मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म सुपरस्टार होईन, कलाकार अनि कामदारः निखिल उप्रेती (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २६, शुक्रवार
नेपाली फिल्म उद्योमाग मै हुँ भन्नेहरु धेरै हाबी छन् । कसैले ठुलो बनाईदिन पर्दैन्, आफैले आफैलाई मै हुँ भन्नेहरु धेरै छन् । यो भीडमा केहि यस्ता अभिनेता अभिनेत्रीहरु पनि छन् जसले आफ्नो काममा विश्वास  गर्छन् । 
 
यसअघि फिल्मीखबरसँगको कुराकानीमा अभिनेता दयाहाङ राईले म स्टार होईन भनेका थिए । पछिल्लो पटक अर्का एक्शन स्टारसँग फिल्मीखबरले गरेको कुराकानीमा निखिल उप्रेतीले पनि आफु सुपरस्टार, स्टार केहि नभएको बोलेका छन् । 
 
तपाईंलाई सुपरस्टार, एक्शन स्टार अनेक ट्याग दिईन्छ, तपाईं चाहिँ आफुले आफुलाई के सम्झिनुहुन्छ भन्ने प्रश्नमा निखिलले भने, ' म कोहि पहि होइन, कलाकार हुँ कर्ममा विश्वास गर्ने कामदार हुँ ।' निखिलसँगको कुराकानी जोडिएको भिडियो फिल्मीखबरमा आएसँगै उनको यो प्रकारको उनको भनाईलाई दर्शक तथा शुभचिन्तकहरुले तारिफ गरेका छन् । 
 
युट्युवमा अपलोड गरिएको भिडियोमा निखिलप्रति सम्मान तथा तारिफका कमेन्टहरु बर्सिएका छन् । निखिलसँगको भिडियो कुराकानी यहाँ प्रस्तुत छ ।