मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बागमतीमा मलाई फसाईयो: शिव श्रेष्ठ

बैकुण्ठ पराजुली, काठमाडौं, २०७२ माघ ५, मंगलवार
'एक्शन किङ'को उपमा पाएका पुराना स्टार शिव श्रेष्ठ केहि बर्षको अन्तरालमा फिल्म 'बागमती' मार्फत पर्दामा फर्के । तर यो फिल्ममा उनलाई केहि मिनेट मात्र निर्देशकले पर्दामा अबसर दिए । एउटा उचाई पाएको स्टारले संवाद बिनाको फिल्म गरेको भनेर मिडियामा उनको आलोचना पनि सुरु भएको छ । 'बागमती' र नेपाली फिल्म उद्योगको पछिल्लो गतिबिधिको सेरोफेरोमा आधारित रहेर फिल्मीखबरले श्रेष्ठसँग गरेको कुराकानी । 
 
विविध समिक्षा पाएको 'बागमती' फिल्मबारे तपाईंको प्रतिक्रिया के छ ?
फिल्ममा मैले जे आशा गरेको थिएँ त्यो पाईन् । हामीले दक्षिण भारतिय निर्देशक भनेर सन्नि केराला नामको व्याक्तिलाई जुन तरिकाले हाईट दियौं त्यो गलत लाग्यो । अहिले आएर मलाई सन्नि निर्देशक हो या होईन् नै 'कनफ्युज' लागेको छ । सुटिङको दौरान 'फाईटमा पनि लाईट' हालिन्थ्यो, जुन दृश्य पहिलो पटक मैले कुनै फिल्मका लागी दिएँ । जतिबेला भयंकर नै लाग्थ्यो । तर पर्दामा त्यस्तो केहि आएन् । जुन कुरा पनि सुरुमै भयंकर भन्नु गलत हो । केहि आशा त अवश्य थियो सन्निमा त्यो पाईन् ।
 
 संवाद विनाको फिल्म खेल्न, त्यो पनि केहि मिनेटको लागी किन ओके भन्नुभयो ?
(जोक सुनाएर हाँस्दै.....) हैन्, सुटिङको समयमा बारबार मैले स्टोरी मागे, मेरो भूमिका के हो प्रश्न गरेँ, तर निर्देशकले जहिले पनि 'ट्रस्ट मी र बिलिभ मि' मात्रै भन्नुभयो । त्यही कुराले यो अबस्था ल्यायो । मैले फिल्म नै गर्दिन भने । तर राजेश हमाल, केकी अधिकारी फिल्मको लागी तयार भएको भन्दै निर्माताहरु र प्रोडक्शन कन्ट्रोलर नागेन्द्र घिमिरेले आग्रह गरेपछि मैले फिल्म गर्ने मनस्थिती बनाएको थिएँ । तर मेरो भूमिका के हो, के गर्दैछु त्यो नै थाहा थिएन् । मलाई फसाईयो, म फसेँ त्यही कारण यस्तो भयो । 
 
निर्देशकको कमजोरीको कारण नै 'बागमती' नामको जहाज समुन्द्रमा डुबेको भन्न सकिन्छ ?
हो, नेपालीमा भनिने उखान टुक्का जस्तै एक भारतियले नेपाली लगानीकर्तालाई डुबाएको सत्य हो । साउथ ईण्डियन निर्देशक भनियो, तर सन्नि को हो, कसरी नेपाली फिल्म निर्देशन गर्न आयो त्यसमै म अनविज्ञ छु । निर्माता डुबाउने खेल मात्र सन्निबाट भयो । तर नेपाली फिल्म उद्योग भनेको सगरमाथा जस्तै हो। कसैले कुनै व्याक्तिले चाहँदैमा सकिने भन्ने होईन्, यो क्षेत्र अटल रहिरहन्छ । 
 
सन्नि केरालालाई नेपाल भित्र्याउनु नै गलत थियो भनेपछि ?
नेपाली निर्माताको पैसा बर्बाद पारिदियो उसले । मैले बुझे अनुसार 'बागमती'मा प्रयोग भएका धेरै उपकरण, प्राविधिक भएका प्राविधिक नेपालमै थिए । सबै पैसा भारतमा गयो । एउटा कुनै भारतिय फिल्मले नेपाली दर्शकबाट लैजाने पैसा भन्दा बढि 'बागमती'बाट गयो । सन्नि जतिको क्षमता भएका निर्देशक पनि नेपालमा धेरै छन् । उसले भन्दा राम्रो काम गर्नसक्छन् । उसलाई निर्देशन गर्न फिल्म दिनु नै गलत थियो झैं लाग्छ । उ पनि अर्कै ग्रहबाट आएको निर्देशक होईन्, सिकेर नै हो । त्यसैले सिक्दै गर्दा यो भन्दा राम्रो गर्नसक्ने नेपाली निर्देशक छन् ।
 
