मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन खेल्छन् दयाहाङ 'व्याक टु व्याक' फिल्म ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २६, आईतवार
 
अभिनेता दयाहाङ राई पछिल्लो समय सर्वाधिक व्यस्त रहने अभिनेतामा पर्छन् । पछिल्ला बर्ष २०७३ मा मात्रै उनका करिब दर्जन जस्तो  फिल्म रिलिज हुँदैछन् । बर्षको आठौँ महिना चल्दैगर्दा अहिलेसम्म दयाहाङका पाँच फिल्म रिलिज भइसके । 
 
हाउ फन्नी, वीर विक्रम, झूम्की, पुरानो डुङ्गा, सेतो सुर्य रिलिज भईसक्दा लप्पन छप्पन, लुट २ पनि यो बर्ष नै रिलिजको तयारीमा छन् । बर्षान्तसँगै बैशाख १ गते घामपानी रिलिज हुने तय भइसकेको छ । यो बीचमा २०७३ भित्रै मात्र उनले दर्जनजस्तो फिल्ममा अभिनय गरिसकेका छन् भने व्यस्तताको बारेमा सोध्दा अहिले पनि १० बढि फिल्म पाईपलाईनमा रहेको उनले बताए ।
 
लगातार फिल्म गरिरहनुभएको छ, व्याक फाईर हुने देख्नुहुन्न भन्ने प्रश्नमा उनले यसको पछाडि आफ्नै समस्या रहेको बताए । 'धेरै फिल्म खेल्नुमा मेरो आफ्नै बाध्यता छ, व्याक्तिगत कारण छ,' दयाहाङले भने । यो भन्दै गर्दा उनको अनुहारले पारिवारिक अनि आर्थिक समस्याको वरीपरी कतै दयाहाङ परिरहेका त छैन्न भन्ने बोल्थ्यो ।
यो अनि यस्तै विषयमा दयाहाङसँग फिल्मीखबरले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।