मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`ऐश्वर्य` अभिनेत्री दीपिका भन्छिन्, 'रमेश उप्रेती को भन्ने नै थाहा पाईन' (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १, बुधवार
पछिल्लो समय नेपाली फिल्म उद्योगमा धमाधम नयाँ अभिनेत्रीको आगमन भइरहेको छ । २०७३ सालमा थुप्रै नयाँ अनुहारले डेब्यु गरेका छन् । यस्तै नव अभिनेत्रीहरुको भीडमा पृथक आत्मविश्वासका साथ आएकी छिन् दीपिका प्रसाईँ ।
 
दीपिका पुराना स्टार अभिनेता रमेश उप्रेतिले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’ मार्फत् रजतपटमा धाक जमाउन आउन लागेकी हुन् । फिल्मको हाल धमाधम सुटिङ भइरहेको छ । 
 
मैतिदेवीस्थित राजभाइ सुवालको फोटो स्टुडियोमा फिल्मको सुटिङका बीच फिल्मीखबर डटकमको क्यामरामा दीपिका कैद भएकी हुन् ।
 
फिल्ममा उनी मोडलको रुपमा देखिनेछिन् । त्यसो त पहिलो पटक यो फिल्ममा दिपिका जोडिन लागेको भन्ने खबरले समेत फिल्म नगरीमा राम्रै चर्चा पाएको थियो ।
 
 
यहाँ हेर्नुहोस् दीपिकासँग गरिएको कुराकानीः