दक्षिण भारतिय प्रबिधीको 'बागमती'बाट नेपाली मेकरले सिक्नुपर्ने के-के देख्नुभयो ?
यो फिल्मको प्राविधिक पक्ष सशक्त छ । कलाकारलाई राम्रोसँग प्रस्तुत गर्न र कथा प्रस्तुतीमा निर्देशक चुकेपनि व्याकग्राउण्ड साउण्ड, सिनेमाटोग्राफी, भिएफएक्स एनिमेशन लगायत प्राविधिक पक्ष उत्कृष्ट छन् ।
 
अब नेपाली फिल्म उद्योगतर्फ फर्कौँ, 
तपाईंको २४ बर्षे फिल्मी करियरबाट नियाल्दा नेपाली फिल्मको सबैभन्दा कमजोर पक्ष के देख्नुहुन्छ ?
फिल्म नै नबुझी लगानी गर्न लालायित हुने निर्माताको कमजोरी हो । फिल्मसँग जोडिएका निर्माता संघदेखी निर्देशक समाज, कलाकार संघ जस्ता अनेक संस्था छन्, जुनकुनैमा गएर पनि फिल्म क्षेत्रको बारेमा जानकारी लिन बुझ्न सकिन्छ । कुनै अनुसन्धान विना हचुवाको भरमा लगानी गर्न तम्सिनेहरुको पहिलो कमजोरी छ । राम्रा फिल्म बन्दै गर्दा हिट हुन्छन्, दर्शकको साथ पाउँछन्, त्यो उदाहरण हाम्रैमाझ छन् । त्यसैले निर्माताले फिल्म बनाउनु पुर्व निर्देशक लिँदैगर्दा, कथा बुझ्दैगर्दा, कलाकार फाईनल गर्दैगर्दा सबैकुरामा बिचार पुर्याएर लगानीकर्ताले पहिलो चरणमा नै सोच बिचार गरेर हात हाल्यो भने सबै रारो हुन्छ । फिल्म पनि राम्रो बन्न सक्छ । 
 
फिल्मीबजारमा शिव श्रेष्ठ अन्त कतै हराएको थियो, अहिले कमब्याक भएको भनिएको छ, तपाईंको पछिल्लो फिल्म कमब्याक थियो, स्विकार्नुहुन्छ ?
यो कुरा म मान्दिन् । 'कमब्याक' शब्दलाई मैले फरक तरिकाले बुझेको छु । केहि पछि थिएँ म अहिले अगाडी (फ्रन्ट) मा देखिएको मात्र हुँ । फिल्ममा नदेखिँदै गर्दा पनि फिल्मी गतिबिधिमा म संलग्न नै छु । यो क्षेत्रबाट अन्त कतै गएको छैन् । अनि कसरी कमब्याक ?
 
फिल्म निर्देशनमा हात नहाल्ने ?
निर्देशनको सोच अहिलेसम्म बनाएको छैन् । सायद शिव श्रेष्ठले फिल्म निर्देशन गरेको देख्न कसैले नपाउलान् । म निर्माता हो । यसअघि 'चिनो' र 'राँको' फिल्ममा निर्माताको रुपमा थिएँ । अब पनि नयाँ कुनै फिल्मबाट निर्माताको रुपमा आउनसक्छु, तर निर्देशन गर्दिन्  । दर्शकको साथ पाउँदासमंम कहिँकतै जान्न । नेपाली फिल्म उद्योग नै मेरो लागी सबथोक हो ।
 
राम्रो फिल्म बनाउन नेपालमा भित्रिनुपर्ने कुनै उपकरण तथा प्राविधिकको आवश्यकता देख्नुहुन्छ ?
पर्दैन् । राम्रो फिल्म निर्माण गर्छु भनेर केहि बुझेर लाग्नेको लागी यहाँ नै सबथोक छ । मात्र मेकरले हिम्मत हार्न भएन् । नेपालमै १ सय २ सय दिन पार गर्ने, ५१ औं दिन मनाउने फिल्म बनाउने निर्देशक नेपालमै छन् । मेरै कति फिल्मले त्यो प्रकारको उत्सव मनाए । संभावना यहिँ छ, उपकरण यहिँ छन्, मात्र प्रयोग गर्नसक्नु पर्यो । 
र, अन्त्यमा,
सम्पुर्ण मेरा सुभचिन्तक तथा दर्शकहरुलाई ऊँ साईराम । तपाईंको शिव श्रेष्ठ हराएको छैन् । तपाईंहरुको साथ सहयोग र माया पाउन्जेल यो क्षेत्रबाट कहिँकतै जाने छैन् । अब छिट्टै नै नयाँ फिल्महरु मार्फत पर्दामा आउँदैछु र समयक्रम मिल्दै जाँदा दर्शकको भावना बुझ्ने फिल्म निर्माण गरेर आउनेछु ।