मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

म कामुक नायिका हैन - गरिमा पन्त

राजन घिमिरे, काठमाण्डौ, २०६६ आषाढ २९, सोमवार

अहिले केहि समय यता व्यस्त हुन थालेकी नायिका गरिमा पन्तसँगको यो ठट्यौली कुराकानी -

 

नम्बर एक नायकनायिका?
यो र ऊ नभनौँ, एउटालाई भन्यो भने अर्को रिसाउँछन्। त्यसैले सबै नम्बर वान।


गरिमा सुन्दर नायिका हुन्?
आफ्नो बखान आफैं कसरी गरूँ?


साथमा कहिले नछुट्ने दुई चिज?
पर्स र मोबाइल सेट।


पर्समा कति छ पैसा?
त्यति हुँदैन। त्यस्तै एक हजार जति होला।


अविवाहित हुनुको फाइदा

स्वतन्त्र भइन्छ। कसैको दबाबमा जीवन बिताउनुपर्दैन।


गइरहने दुई मन्दिर? 

पशुपति र बंगलामुखी।

 

काठमाडौंमा दिक्क लाग्ने कुरा?
लेडिजले वाइक कुदाउँदा केटाहरूले पेल्ने, फोहोर अनि जाम र कोलाहल।

 

सपनामा कुनै केटाले म तिमीलाई बिहे गर्न पाइनँ भने झुन्डिएर मर्छु भन्यो भने?
त्यो केटालाई भनिदिन्छु मसँग विवाह गर्न आँट गर्नेले सपनामा होइन विपनामा नै आउने आँट गर्नुपर्यो ।


तपाईं अविवाहित अनि राजेश हमाल पनि अविवाहित। के छ त विचार?
त्यस्तो केही छैन विचार। तपाईंले भनेजस्तो सम्भव छैन।


भगवानसँग केही कुरा सोध्न पाउनुभयो भने?
यति धेरै भगवान् भएको यो मुलुकमा नै किन अधर्मीहरूको जमात धेरै।


गिरिजाप्रसाद कोइरालाको बारेमा तपाईंले थाहा पाएको कुरा?
उहाँकी एउटी छोरी छिन्। सबैभन्दा बढी प्रधानमन्त्री बन्ने उहाँ नै हो र मुलुकमा शान्ति वहाल गर्न उहाँको योगदान छ।


मानौं नेपालमा कामुक युवतीहरूको प्रतिस्पर्धा भयो भने तपार्इंले कतिऔं पुरस्कार जित्नुहुन्थ्यो होला?
पुरस्कार त कुरै छाड्नुहोस्। म त भाग लिन पनि लायक हुन्नथेँ। म भाग लिन लायकको कामुक कहाँ छु र?


मानौं एक सातापछि तपार्इंको मृत्यु हुँदै छ। बाँकी समयलाई कसरी सदुपयोग गर्नुहुन्थ्यो?
के सदुपयोग गर्न पाउनु र? मर्ने दिन थाहा पाएपछि त झनै गलेर पहिले नै मरिन्छ होला।