मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

साउथ वा बलिउडको नक्कल हैन ‘भैरव’ : निखिल उप्रेती (भिडियो अर्न्तवार्ता)

फिल्मीखबर, काठमाडौं, २०७२ भाद्र ९, बुधवार
एक्सन हिरोको रूपले चिनिदै आएका अभिनेता निखिल उप्रेतीले आफ्नो परिचय बदलेका छन् । उनी अभिनेताबाट निर्देशक पनि बनिसकेका छन् । उनले निर्देशन गरेको फिल्म 'भैरव' रिलिजको तयारीमा छ ।  
 
 
अभिनेता निखिल उप्रेतिले फिल्म ‘भैरव’ साउथ वा बलिउड फिल्मको नक्कल नभएको दाबी गरेका छन् । सार्वजनिक भएको प्रोमोमा साउथको फिल्ममा प्रयुक्त संवादहरुको प्रयोग भएको सन्दर्भमा सोधिएको प्रश्नमा जवाफ दिँदै निखिलले प्रोमोमा केही थपघट गरी साउथको सो फिल्मका एकाध संवाद अंगीकार गरिएको भएपनि बाँकी फिल्म मौलिक भएको उनको कथन थियो ।

फिल्मीखबरसँग गरिएको भिडियो संवादमा निखिलले सेन्सर झमेला र अभिनेत्री अनु शाहसँगको सम्बन्धमा पनि आफ्नो धारणा राखेका थिए । निखिलले बाहिर आएजस्तो सेन्सरले फिल्म रोक्न नखोजेको बरु देशमा घटिरहेका घटना र फिल्मको विषयवस्तु दुरुस्त मिल्न गएकाले गृह मन्त्रालयसँग छलफल गरेको जानकारी गराए । उनले पुलिस डिपार्टमेन्टले नै फिल्म हेरेर फिल्मको तारिफ गरेको बताए ।

अनु शाह अरु प्रोजेक्टमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा नदेखिएको निखिलको कथन छ ।‘हामी सबैलाई छ कलाकारलाई एउटा मात्र फिल्म खेलेर पुग्ने अवस्था छैन । धेरै काम एक साथ गर्नुपर्छ । अनुजी पनि अरु फिल्ममा व्यस्त हुनुहुन्छ । त्यही भएर प्रमोसनमा नदेखिनु भएको हो । हामीले उहाँलाई बाईपास गर्न खोजेका हैनौं,’ निखिलले भने ।
 
'भैरव'मा अभिनय र निर्देशनसँगै लगानीमा समेत हात बढाएका निखिलले आफू कलाकार हुनु एउटा घटना भएको बताएका छन् । फिल्मीखबरसँगको कुराकानीमा निखिलले बलिउडमा रहेर निर्देशन सम्बन्धी पढेको र सहायक निर्देशक भई काम गरेको हुनाले नै त्यो अनुभवलाई 'भैरव'मार्फत प्रस्तुत गरेको बताए ।
 
 
हेर्नुस् निखिलसँग फिल्मीखबरले गरेको भिडियो अर्न्तवार्ता >>>>>>>