मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(23 votes, avg 3.96/5.00)
Text size:-
+
-

मैले जे गरें चपली हाईटको पात्र भएर गरें -बिनिता बराल (नायिका)

फिल्मीखबर, , २०६८ फाल्गुन २५, बिहिवार

अहिले चर्चा छ त चपली हाईट र त्यसमा अभिनय गरेकी नायिका बिनिता बरालको । सेक्स साईकोलोजीमा आधारित सो चलचित्रको प्रोमो र पोस्टरमा प्रस्तुत गरिएका सिनहरूले नै बिनितालाई बढि चर्चामा ल्याएको कुरालाई नकार्न सकिन्न । त्यसैमाथी उनको बेलाबेलाको स्क्याण्डलले त झनै हल्लाखल्ला मच्चाएको छ । यहि चलचित्र चपली हाईटको सेरोफेरोमा रहेर चपली गर्ल बिनिता बरालसँग गरिएको कुराकानीको सम्पादित अंश -

 

चलचित्रको रिलिज डेट नजिकिंदै छ, कत्तिको एक्साईटेड हुनुहुन्छ ?
आजभोली हरेक दिन राम्रो सपना देख्ने गरेकी छु । मलाई त यो सपनाले राम्रो सन्देश दिने लागेको छ भन्ने फिल भईरहेको छ । तर पनि पहिलो चलचित्र भएकाले नर्भस भएकी छु । जति कन्फिडेन्ट भएपनि कता कता डर लाग्दो रहेछ ।

 

कन्ट्रोभर्सीमा धेरै आउनु भयो । कन्ट्रोभर्सीमा आएर हिट हुन खोजेको हो ?
नयाँ काम जस्ले गर्न खोज्छ त्यो कन्ट्रोभर्सीमा आउँछ । म हिट हुन खोजेकी हैन । नयाँ काम गर्न खोज्दा कन्ट्रोभर्सीमा आएकी हुँ र केहि कन्ट्रोभर्सी नचाहेर नै आए त्यसमा मलाई कुनै खेद छैन ।

 

पोस्टरमा त मज्जाले खुलेको देखिएको छ । फिल्ममा पनि मज्जैले खुलेको सार्वजनिक प्रोमोले देखाएको छ । यति धेरै खुल्नु पर्ने कारण ?
पोस्टरको सवालमा भन्नुपर्दा मलाई दुई घण्टा अगाडी मात्रै टपलेश देखिनुपर्छ भन्ने जानकारी भयो । त्यो बेलासम्म म मेकअप गरेर रेडि भईसकेकी थिएँ । तर फोटो खिच्दा टपलेश भएकी थिईन् । ट्रिक गरेर टपलेश बनाईएको थियो तर पछि मिस युज भयो । फिल्म भित्र त एउटा क्यारेक्टर भित्र छिर्ने प्रयास गरेकी हुँ । कथा नै सेक्स साईकोलोजीमा आधारित भएकाले कथालाई न्याय गर्न म अलि बोल्ड बनेकी छु । तर डबिङमा भने अलि बढि नै क्यारेक्टरमा छिरें कि भन्ने लाग्यो । तर चलचित्र भित्रका ट्विस्टहरूले गर्दा सेक्सका सिनहरू भल्गर देखिंदैनन् । यसको प्रस्तुती नै राम्रो छ र कथाले दर्शकलाई बाँधेर राख्छ ।

 

कसरी राजी हुनु भयो ?
पहिला त मलाई फिल्मबाट निकालेको पिडा थियो । त्यो पिडामा जल्दा जल्दा म कोईला भईसकेकी थिएं तर जब यो चलचित्रको स्क्रिप्ट पढें अनि मलाई लाग्यो कि यहि क्यारेक्टरले नै मलाई कोईलाबाट हिरा बनाउनेछ । स्क्रिप्ट पढेपछि आफ्नो अभिनय कला देखाउन यहि क्यारेक्टर फिट होला जस्तो लागेर काम गर्न राजी भएकी हुँ ।

 

गलत गरें भन्ने त लागेको छैन ?
क्यारेक्टरमा भिजेर काम गर्नु गलत हो भने मैले गलत नै गरेकी छु । तर मलाई लाग्दैन कि मैले गलत गरेकी छु । मलाई कुनै पछुतो छैन । मैले जे गरें चपली हाईट भित्रको पात्र भएर गरें ।

 

बिनिता बराल भन्ने बित्तिकै चलचित्रकर्मीले सेक्स गर्लको रूपमा हेरेर त्यस्तै क्यारेक्टरमा खोज्ने त हैनन् ?
हामी नेपालीको साईकोलोजी नै त्यस्तै छ । तर बिनिताले हरेक क्यारेक्टरमा न्याय गर्न सक्छे । बिनिता सेक्स सिनमा मात्र खुलेकी हैन राम्रो अभिनय पनि गरेर देखाउने प्रयास गरेकी छ । त्यसैले यस किसिमको मानसिकता नराख्न अनुरोध पनि गर्छु । आगामी दिनमा म नयाँ क्यारेक्टरमा देखिने छु र मैले गरेको हरेक काम नयाँ हुनेछ ।

 

चलचित्र भित्रका सिनले गर्दा करियरमा धक्का पुग्ने त हैन ?
मलाई त्यो डर छ किनकी हामी नेपालीको सोचाई नै साँघुरो छ । हामीले आफ्नो मानसिकतालाई फराकिलो बनाउन सकेका छैनौं । सेक्स भनेको युनिभर्सल ट्रुथ हो जसलाई हामी चाहेर पनि इग्नोर गर्न सक्दैनौं । भगवान त सेक्स प्रति आकर्षित हुन्छन् भने हामी सेक्सलाई किन न्यारो माईन्डले सोच्ने ? जहाँसम्म चलचित्रको कुरा छ, हामीले सेक्स र रोमान्सलाई ग्रिप गर्न खोजेका मात्र हौं । यसमा नयाँ टेस्ट दिन खोजिएको छ त्यो टेस्टलाई सेक्सले ट्विस्ट बनाई दिएको छ । म अहिलेको युवाहरूको प्रतिनिधि पात्र भएर चलचित्रमा अभिनय गरेकी हुँ । मलाई मेरो परिवारको पूर्ण साथ छ त्यसैले मेरो कामलाई लिएर कसैले करियरसँग जोड्छ भने मेरो भन्नु केहि छैन ।

 

चपली हाईट हेर्न जाँदा कस्तो मुड बनाएर जानु पर्ला ?
यो एउटा सपेन्स थ्रील चलचित्र हो । सेक्स, सुन्दरताको साथमा चलचित्रका गीतसंगीतले दर्शकलाई बाँधेर राख्नेछ । दर्शकलाई मनोरञ्जन दिने ट्विस्टहरू धेरै छन् । दर्शक शुरूमा मज्जाले हाँस्नेछन् भने त्यसपछि तर्सिने छन् र अन्तमा रोएर हलबाट बाहिर निस्कने छन् । त्यसैले मुड जस्तो बनाएर गए पनि हुन्छ । धेरै एक्सपेक्टेशन नराखि फिल्म हेर्न जानुहोला २ घण्टा मज्जाले मनोरञ्जन लिन सक्नुहुनेछ त्यसका लागि म १०० % ग्यारेन्टी दिन्छु ।