Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

पूजा भन्छिन्ः 'देश अनुसारको भेष खोज्दा बिकिनी लगाएँ' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016-11-23, बुधवार
केहि हप्ता पहिले थाईल्याण्डमा होलिडे मनाउँदै गर्दा समुन्द्री किनारमा पुगेर बिकिनीमा अभिनेत्री पूजा शर्माले गरेको मस्तीले सामाजिक सञ्जाल तथा मिडियामा राम्रै चर्चा पायो । पूजाको बिकिनी अबतारलाई जोडेर थुप्रै गसिपहरु बने । 
 
 
यो बीचमा काठमाडौंमा भेटिएकी पूजासँग फिल्मीखबरले भिडियो कुराकानी जोडेको छ । पूजा र उनको बिकिनी अबतारको बारेमा राखिएको जिज्ञाशामा पूजाले 'देश अनुसारको भेष' भनेकी छिन् । 'थाईल्याण्ड पुगेर त्यो पनि समुन्द्री किनारमा कोट लगाउनु त ?' पूजाले प्रतिप्रश्न गरिन् । 
 
ठाउँ अनुसार बिकिनी पहिरेको भन्दै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले केहि असर नगर्ने उनको भनाई छ । पूजासँगको भिडियो कुराकानी उल्लेखित लिङ्कमा हेर्नुहोस ।