मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिला उचाल्छन् अनि पछार्छन् - निर्मात्री एलिजा रिजाल

सुमन गैरे, , २०६६ मंसिर २१, आईतवार

अभिनेत्री एलिजा रिजालले पहिलो पटक निर्माण गरेको चलचित्र 'बर्षा आकाश गंगा' शुक्रबारदेखि उपत्यकाका हलहरूमा प्रदर्शन भईरहेको छ भने उपत्यका बाहिरका हलहरूमा प्रदर्शन हुने क्रममा रहेको छ । महिला भएर चलचित्र निर्माण गर्दा र प्रदर्शन गर्न निकै दुख पाएको गुनासो पोख्ने यि निर्मात्रीले फिल्मीखबरलाई आफ्नो चलचित्रका बारेमा र चलचित्र निर्माण गर्दाको दु:ख सुखका कुराहरू यसरी व्यक्त गरिन् -

 


'बर्षा आकाश गंगा' कस्तो चलचित्र हो ?
एक्सन, कमेडी र नारी संवेदनामा आधारित चलचित्र हो 'बर्षा आकाश गंगा '। बिशेष गरि यसमा नारीले भोग्नु परेका दु:खका कुराहरूलाई पर्दामा उतार्ने प्रयास गरेकी छु ।


तपाई एउटी नारी भएर नारीको कथालाई उठाउनु भएको हो ?
हो । म एउटा नारी भएको नाताले पनि मैले नारीको कथालाई चलचित्रको मुख्य कथा बस्तु बनाएकी हुँ ।


एउटी नारी भएर चलचित्र निर्माण गर्न कत्तिको गार्‍हो हुने रहेछ त ?
दु:खको त सिमा नै छैन । मैले यो चलचित्र निर्माण गर्ने दिन देखि अहिले सम्म निकै दु:ख सहदै आएकी छु । नारी भन्ने बित्तिकै अझ पनि हरेक ठाउँमा शोषण गर्ने चलन छ । सबैले ठग्न नै खोज्छन् । दु:ख परेको बेला साथ दिने कोहि नहुने रहेछ । सबैले पहिला उचाल्छन् अनि त्यसपछी पछार्छन् । अहिले त धेरै पाठ सिक्ने मौका पाएँ । अब अर्को चलचित्र बनाउदा यस्तो नहोला जस्तो लाग्छ ।

यसमा तपाईको पनि अभिनय छ ?
नायिकाको माईजु भएर अभिनय गरेकी छु ।


चलचित्र निर्माण गर्ने सोच कहाँबाट आयो ?

मेरो धेरै पहिला देखिकै सोच थियो कि मैले यो चलचित्रको क्षेत्रमा केहि योगदान दिन्छु भनेर तर सोचे जस्तो नहुने रहेछ । मैले सोचे भन्द धेरै दु:ख पाएँ यो क्षेत्रमा । तर अब त अनुभव भईसकेको छ ।


निर्मात्री बनेको नाम कमाउन कि दाम कमाउन ?

पहिला नाम अनि बल्ल दाम ।


कति खर्च गर्नु भयो ?
मेरो भिडियो चलचित्र भएकोले धेरै नै खर्च गरें ।


कति धेरै ?
लगभग १५ लाख ।


चलचित्रमा केही अनुभव थियो कि?

मैले यो भन्दा अगाडी चलचित्र निर्माण नगरे पनि केही टेलिचलचित्र र चलचित्रहरूमा खेलेकी छु ।


कुन-कुन मा खेल्नु भएको छ ?

रेखा थापाले निर्माण गरेको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' मा अभिनय गरेकी छु । त्यसैगरी घरपरिवार, जीवनचक्र जस्ता टेलिचलचित्रमा पनि अभिनय गरिसकेकी छु ।

समयमा चलचित्र प्रदर्शन नहुनुको दोष कस्लाई दिनुहुन्छ ?
म दोष यस्लाई भनेर दिन्न तर भिडियो चलचित्रलाई धेरै नै हेप्ने गरिने रहेछ ।

चलचित्र चल्नुमा बढी हात कस्को देख्नु हुन्छ ?
कथा र प्रस्तुति करण राम्रो भए चलचित्र त्यसैनै चलिहाल्छ तर पनि दर्शकनै चलचित्र चल्नुको मुख्य कारण हुन् ।


सञ्चारमाध्यमको सहयोग कत्तिको पाउनु भएको छ ?

पैसा दिए सबैले सहयोग गर्छन् नत्र कसैले पनि सहयोग गर्दैनन् ।

अर्को चलचित्र निर्माण गर्ने घोषणा पनि गर्नु भएको छ रे !
यसपटक मैले ठूलो पर्दाको चलचित्र बनाउने घोषणा गरेकी छु । नाम पनि 'दिलमाया' राख्ने पक्का भएको छ । अहिले अर्जुन पोखरेलले चलचित्रको गीतको एरेन्जको काम गरिरहनु भएको छ ।


अन्तमा दर्शकहरूलाई दुई शब्द ?
निर्माता बाँच्नु भनेको चलचित्रको क्षेत्र बाँच्नु हो । त्यसैले नेपाली चलचित्र हेर्ने बानी बसाल्नु र हामीलाई राम्रो-नराम्रो प्रतिक्रिया दिईरहनु
होला ।