मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म कन्ट्रोभर्सी क्विन हुँः निशा अधिकारी (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २५, बिहिवार
अभिनेत्री निशा अधिकारी मिडियामा कम आउँछिन् । जब आउँछिन,  नियमित समाचार बाहेकमा कहिँकतै उनको विवादिद कुरा बाहिर आउँछ । धेरै मिडियाकर्मीसँग सम्बन्धमा प्रश्न उब्जिने निशा फिल्मीखबरसँगको भिडियो कुराकानीमा खुलेर प्रस्तुत भईन् । 
 
'तपाईंलाई कन्ट्रोभर्सी क्विन भन्छन् नी भनि सोधिएको औपचारिक तथा अनौपचारिक कुराकानीको प्रश्नमा निशाले भनिन,'म कन्ट्रोभर्सी क्विन नै हुँ', सेलिब्रेटी भईसकेपछि विवाद तथा तारिफ आईनै रहन्छन्, पचाउन सक्नु नै महानता हो ।' 
 
निशाले तपाईंलाई घमण्डी अभिनेत्री भन्छन् नी भनेर गरिएको प्रश्नमा पनि कसैले आफ्नो कुरामा काममा स्टयाण्ड लिन्छ, दृढ भएर लागेर सफल पनि हुन्छ भने त्यस्तो कुरामा गरिने तर्क आफले सिरियस रुपमा नलिने समेत तर्क गरिन् ।
 
सगरमाथा आरोहणलाई जीन्दगीको ठुलो सफलता सम्झिने नीशाले समय र परिस्थिती हेरेर एसिया तथा अफ्रिका सहित सात महादेशका चुचुरोमा समेत पुग्ने योजनामा आफु रहेको बोलेकी छिन् । निशासँगको रमाईलो भिडियो कुराकानी तल प्रस्तुत छ ।