मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

राजेश र करिश्माको नाम नै प्रयाप्त छ - निर्देशक दिपक श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ २६, शुक्रवार

पापीमान्छे, हिम्मत, पर्खिबसें, तकदिर जस्ता सफल चलचित्र निर्देशन गरेर केहि बर्षदेखि निकै नै चर्चामा आएका निर्देशक दिपक श्रेष्ठ अहिले 'हो यहि हो माया" को निर्देशन गरिरहेका छन् । उनै निर्देशकसँग यसै चलचित्रमा आधारित भएर फिल्मीखबरले गरेको यो छोटोमिठो कुराकानी -

 

'हो यहि हो माया' कस्तो चलचित्र हो ?
- यो एक बिशुद्व प्रेम कथामा आधारित चलचित्र हो । माया भन्दा अलग अरू केहि पनि हुन नसक्ने हुनाले यसमा वास्तविक माया के हो भन्ने कुरा यसमा देखाउन खोजेको छु ।

यो चलचित्रले कुन वर्गलाई बढि महत्व दिएको छ ?
- यो चलचित्र युवा दर्शकहरूलाई केन्द्रबिन्दुमा राखेर बनाएको छ । यस्ता दर्शकहरू जो +२ मा पढ्दै छन्, जो अलि सम्भ्रान्त परिवारमा रहेको छ र नेपाली चलचित्र हेर्न मन गर्दैन ति बर्गलाई पनि समेटेर मैले यो चलचित्र निर्देशन गरेको हुँ ।

यसमा कस्तो खालको माया देखाउन खोज्नु भएको छ ?
- १५/१६ बर्षका केटाकेटी बिच हुने मायालाई हामिले देखाउन खोजेका छौं । कलेजमा गरिने माया प्रितिका उतारचढव छ यो चलचित्रमा । त्यसै गरि धनि गरिब बिच हुने मायाप्रितिको कथा छ । यदि बिशुद्व माया, अजम्बरी माया, सागर जस्तै माया गरेको छ भने त्यो माया जोसँग पनि हुन सक्छ भन्ने कुरा यस चलचित्रमा देखाउन खोजेको छु ।


चलचित्रकी नवनायिका जियालाई कसरी हेर्नु भएको छ र उनको भुमिका कस्तो छ ?
- जियालाई मैले टिनेजको रूपमा प्रस्तुत गरेको छु । उनी एक भुटानी शरणार्थीको भुमीकामा देखिदै छिन् । एकदम दु:ख पाएकी केटीको भुमिकामा प्रस्तुत हुदैछिन् । अनि आफ्नो प्रेमिलाई अतिनै माया गर्ने केटीको रूपमा प्रस्तुत भएकी छिन् । चलचित्रमा उनको भुमीका नै सबैभन्दा महत्वपूर्ण छ । चलचित्रका दृश्यहरू अत्यन्त दर्दनाक छन् र ति दृश्यहरूमा उनले जिवन्त अभिनय गरेकी छिन् । उनको काम पनि अत्यन्त राम्रो भएको छ। आफैमा पनि उनि निकै नै राम्री छिन् । मलाई त यस्तो लाग्छ कि जब यस चलचित्रको पोस्टर बजारमा आउँछ अनि उनको फोटोमै दर्शक फिदा हुने छन् । यस चलचित्र मार्फत उनि नेपाली रजतपटमा एक सफल नायिका भएर उदाउने छिन् ।


राजको भुमीका कस्तो छ ?
- राज यस चलचित्रमा जियाको प्रेमी भएर प्रस्तुत भएका छन् । उनको अभिनयमा पनि अत्यन्त राम्रो पाएको छु मैले । उनमा पनि एउटा कलाकारमा हुने गुण मैले राजमा पाएको छु ।


राजेश र करिश्मालाई कसरि प्रस्तुत गर्नु भएको छ ?
- चलचित्रमा यि जोडीले राज र जियाको सपोर्टीङ गरेका हुन्छन् । राजेश र करिश्मा श्रीमान-श्रीमतीको भुमीकामा प्रस्तुत भएका छन् । जो राजको दाई र भाउजु भएर देखिदै छन् । राजलाई अत्यन्त माया गरेका हुन्छ र उसको हरेक चाहना पूरा गरिदिने अनि उसको हरेक कुरामा साथ दिएका हुन्छन् ।


राजेश र करिश्मालाई लामो समयपछि अभिनय गराउन कत्तिको गार्हो भयो ?
- राजेश र करिश्मा भन्ने बित्तिकै उनिहरूको नाम नै प्रयाप्त छ । उहाँहरूलाई कुनै पनि दृश्यलाई एकपटक भन्दा दुई पटक भनिरहनु पर्दैन । एकदम सहज तरिकाले अभिनय गर्नु हुन्छ । किनभने उहाँहरूमा परिपक्वता छ ।


राजेश र करिश्माको जोडीलाई चलचित्रमा राख्नुको कारण ?
- नेपाली चलचित्रप्रेमि दर्शकको चाहना थियो कि यो जोडीलाई पुन: नेपाली चलचित्रमा देख्न पाईयोस् । त्यसैले मेरो भन्दा पनि दर्शकको चाहनालाई मध्य नजर राखेर मैले यो जोडीलाई प्रस्तुत गरेको हुँ । लामो समय पछि र दर्शकको चाहना बमोजिम मैले यो जोडीलाई चलचित्रमा प्रस्तुत गर्न पाउँदा म आफूलाई पनि भाग्यमानी ठानेको छु ।

 

चलचित्रका गितसंगित के कस्ता छन् ?
- यसको गितसंगित एकदमै राम्रो छ । अहिलेका जल्दाबल्दा संगितकार सुरेश अधिकारीले निकै नै मेहनत गर्नुभएको छ । यसैगरि गायन क्षेत्रका सफल जोडी राजेश पायल राई र अञ्जु पन्तको स्वरले यसको गितसंगितमा मधुरता छाएको छ । अर्को खुसीको कुरा त यस चलचित्रमा देशबिदेशमा सबैको मनमा छुट्टै छबि बनाएर चर्चा कमाएका पप गायक एड्रिन प्रधानलाई पनि प्रस्तुत गरेको छु र उहाँको गित पनि अत्यन्त राम्रो भएको छ । चलचित्रका गित जसरी राम्रा छन् त्यसै गरी यसको छायाँकनमा पनि हामिले धेरै नै मेहनत गरेका छौं । जोमसोममा गएर यसको ३ वटा गितको छायाँकन पनि गरेका छौं । दु:ख पनि निकै पायौं र गितको भिडियो पनि अत्यन्त राम्रो बनेको छ । नृत्यनिर्देशक बसन्त श्रेष्ठले पनि अत्यन्त मेहनत गर्नुभएको छ ।