मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै फ्रेममा अनुप र मलिना, ब्रेकअप र प्याचअपको हल्लाबारे खोले मुख (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर २४, शुक्रवार
अभिनेता अनुपबिक्रम शाहि र अभिनेत्री तथा पुर्व मिस नेपाल मलिना जोशीको प्रेम प्रसंगले समय समयमा राम्रै चर्चा पाउँछ । कहिले ब्रेकअप त कहिले प्याचअप, गसिप बजारमा यी दुईको समाचार चर्चाको विषय बनिरहन्छ । 
 
 
यो बीचमा फिल्मीखबरले दुबैजनालाई एउटा फ्रेममा बाँध्दै रमाईको कुराकानी जोडेको छ । क्यामेराको अघि दुबैलाई तपाईंहरुको सम्बन्धको बारेमा धेरैको चासो र कौतुहलताको छ, पछिल्लो भित्री कुरा के हो ? भन्ने प्रश्न गर्दा मलिना र अनुपले एक स्वरमा साथी मात्र बुझ्न आग्रह गरे । 
 
'हाम्रो ब्रेकअप भईसक्यो, साथी साथीको सम्बन्ध कायम छ', नेफ्टा अवार्डको रिहर्सलमा भेटिएका अनुपले फिल्मीखबरको क्यामेरामा आफ्नो भनाई स्पष्ट पार्दा मलिना केहि निराश देखिन्थिन् । मलिनाले भने मिडियाले जहिले पनि व्याक्तिगत कुरालाई बढाई चढाई लेख्ने गरेकोले केहि बोल्दा अनि तर्क राख्दा पनि डर मान्नुपर्ने अवस्था आईरहेको तर्क पोखिन् । 
 
त्यसो त कुनै समयको रियल जोडी अहिले रिलमा रोमान्स गरिरहेको छ । अन्तिम छायाँकनमा रहेको फिल्म 'रानी'मा दुबैले एकसाथ स्कृन सेयर गरेका छन् भने दुबैजना एक फ्रेममा हुने अन्य प्रोजेक्ट पनि पाईपलाईनमा रहेको समेत दुबैले बताए ।
 
अनुप र मलिनासँग गरिएको रमाईलो कुराकानी, ब्रेकअप र प्याचअप रहस्य भिडियोमा हेर्नुहोस ः