मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(14 votes, avg 4.21/5.00)
Text size:-
+
-

अझै पनि कार्ट्न दिदी भन्छन् - दिप्ती गिरी (नवनायिका)

फिल्मीखबर, , २०६८ चैत्र १७, शुक्रवार

करिब ८ बर्ष अगाडी नेपाल टेलिभिजनमा कार्टुन प्रोग्राम 'टम एन्ड जेरी' सञ्चालन गरेर काँचको पर्दामा आफूलाई चिनाएकी दिप्ती गिरी अहिले ठूलो पर्दाको हिरोईन भईसकेकी छिन् । पूर्णिमा, बसन्त ऋतु, गंगाजल, देवयानी लगायतका चलचित्रमा बाल कलाकार भएर अभिनय गरेकी दिप्ती गिरीले १५ बर्षकै उमेरमा हिरोईनको ट्याग पाएकी हुन् । उनले हिरोईन भई अभिनय गरेको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' रिलिजको तयारीमा छ । प्रस्तुत छ यिनै फुच्चि नायिकासँग फिल्मीखबरले गरेको कुराकानीको सम्पादित अंश -


सानै उमेरमा नायिका बन्ने सोच कसरी आयो ?
पहिलो कुरा त अभिनय गर्नलाई उमेरले छेक्दैन र दोस्रो कुरा एसएलसी दिने बित्तिकै केहि समय ग्याप थियो र सो समयको सदुपयोग गर्दै फिल्ममा काम गर्ने निर्णय लिएकी हुँ ।


कस्तो अनुभव रह्यो त ?
कार्टुन प्रोग्राम चलाएर नै क्यामेराको अनुभव बटुलेकी हुँ । त्यसले नै मलाई अभिनय गर्न सहज बनायो ।  अझै पनि मलाई कार्टुन दिदी भनेर बोलाउने छन् । ठूलो पर्दाको कुरा गर्दा पारिवारिक वातावरणमा काम गर्दा कुनै गार्‍हो अनुभव हुन पाएन । सानी भएकीले पनि होला सबैको माया पाएर आफ्नै घर भित्र बसेको अनुभव भयो र त्यहि मायाले गर्दा मैले काम पनि राम्रो गर्ने मौका पाएँ ।


को-एक्टर आर्यन सिग्देलसँगको अनुभव ?
धेरैले भन्नु भएको थियो हाम्रो जोडी सुहाउँदैन होला भनेर तर हामीलाई त्यस्तो कुनै फिल भएन र हाम्रो कामबाट दर्शकलाई पनि त्यस्तो कुनै फिल हुँदैन भन्नेमा म बिश्वस्त छु । र, आर्यन दादासँग काम गर्दा निकै रमाईलो पनि भयो । मलाई निकै सपोर्ट गर्नु भयो र मैले उहाँबाट धेरै कुरा सिके मौका पाएँ । हामी दुईको को-अर्डिनेशन मिलेकाले पनि दर्शकहरूले पूर्ण मनोरञ्जन प्राप्त गर्नु हुनेछ ।

 

'के म तिम्रो साथी बन्न सक्छु' रिलिज नभए सम्म फिल्म नखेल्ने रे त !
पहिला म आफ्नो कामको रिजल्ट हेर्न चाहन्छु । यदि सबैबाट राम्रो प्रतिक्रिया पाएँ भने अन्य प्रोजेक्टमा हात हाल्छु नत्र पढाईलाई नै निरन्तरता दिन्छु । त्यै पनि १२ नसके सम्म मेरो फिल्म खेल्ने इच्छा पनि छैन ।

 

कस्को प्रेरणाले गर्दा यो क्षेत्रमा आउनु भयो ?
मलाई यो फिल्डमा ल्याउने नै मेरो मम्मी बाबा हो । उहाँहरूले गर्दा नै आज म यो रंगीन दुनियाँमा छु । मेरो चाहना त कार्टुन एनिमेटर बन्ने थियो तर अब यहि फिल्डमा रमाएकी छु ।

 

के म तिम्रो साथी बन्न सक्छु कस्तो फिल्म हो ?
दुई आत्मिय साथी बिचको प्रेमकथा हो । यसमा प्रेमका बाधा अबरोध तथा उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।वास्तवमा भन्नु पर्दा मायाको बारेमा बुझ्न र अनुभव गर्न यो फिल्म एक पटक हेर्नुपर्ने हुन्छ । यसले सबै मिल्ने साथी गर्ल फ्रेण्ड र व्याय फ्रेण्ड हुँदैनन् भन्ने कुरालाई प्रस्ट्याएको छ ।
 

बालकलाकार हुँदा र नायिका हुँदाको अनुभव ?
मलाइ दु:ख लागेको कुरा नै यहि छ कि बालकलाकारलाई कसैले कलाकार नै गन्दैन । मैले पहिलो फिल्म 'पूर्णिमा' मा ४० सिन सहितको मुख्य भुमिका निर्वाह गरेकी थिएं तर त्यहाँ न मेरो कामको मूल्याङ्कन भयो न मलाई वास्ता गरियो । हिरो हिरोईनलाई सबैले वास्ता गर्थे तर म बच्चा भएर होला कसैले वास्ता नै गरेन । त्यसपछि गरेका फिल्मबाट पनि सन्तुष्ट भईन तर अहिले नायिकाको ट्याग पाए पछि चारै तिरबाट वास्ता गरिन थालेको छ । म मात्र हैन हरेक बालकलाकारलाई यहाँ बेवास्ता गरिन्छ । बालकलाकारलाई सम्मान दिने बानी नहुँदा मलाई चित्त दुख्छ । त्यसैले मेरो गुनासो भनौं या अनुभव बालकलाकारलाई हेप्ने बानी छाडौं र उनीहरूलाई पनि ठूला कलाकारलाई जस्तै सम्मान दिने बानीको विकास गरौं ।


अन्तमा ?
मेरो गुरू सबिर श्रेष्ठ अंकल र निर्माता कृषा  आन्टीलाई बिशेष धन्यवाद दिन चाहन्छु । उहाँहरूले मलाई जुन बिश्वास गरेर काम गर्ने अवसर दिनु भयो त्यस प्रति म आभारी छु र दर्शकहरूलाई मेरो कामको मूल्याङ्कन गरेर आगामी दिनमा अझ राम्रो गर्ने प्रेरणा दिन बिनम्र आग्रह पनि गर्दछु ।