मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'घायल'बाट घाइते भएको छैन - नायिका जेनी कुवँर

फिल्मीखबर डटकम, , २०६६ ज्येष्ठ २६, मंगलवार
'जिन्दगानी' नामक फिल्ममार्फत रङ्गीन उद्योगमा प्रवेश गरेकी जेनी कुवँरले अभिनयको शुरूवात नाटकबाट गरेपनि फिल्म 'बज्रपात'बाट मुख्य नायिकाको रुपमा पाईला टेकेकी हुन् । उनले हालसम्म मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् । निकै लामो समय नयाँ दिल्लीमा विताएकी जेनी अहिले नेपाली फिल्म उद्योगमा व्यस्त हुन थालेकी छिन् । बिशेष गरेर द्वन्दात्मक फिल्म रुचाउने यिनकेा फिल्ममा पनि द्वन्द नै पाइन्छ । त्यसैले यिनको फिल्मको नामै द्वन्दात्मक लाग्छ । फिल्म 'घायल' आफ्नै लगानीमा तयार गरि प्रदर्शनसमेत गरिसकेकी जेनीले 'हलचल'मा पनि लगानी गरेकी छिन् । यिनै नायिका ताथा निर्मात्रीसँग गरेको कुराकानी:
 
 
 ० तपाईं अब नायिका कि निर्मात्री ?
     - म पहिला एउटा कलाकार त्यसपछि मात्र निर्मात्री ।
 
 
० तपाईंको आफ्नै लगानी रहेको फिल्म घायल’मा घाइते हुनुभएको थियो फेरी अर्को फिल्म निर्माण गर्नुभयो। आय स्रोतचाहीं के छ त्यस्तो ?
     - फिल्म 'घायल'बाट म सेफ भएको थिएँ । राम्रै चलेको थियो । थप आयस्रोत भनेको केही फिल्मबाट र केही श्रीमानबाट सहयोग मिलेको छ ।
 
० आफ्नो विजनेश घाटामा गएको थाहा हुँदाहुँदै पनि नेपाली निर्माताहरु किन यो स्वीकार्न तयार हुँदैनन?
    - अरुको कुरा त मलाई थाहा भएन । तर, म मेरो लगानी र फिल्मको सवालमा स्पष्ट छु । बजारमा हल्ला जे फैलाए पनि म चाँही 'घायल'बाट घाइते भएको छैन ।
 
० हावा नचलि पात त हल्लिंदैन नि!
    - कहिले काहीं चराहरुले पनि त पात हल्लाउन सक्दन नि । तरपनि, यथार्थलाई स्वीकार्न नसक्नु राम्रो पक्ष भने पक्कै होइन ।
 
० तपाईंको पछिल्लो फिल्म हलचल चाहीं कस्तो कथामा तयार भएको छ ?
    - वास्तवमा मेरो फिल्म अलि बोल्ड हुन्छन् । म विशेष द्वन्दलाई मनपराउँछु । त्यसैले मैले गर्ने अभिनय र मेरा आफ्ना फिल्ममा पनि द्वन्दनै हुन्छन् । फिल्म 'हलचल' मा चाहीं अलि मिक्स छ । लभस्टोरी, एक्सन, सेन्टिमेन्टल सबै छ । यो एउटा हस्पिटलमा नर्सको कथावस्तुमा तयार भएको छ ।
 
० फिल्मसँगै तपाईं चाहीं कत्तिको बोल्ड हुनुहुन्छ ?
    - म पनि समग्रमा बोल्ड नै छु ।  
 
० तपाईं चर्चासँगै प्राय विवादमा पनि आइरहनु हुन्छ नि!
    - हेर्नुस् , एउटै परिवारमा त बेलाबेलामा विवादहरु भईरहन्छन् । सबैको एउटै विचार हुँदैन । हेर्ने दृष्टिकोणमा पनि एकरुपता पाइदैन र हुँदैन पनि । त्यसैले सबैको चित्त बुझाउन पनि सकिंदैन । त्यसकारण केही कुराहरुलाई विवादित बनाइन्छ । यस्ता सानातिना कुरा यो क्षेत्रमा भइरहन्छन् । रंगीन यात्रामा यस्ता कुराहरु नर्मल हुन् ।
 
 
० मतलब बदनाम होस् तर गुमनाम नहोस् ?
    - त्यस्तो भन्दा पनि एउटा कलाकार, निर्माता भएपछि बेलाबखत चर्चामा त आइरहनु पर्‍यो नि । नत्र त हरायो, भाग्यो भन्छन् । त्यसैले यो क्षेत्रमा सामन्य विवादहरु आफैंले पनि सिर्जना गर्नुपर्ने हुन्छ ।
 
० तपाईं एउटा विवाहित नारी, यसरी फिल्म क्षेत्रमा अन्य व्यक्तिसँग नाम जोडएर बजारमा चर्चा हुँदा परिवारमा अलि वातावरण धमिलिदैन ?
    - मेरो श्रीमान र मेरो सम्पूर्ण परिवारलाई मप्रति विश्वास छ । बजारको हल्लासँगै दौडिनु हुँदैन भन्ने उहाँहरुको सोचले गर्दा नै आज म यहाँसँम्म आइपुगेको छु । म मेरो श्रीमान र परिवारलाई छोडेर भाग्नेवाला पनि छैन ।
 
० तपाईं आफूलाई अरुको फिल्ममा नायिका बनाउनका लागि मात्रै पनि दुई चार लाख सहयोग गर्दै हिड्नु हुन्छ रे ! यसो गर्दा धेरै विश्वास गर्ने तपाईको श्रीमानको पसिना माथि अन्याय हुँदैन र ?
   - हो, यस्ता हल्ला मैले पनि सुनेको छु । तर, यथार्थता त्यस्तो होइन । तरपनि एउटा कुरामा चाहिं मलाई फाइदै भएको छ । त्यतिकै पनि निर्माता बनाइदिएका छन् । चर्चामा ल्याइदिएका छन् । यो पनि राम्रै हो ।
 
० ठिकै छ, हल्लाको पछि नलागौं, फिल्म हलचलबाट चाहिं कतिको आशावादी हुनुहुन्छ ?
   - एकदम आशावादी छु । किनकी मैले यसमा धेरै दुःख गरेको छु । कुनै पनि कुरामा कम्प्रमाईज गरेको छैन । त्यसैले दर्शक र भगवानले हाम्रो दृष्टिकोण हेरिदिनु हुनेछ । मलाई विश्वास छ ।