मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललाई मैले स्टार बनाएको होईनः निर्देशक बिसी (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २८, आईतवार
नेपाली फिल्म उद्योगसँग परिचित जो कोहिलाई पनि स्टार अभिनेताको छबि बनाएका अनमोल केसीको बारेमा थाहा पक्कै छ । जति रिलजि भए सबै फिल्ममा सफलता पाएका अनमोललाई वक्सअफिसको अनमोल रतन नै मानिन्छ । 
 
 
पहिलो फिल्म 'होस्टेल'मा अनमोललाइ डेब्यू दिँदै एक्शन कट गरेका थिए निर्देशक हेमराज बिसिले । अनमोललाई अनमोल बनाउने अनि स्टार बनाउने क्रेडिट हेमराजलाई जान्छ भन्ने चर्चा सिनेवृत्तमा चल्दैगर्दा हेमराजले भने आफुले अनमोललाई स्टार बनाएको भन्ने कुरा स्विकार गर्न चाहेनन् । 
 
फिल्मीखबरसँगको भिडियो कुराकानीमा हेमराजलाई 'तपाईं त अनमोललाई स्टार बनाउने निर्देशक' भनेर प्रसंग निकाल्दा जो कोहिले पनि आफ्नो क्षमताले सफलता हात पार्ने भन्दै अनमोलले पनि आफ्नो क्षमताले त्यो स्थान लिएको बताए । आफु या अरु कसैको कारण अनमोल स्टार नभएको उनको तर्क छ ।
 
पछिल्लो समय 'ग्याङ्गस्टार ब्लूज' फिल्मको प्रि प्रोडक्शनमा व्यस्त हेमराज तथा सोहि फिल्मका निर्माता सरोज न्यौपानेसँग गरिएको कुराकानी भिडियोमा हेर्नसक्नुहुन्छ ।a