मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिषबाट अमृत पाएँ - निर्देशक शंकर घिमिरे

फिल्मीखबर, , २०६६ कार्त्तिक १५, आईतवार

नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे बिच हुने भनिएको बिबाहको टुङ्गो लागिसकेको छ । आफ्नो पहिलो चलचित्र 'बिष' को निर्माणकार्यको अन्त्यसँगै नायिका ऋचासँग आत्मिय रूपमा नजिकिन पुगेका निर्देशक शंकर घिमिरेले आगामी मंसिर २७ गते नायिका ऋचासँग लगनगाँठो कस्ने भएका छन् । शंकर र ऋचाको गत असोज २८ ऋचाकै घरमा बिहेको कुरा छिनिएको थियो । चलचित्र 'बिष' को कारण निर्देशक शंकरको जीवन अहिले अमृत बनेको छ । नेपालमा राम्रो कुरालाई पनि नराम्रोसँग प्रचारप्रसार गर्ने प्रचलनरहेकोले यी दुईले आफ्नो बिबाहको प्रसङ्गलाई गुपचुपमै राख्ने सोच बनाए पनि कुरा भने लुक्न सकेन । तर नायिका ऋचा र निर्देशक शंकर बिच भएको गोप्य प्रेमकहानी फिल्मीखबर डटकमले खोल्ने प्रयास गर्‍यो ।फिल्मीखबरलाई साथ दिँदै निर्देशक शंकर घिमिरे आफ्नो आतित सम्झदैं यसरी प्रस्तुत भए – 

 

 

 

ऋचालाई मन पराउन थालेको कति भयो ? 

- करिब पाँच बर्ष भयो । 

 

ऋचासँगको पहिलो भेट ? 

- करिब पाँच बर्ष पिडा भन्ने चलचित्रको निर्माण कार्यको तयारी हुँदै थियोकरिब पाँच बर्ष निर्देशक नारायण पुरीले चलचित्र 'पिडा' बनाउने निर्णय गरेका थिए जसमा म पुरीको मुख्यसहायक निर्देशक थिएँ । निर्देशक पुरीले ऋचालाई नायिकाको रूपमा लिने निर्णय गरेपछी बसुन्धरा स्थित कलाकार सुनिल थापाको घरमा उनलाई बोलाईयो । त्यो नै उनको र मेरो पहिलो भेट थियो । 

 

यो भन्दा अगाडी कहिल्यै देख्नु भएको थियो ? 

-  नेपाल टेलिभिजनमा फिल्मी कार्यक्रम 'द कलेक्सन' चलाउदाँ देखेको थिएँ तर प्रत्यक्ष्य भेटेको थिईन । 

 

पहिलो पटक भेट्दा कस्ती पाउनु भयो त? 

- 'द कलेक्सन' हेर्दा जस्तो सोचेको थिएँ, त्यो भन्दा एकदम फरक पाएँ । त्यो बेला उनमा कम बोल्ने, लजाउने बानि थियो तर अहिले त्यो छैन । अहिले त उनि एकदमै धेरै बोल्ने भईसकेकी छिन् । 

 

त्यस पछि भेट कसरी अगाडी बढ्दै गयो त ? 

- पहिलो पटक भेट भएको दिनको केहि दिन पछी चलचित्रको शुभमुहुर्त कार्यक्रम थियो । त्यो बेला उनी रातो साडी र ब्लाउजमा आएकी थिईन् । त्यो दिन देखि उनि प्रति म आकर्षित हुन थालेको थिएँ । तर मलाई कुनै हिरोईन सँग सम्बन्ध गाँस्छु जस्तो लागेको थिएन । एक त म केटीहरू सँग कम बोल्छु त्यसै माथी हिरोईनलाई मैले आफ्नो बनाउछु भनेर सपनामा पनि सोचेको थिईन । दुर्भाग्य पछि त्यो चलचित्र बन्न सकेन र हाम्रो भेटघाट पनि बन्द भयो । 

 

भेटघाट नहुँदा तपाईलाई कस्तो महसुस हुन्थ्यो ? 

- त्यो बेला मलाई त्यस्तो केहि नभएको हुनाले खासै मैले त्यती सम्झिन । 

 

तपाईको प्रेम कसरी अगाडी बढ्यो त ? 

- चलचित्र पिडा नबन्ने भएपछी म आँफैले चलचित्र 'बिष' निर्माण गर्ने सोच बनाए र चलचित्रमा नायिका झरनालाई नायिकाको रूपमा अफर गरें तर उनले नखेल्ने बताएपछी ऋचालाई नायिकाको रूपमा प्रस्ताव गरें । उनले पनि मेरो प्रस्तावलाई स्विकारीन र हाम्रो भेटघाटले त्यो बेलाबाट तिब्रगती लिन शुरू गर्‍यो ।    

 

अब त साँच्चिकै ऋचालाई मन पराउँछु जस्तो कहिले लाग्यो ? 

- चलचित्र 'बिष' को निर्माण कार्यको अन्त्यसँगै मेरो ऋचा प्रतिको प्रेमको शुरूवात थियो । 

 

चलचित्र 'बिष' को निर्माण कार्य सकिएपछि ऋचालाई भेट्न गार्हो भएन ? 

