मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

`दर्शकको मन दुखाउन्न` : दिलिप रायमाझी

फिल्मीखबर, काठमाडौं, २०७१ माघ १९, सोमवार

‘आदिकवि  भानुभक्त’बाट अभिनय यात्रा थालेका दिलिप रायमाझी ‘दर्पणछायाँ’बाट रातारात स्टार बने । अभिनय र नृत्यमा समान पारंगत दिलिपको उपस्थितिले नेपाली फिल्मले कोल्टे फेर्ने धेरैको अपेक्षा थियो । तर ‘दर्पणछायाँ’ यता खेलेका उनका फिल्मले नत उनको करिअरलाई फाइदा पुग्यो नत फिल्म उद्योगलाई । एक समय तीन सिफ्ट फिल्म खेल्ने दिलिप फिल्मबाट बिस्तारै हराउँदै गए । तर तिनै दिलिप लामो समयपछि ‘लोग्ने मान्छे’ फिल्मबाट नेपाली रजतपटमा आउँदैछन् । यही सन्दर्भमा फिल्मीखबरले दिलिपसँग उनको फिल्म र अबको अभिनय यात्राको बारेमा कुराकानी गरेको थियो । सोही कुराकानीका महत्वपूर्ण अंशहरु :


१. तपाई कस्तो लोग्ने मान्छे ?

नठाटिकन भन्नु पर्दा म केही बर्ष अगाडि जस्तो थिएँ, यो लोग्ने मान्छेको भूमिकासँग ठ्याक्कै मिल्छ । समय परिस्थितीले गर्दा सिक्दै  जाँदा अहिले त्यसबाट बाहिर निस्किएको छु ।

२. भनेपछि बाहिर यूवती डुलाउँदै हिड्नुहुन्थ्यो ?

त्यस्तो पनि नभनी हालौ । तर, यो फिल्मको क्यारेक्टरसँग मिल्न जान्छ । बाहिर आँखा केही डुलाउथ्य भन्नुपर्यो ।

३. यस्तो बानी किन छाड्नु भयो त ?

नवुझ्दा वा अज्ञानी हुँदा यस्तो गल्ती हुँदोरहेछ । तर, वुझेपछि यसलाई छोडियो । अन्धकार ठाउँमा केही पनि थाहा हुँदैन तर जब उज्यालो भएपछि आँखा पनि खुल्दो रहेछ ।

४. अहिले कस्तो बन्नु भयो त ?

बनेको छैन, बन्ने प्रयासमा छु । अर्कै बाटोमा हिडिरहेको थिएँ, अब सुध्रिदैछु ।

५. घर झगडा पनि त पर्यो होला नि ?

पक्कै पनि नराम्रो बाटोमा हिडेपछि घर झगडा परिहाल्छ । यस्तो हुनु स्वभाविक पनि हो ।

६. अब फिल्मको कुरा गरौ, लोग्ने मान्छे भित्र कस्तो भूमिका छ ?

ग्लत कर्मको फल गलत नै हुन्छ भन्ने सन्देश दिएको छ । सुख रोप सुख र दुख रोपे दुख नै फल्छ भन्ने कथा फिल्मको हो । नारी र पुरुष भनेका एक रथका दुई पाग्रा हुन्, एउटा पाग्रा भाचियो भने रथ नै अगाडि बढ्न सक्दैन भन्ने सन्देश फिल्मले दिन्छ ।

७. लोग्ने मान्छे बाट तपाई धेरै आशावादी देखिनुहुन्छ हो ?

पक्कै पनि हो । यसका परिकल्पनाकार उत्तम केसी मलाई दिलिप रायमाझीको आफ्नो मान्छे पछिको सफल फिल्म हुन्छ भन्नुहुन्छ । मैले पनि आशा राखेको छु । यो अलग्गै जनरामा बनेको फिल्म हो । दर्शकले पनि नयाँ स्वाद पाउनुहुन्छ ।

८. तपाइको आफ्नो करिअरमा आएको उतारचढावलाई कसरी हेर्नुहुन्छ ?

मेरो करिअरमा उतारचढाव आयो । नयाँ नयाँ कलाकार आउँदा प्रतिस्पर्धा धेरै भयो । यो दौडमा कोही अगाडि र कोही पछाडि भएका छन् । हाम्रो समयमा प्रतिस्पर्धा नहूँदा खासै ख्याल गरिएन । यसैले केही पछि परेको महुशश मैले गरेको छु । अब म आफूलाई मेन्टेन गर्छु ।

९. अबको यात्रा कसरी अगाडि बढ्छ ?

हिजोको दिनमा मैले भद्रगोल तबरले फिल्म गरे । अब यस्तो हुन दिन्न । अबको दिनमा म भद्रगोल तबरले फिल्म खेलेर दर्शकको मन दुखाउन चाहन्न र मेरो पनि दुखाउन्न । अब आफूलाई मेन्टेन गरेर राम्रा फिल्म खेल्छु । राम्रो फिल्म आएन भने बरु काम नै गर्दिन ।