छुने किसिमको छ । यतिको एनिमेशनले त उत्कृष्ट अवार्ड पनि पाउन सफल भयो । समग्रमा यस चलचित्रमा त्यस्ता धेरै कुराहरु छन् जसले दर्शकलाई हलसम्म ल्याएर चलचित्र हेरिसकेपछि सकारात्मक सन्देश पनि दीनसक्ने छ ।

 


तपाईं त तोक्वान्दोको राष्ट्रिय खेलाडि, आइ. टि. एफ. को संस्थापक अध्यक्ष साथै अन्तर्राष्ट्रिय ए क्लासको रेफ्री एउटा खेलाडि चलचित्र क्षेत्रमा कसरि प्रबेस गर्नुभयो?
चलचित्र क्षेत्र मलाई १५-१६ बर्ष देखिनै सौखको क्षेत्र हो । पछि गएर एउटा राम्रो अभिनेता बन्छु भन्ने सौख थियो र वस्तबमा म अभिनेता बन्न कै लागि तोक्वन्दोमा प्रवेस गरेको थिएं । तर खेल खेल्दै जाने क्रममा एक पछि अर्को सफलता मिल्दैगयो र मैले थाहै नपाई १५ बर्ष खेलमा बिताएँछु र अहिले आएर मात्र ओहो ! मैले त अभिनयको लागि पो खेल सिकेको थिएं त भन्ने भयो । र यसअघि नै साथिहरुको अनुरोधमा जंगलिमान्छेमा एक्सन एक्टरको रोलमा देखिएं त्यसलाई दर्शकले एकदमै मनपराई दिनुभयो र अहिले आफुले सिकेको सीपलाई प्रयोग गरेर नयां कथामा नयां किसिमको नेपाली चलचित्र यतिको खोजिमा लिएर आएको छु ।

 


भनेपछि अब खेलक्षेत्रलाई पुरै छोडेर अभिनयमा लाग्नु हुन्छ ?

पहिला शुरुमा त अभिनयमा सपोर्ट गर्छ भनेर नै खेल सिक्न लागेको थिएं । तर कतिपय देशमा म नेपालको झण्डा बोकेर एक्लैपनि खेलाडिको रुपमा गएको छु त्यसैले अहिले यस क्षेत्रलाई छोड्न या मायां मार्न सक्दिन । सबैभन्दा ठुलो कुरा त ईच्छाशक्ति हो, ईच्छाशक्ति भयो भने समय मिलाएर खेल र अभिनयलाई संगै लैजान सकिन्छ नी ।