मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुनै नायिकासँग नजिक छैन - निर्देशक उप्रेती

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १, सोमवार

२०२८ सालमा हेटौडाको नवलपुरमा जन्मनु भएका निर्देशक राजेन्द्र उप्रेतीको नाम अहिले नेपाली चलचित्रको क्षेत्रमा चर्चाको बिषय बनेको छ । २०४९ साल देखी अहिले सम्म ३० वटा जति नेपाली चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा काम गरि सक्नु भएका निर्देशक उप्रेतीले १७ बर्षको रजतपटको दौरानमा ५ वटा सफल चलचित्रको निर्देशन गरि सक्नु भएको छ । प्रस्तुत छ फिल्मीखबर डटकमले गरेको बिषेश कुराकानी -

 


तपाईले निर्देशन गरेका चलचित्र कुन-कुन हुन् ?
- भरोसा, जय शिब शंकर, गिरफ्तार, सिलसिला र निगरानी ।


तपाईंको सबै भन्दा सफल र सबैभन्दा असफल चलचित्र ?
- असफल भरोसा र सफल बाँकि सबै ।


तपाईंको बिचारमा चलचित्र भनेको के हो ?
- मनोरन्जनको साथ साथै तुरुन्त ज्ञान र सन्देश दिन सक्ने सजिलो माध्यम हो चलचित्र ।


पहिलो पटक मुख्य सहायक निर्देशक भएर काम गरेको चलचित्र कुन हो ?
- निर्देशक राजु ध्वज राणासँग 'प्रेम पूजा' ।


अहिलेसम्म कुन-कुन निर्देशकसँग मुख्य सहायक निर्देशक भएर काम गर्नु भो ?
- सबैभन्दा पहिला निर्देशक राजुध्वज राणासँग प्रेम पूजा र चिनोमा काम गरें त्यसपछि दयाराम दहालसँग दाईजो, भरिया, ढुकढुकी, जंगे, ठूल्दाई अनि शिव रेग्मीसँग आफ्नो मान्छे, सु:ख दु:ख, ए मेरो हजुर, हामी तीन भाईमा काम गर्ने मौका पाएँ । त्यसैगरी उगेन छोपेलसंग नेपाली बाबु र बादलपारीमा काम गरेको छु । अनि किशोर ढकाल लगायतका सँग एउटा-एउटामा काम गरेको छु ।


कुन निर्देशकसँग काम गर्दा रमाईलो अनुभव हुन्थ्यो ?
- हुनत सबैसँग काम गर्दा रमाईलो नै भयो तर पनि बिषेशगरी शिब रेग्मीसँग काम गर्दा अली रमाईको हुन्थ्यो ।


कस्ता चलचित्र बनाउने रहर छ ?
-  मलाई बिषेश गरी नालापनीको लडाई, कोतपर्व जस्ता ऐतिहासिक चलचित्र बनाउने रहर छ तर सरकारको सहयोग बिना यो सम्भव छैन ।


सुटिङ गर्न जान मन लागेको ठाउँ कुन हो जहाँ तपाई पुग्नु भएको छैन ?
- डोल्पा र सोलुखुम्बुको नाम्चे बजार जाने मन छ ।


चलचित्र निर्देशक र निर्मातालाई त हिरोईनहरूले निकै पिछा गर्छन् रे । तपाईंको जीवनमा कति हिरोईनहरू आए ?
- म योबाट टाढा छु । मलाई अहिलेसम्म कुनै सञ्चार मध्यमले आरोप लगाउन सकेको छैन र म कुनै नायिकासँग नजिक पनि छैन ।


कति पढ्नु भएको छ ?

- २०५४ सालमा बिएल गरेको हुँ ।


बिबाह कति सालमा गर्नुभो र कोसँग गर्नुभो ?
- २०५८ सालमा सन्तोषी पाठकसँग ।


छोरा छोरी कति छन् ?
- २ छोरा छन् ।

प्रेम बिबाह गर्नुभो कि मागि बिबाह ?
- बुवा आमाले रोजेकीसँग मागी बिबाह नै गरेको हुँ ।


बिबाह अघि अरू कसैसँग प्रेम गर्नु भयो कि भएन ?
- बिबाह अघि मैले आफ्नो पढाईलाई नै ध्यान दिएँ । त्यसप्रति मेरो कुनै रूचि रहेन ।

 

प्रेम भनेको के हो जस्तो लाग्छ ?
- प्रेमलाई अहिलेको पुस्ताले गलत रूपले प्रयोग गरेको छ । अहिलेको सोचाई अनुसार प्रेमलाई सेक्सको रूपमा हेरेको पाइन्छ। तर त्यो प्रेम हैन । प्रेम भनेको त दु:ख सु:खमा साथ दिनु, एकअर्काको कुरा बुझ्न सक्नु र एकअर्कालाई बुझेर जीवनभर साथ दिनु हो ।

त्यसो भए सेक्स के हो त?
- सेक्स भनेको त केहि क्षणको आनन्द हो ।


अहिलेको पुस्ताले सेक्सलाई कसरी लिएको छ जस्तो लाग्छ ?
- अहिलेका केटाकेटीले त माया गरे पछि सेक्स हुनुपर्छ भन्ने मान्यता राख्छन् । हुनत एक जनासँग मात्र सम्बन्ध राख्नु नराम्रो हैन तर अहिले सेक्सको नाममा बिकृति आएको छ र यो बिकृति हटाउनु पर्छ। यसको असर निकै डर लाग्दो हुनेछ ।


तपाईको रूचिका बिषय के-के हुन् ?
- बास्तवमा मेरो रूचिको बिषय वकिल थियो तर अहिले मेरो पेशा चलचित्र क्षेत्र बनेको छ । अहिले म चलचित्र सम्बन्धी पत्रपत्रिका पढ्न र क्रिकेट हेर्न बिषेश रूचि राख्छु ।


फुर्सदको समयलाई कसरी सदुपयोग गर्नु हुन्छ ?
- फुर्सदमा म चलचित्र हेर्छु र कथा लेख्छु । अनि बचेको समयमा परिवारसँग घुम्न जान्छु ।


अहिले सम्म परिवारसँग कुन-कुन ठाँउम घुम्न जानुभो ?
- चितवनको सौराह, पोखरा, मनकामना पुगेको छु तर सिक्किम र डोल्पा भने घुम्न जाने रहर छ ।

अहिले निर्देशन गर्दै गर्नु भएको चलचित्र "निगरानी" कस्तो चलचित्र हो ?
-  नामबाट नै थाहा हुन्छ कि यहा कसैको निगरानी गरिएको छ । यो चलचित्र राजधानी लगायत देशभर बढ्दै गएको बाल अपहरणको कथामा घुमेको छ र यसमा माया प्रेमलाई पनि प्रस्तुत गरिएको छ ।

निगरानी नाम कसरी र किन राख्नु भो?
- नाम राख्न धेरै सोच्यौं र सोच्दा सोच्दै केहि नाम भेटिएको थिएन तर एकदिन पत्रिका पढ्दै जाँदा निगरानी शब्द भेटियो र यो भन्दा अर्को नाम हुन सक्दैन भनेर यहि नाम राख्यौं ।


अरू चलचित्र जत्तिको सफल हुनेमा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
- यो चलचित्र मेरो अरू चलचित्र भन्दा पनि अझ सफल हुन्छ जस्तो लगेको छ 
। हेरौं दर्शकले कत्तिको रुचाउनु हुने छ ।