- जब मैले ऋचालाई मन पराउन थालें त्यसपछी मलाई छटपटी हुन थाल्यो । उनलाई भेट्न गार्हो हुन थाल्यो । भेट्ने बाहाना केही भएन । ऋचालाई आफुसँग नपाउँदा एकदम छटपटी हुन्थ्यो । त्यसैले उनलाई पाउनको लागी पनि मैले चलचित्र 'बिष' रिलिज नहुँदै अर्को चलचित्र 'बिरताको चिनो' निर्माण गर्ने योजना बनाएँ । चलचित्र 'बिरताको चिनो' को लागी ऋचालाई नायिकाको रूपमा प्रस्ताव राखें र उनले पनि सजिलै स्विकार गरिन् । त्यसपछि त हाम्रो भेट हुनेमा म ढुक्क भएँ । चलचित्रको शुभ-मुहुर्तमा मैले ऋचाको आमालाई समेत बोलाएको थिएँ । 

 

आमालाई बोलाउनुको कारण ? 

- परिवारसँगको सम्बन्धलाई बलियो बनाउन र ऋचासँग कुरा गर्न सजिलो होस् भनेर पनि मैले आमालाई बोलाएको हुँ । 

 

ऋचाले कसरी थाहा पाईन् त तपाईले मन पराउनु हुन्छ भनेर ? 

-  त्यो बेलासम्म पनि ऋचालाई मैले मन पराउँछु भनेर भनेको थिईन । हाम्रो मित्रता एकदम बलियो भईसकेकोले पनि मलाई प्रस्ताव राख्न एकदम गार्‍हो भएको थियो । मैले ऋचालाई मन पराउछु भनेर आफ्ना केहि २४ जना मिल्ने साथीलाई भनेको थिएँ । उनै साथीहरूले ऋचा र म बिचको सम्बन्ध गाँस्ने पुलको काम गरे । मेरो र ऋचाको सम्बन्धलाई बलियो बनाउन रञ्जु लामिछाने र गोबिन्द राईले ठूलो सहयोग गरेका छन् । रञ्जु लामिछाने र गोबिन्द राईले नै मेरो कुरा ऋचा समक्ष पुर्‍याएका हुन् । 

 

ऋचाबाट कस्तो प्रतिक्रिया आयो त? 

-मैले मन पराउछु भन्ने कुरा उनलाई पत्यार लागेन छ । तर पनि त्यस्तो केही प्रतिक्रिया दिईनन् । 

 

ऋचाले थाहा पाईसके पछि उनिलाई भेट्दा कस्तो हुन्थ्यो ? 

- उनले थाहा पाईसकेपछि ममा एक किसिमको डर पैदा हुन्थ्यो । तर पनि उनले यो बिषयमा कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । भेट हुँदा मिठा-मिठा कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । 

 

प्रस्ताव कहिले राख्नु भयो त ? 

- चलचित्र 'बिरताको चिनो' निर्माण कार्यकै क्रममा मैले एकदिन हिम्मत कसेर उनलाई भनें - ऋचा ममा केहि गर्ने आँट छ तर तिम्रो हौसला बिना म केहि गर्न सक्दिन । त्यसैले मलाई तिम्रो साथ चाहिन्छ ।' त्यसपछी उनी केहि बोल्न सकिनन् र उनले पछी भनिन् - 'तपाईंमा केहि गर्ने आँट छ। अहिले हामि दुबैले आफ्नो क्यारियर बनाउनु छ, त्यसैले हामीले आफ्नो काममा ध्यान दिनु पर्छ ।' उनको यो शब्दबाणी सुन्ने बित्तिकै मेरो मनमा भुईँचालो आएको जस्तो अनुभव भयो । मैले त्यो समयलाई कुर्न सकिन । 'बिरताको चिनो'को सुटिङ सकिए लगत्तै ऋचाले 'तुलसी' चलचित्र बनाउने निर्णय गरिन् र निर्देशकको जिम्मा पनि मलाई नै आयो । त्यसपछि म खुसि भएँ । मैले यो अवसरलाई गुमाउन हुँदैन भनेर उनको आमासँग हात माग्न गएँ । त्यो भन्दा अघि म  ऋचाको घरमा खाना खान गईसकेको थिएँ ।त्यो बेलामा नै मैले उनको आमालाई राम्रोसँग बुझ्ने मौका पाएको थिएँ । आमाले पनि मलाई राम्रो मान्नु हुन्थ्यो । मैले आमासँग ऋचाको हात मागें । आमाले मेरो प्रस्तावलाई स्विकार गर्नु भयो । अनि बिहे कहिले गर्ने त भनेर उहाँले प्रश्न गर्नु भयो ।  आखिरमा एक दिन त बिहे गर्ने नै हो भन्ने सोचेर आगामी मंसिरमै गरौं भनेर मैले उत्तर दिएँ । त्यसपछी आमाले घरसल्लाह गरेर हुन्छ भन्नु भयो । 

 

तर त्यो बेला सम्म पनि ऋचाले तपाईंको प्रस्तावलाई स्विकार गरेको जस्तो देखिएन नि ? 

- हो, जब उनले मैले आमासँग हात मागेको कुरा थाहा पाईन्, त्यसपछी उनी एकदम 'सरप्राईज' भएको बताईन् । तपाई यति सम्म सिरियस हुनु भएको छ भन्ने लागेको नै थिएन भनेर उनले मलाई भनेकी थिईन् । 

 

ऋचाले निर्णय कहिले दिईन त ? 

- उनले ३ दिनको समय मागिन र ३ दिन पछि बिहे गर्न राजी भईन् । 

 

अब बिहे कहिले गर्ने त ? 

- यहि मंसिरको २७ गतेको लागि लगन जुराएका छौं । 

 

नायिकाका नराम्रा धेरै कुराहरू सुनिरहेको बेलामा पनि नायिकासँग बिबाहगर्न è