मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'ईकु' नेपाली टार्जन हो - सुलेमान

फिल्मीखबर, काठमाण्डौ, २०६६ ज्येष्ठ २५, सोमवार

ईकु'ले कति पैसा कुम्ल्यायो ?

काठमाडौं र बाहिरका हलहरूमा फिल्म अझै चल्दैछ । त्यसैले पूरा हिसाब आउन बाँकी नै छ । लगानी उठिसक्यो । अबको कमाइ नाफा हो ।

जिन्दगीभर 'ईकु' नै बन्ने ?
अर्को फिल्ममा त म ईकु नै बनेर देखिन्छु । किनभने अहिले हामी 'ईकु-२'को तयारीमा छौं । त्यसपछि के हुन्छ हेर्दै जाउला । अरु निर्माताले पनि अभिनयको अफर गरेका छन् । फरक रोल भयो भने खेल्छु ।

अहिलेको समयमा ईकु जस्तो पात्र हुन्छ ?
खोइ, मैले त भेटेको छैन । तर, जंगलतिर पाइन्छ भन्छन् । यो पात्रको सिर्जना 'मेरीबास्सै'का निर्देशकले गरेका हुन् । काल्पनिक भएपनि दर्शकलाई मन पर्‍यो ।

शहरमा पनि हुन्छ होला नि 'ईकु' जस्तो मान्छे ?
'ईकु' शहरको पात्र होइन । तर, शहरका कतिपय मान्छेको व्यवहार 'ईकु'को भन्दा कम छैन । उनीहरू शहरमा बस्ने जंगली मान्छे हुन् ।

'ईकु' त 'टार्जन'को नक्कल जस्तो लाग्छ नि ?
जंगलको दृश्य, लहरा, पहरा आदि देखाइएकोले त्यस्तो लागेको होला । जंगल त जहाँ पनि हुन्छ नि । टार्जनजस्तै लागेपनि यो नेपाली टार्जन हो ।