मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा भन्छिन्ः 'देश अनुसारको भेष खोज्दा बिकिनी लगाएँ' (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ८, बुधवार
केहि हप्ता पहिले थाईल्याण्डमा होलिडे मनाउँदै गर्दा समुन्द्री किनारमा पुगेर बिकिनीमा अभिनेत्री पूजा शर्माले गरेको मस्तीले सामाजिक सञ्जाल तथा मिडियामा राम्रै चर्चा पायो । पूजाको बिकिनी अबतारलाई जोडेर थुप्रै गसिपहरु बने । 
 
 
यो बीचमा काठमाडौंमा भेटिएकी पूजासँग फिल्मीखबरले भिडियो कुराकानी जोडेको छ । पूजा र उनको बिकिनी अबतारको बारेमा राखिएको जिज्ञाशामा पूजाले 'देश अनुसारको भेष' भनेकी छिन् । 'थाईल्याण्ड पुगेर त्यो पनि समुन्द्री किनारमा कोट लगाउनु त ?' पूजाले प्रतिप्रश्न गरिन् । 
 
ठाउँ अनुसार बिकिनी पहिरेको भन्दै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले केहि असर नगर्ने उनको भनाई छ । पूजासँगको भिडियो कुराकानी उल्लेखित लिङ्कमा हेर्नुहोस ।