मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

हरेक वर्गका दर्शकले हेर्ने चलचित्र हो काठमाण्डु : आकाश अधिकारी (निर्देशक/नायक)

शान्ति प्रिय, , २०६८ माघ १९, बिहिवार

आजभोली के गर्दै हुनुहुन्छ ?
मैले बनाएको चलचित्र काठमाण्डु यही २० गतेदेखि काठमाडौं उपत्यकामा लाग्दैछ भने त्यसपछिका हप्ताहरुमा उपत्यका बाहिरका विभिन्न सहरमा प्रदर्शन हुँदैछ । यस हिसाबले चलचित्र काठमाण्डुको पब्लिसिटीका लागि म लागि परेको छु । यहाँ चलचित्र बनाउन जति गाह्रो छ त्यो भन्दा धेरै गाह्रो चलाउन छ । व्यापारिक रुपमा असफल भइरहेको अवस्थामा नेपाली चलचित्र उद्योगले चलचित्र जुध्ने समस्या दिनानु दिन बढ्दो रुपमा पाएको छ । यसैले हलको तानातान जस्ता कारणहरुले चलचित्र चलाउन सहज छैन र पनि म प्रभावकारी किसिमले कसरी काठमाण्डुलाई रिलिज गर्न सकिन्छ भनेर लागिरहेको छु ।


उपयत्का भित्रबाहिर एकै पटक लाग्ने भनिएको थियो तर उपत्यका बाहिर किन लागेन ?
म क्यूमा बसेर आएको हुँ । क्यूमा बस्दा पहिले डेट तोक्न सकिँदैन । चलचित्र कसरी लाग्छ र कुन डेटमा आफ्नो चलचित्र पर्छ थाहा हुँदैन । यसैले मैले पहिले नै हल बुक गर्न सक्ने अवस्था भएन । अरु साथीभाइको चलचित्रहरुले उपत्यका बाहिर हल बुक गरिसक्नु भएको थियो जसका कारण मैले उपत्यका बाहिर एकैसाथ लगाउन सकिन । तर पनि आगामी हप्तादेखि विभिन्न ठाउँमा क्रमशः लाग्दै जानेछ । मैले पब्लिसिटीका हिसाबले चलचित्रलाई धेरै मेहनत गरेको छु । दर्शकहरुले थाहा पाइसक्नु भएको छ । पक्कै पनि प्रदर्शनको पालोमा केही हेरफेर भए पनि मेरो चलचित्र दर्शकहरुले हेरिदिनुहुनेछ ।


काठमाण्डुको मुख्य विषयवस्तु के हो ?
खासगरी यो चलचित्र भित्र वर्तमान सामाजिक संरचना भनौं वा पुस्तान्तरमा हुने समस्या केन्द्रीत गरिएको छ । एउटा पुस्ता र अर्को पुस्ताबीच जसरी खाडल बन्दै गएको छ त्यसको जड के हो  र त्यस किसिमको खाडलले नकारात्मक कस्तो असर पारिरहेको छ र पुस्ता अन्तरबीचको दूरी घटाउन के गर्दा हुन्छ भन्ने जस्ता कुरा यो चलचित्रमा छ । ड्रक्सको कुलतदेखि लिएर सामाजिक कुलतका कुराहरु यसमा समावेश गरिएका छन् । साथसाथै चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सबटाइटलका माध्यमले राष्ट्रिय विभूती एवं राष्ट्रियताका कुरा यसमा राखेर विदेशी दर्शकका लागि हाम्रा कुराहरुको बारेमा जानकारी दिने प्रयास पनि गरिएको छ । जसअनुरुप सगरमाथा, बुद्ध जस्ता प्राकृतिक छटादेखि लिएर प्रतिभासम्मका कुरालाई यो नेपालको हो र यी नेपाली हुन् भन्ने कुरा चलचित्रमा राखेर सबटाइटलका माध्यमले अन्तर्राष्ट्रिय दर्शकलाई जानकारी गराइएको छ ।


अहिले चलचित्रहरु त्यति चलिरहेका छैनन्, के हामीले राम्रा चलचित्र बनाउन नसकेकै हौं त ?
यसो भनेर भनिहाल्न पनि मिल्दैन । नभन्नु पर्ने ठाउँ पनि छैन । हामीले चलचित्र बनाउँदा लक्षित वर्ग समात्न सकेका छैनौं । सबै दर्शक समेट्न खोज्दा चलचित्रहरु उँट भइरहेका छन् । वास्तवमा चलचित्रको लक्षित वर्ग हुनुपर्छ । एकै किसिमको चलचित्र सबै दर्शकलाई मन पर्दैन । अहिलेको हिसाबमा भन्नुहुन्छ भने पनि लुटले केही व्यापारिक सफलता लियो त्यसको मुख्य कारण लक्षित दर्शक वर्ग नै हो । हाम्रा दर्शक कम छन् भनेर हामीले सबै दर्शकलाई समेट्ने गरेर चलचित्र बनाउन पट्टि लाग्यौं र चलचित्रहरु न यताको न उताको भए । थोरै दर्शक छन् भन्दैमा दर्शक वर्गीकरण नगर्ने हो भने भोलीको अवस्था झन् नाजुक हुन्छ । अब लुटकै हिसाबमा भन्दा त्यसका दर्शक फरक दर्शक हुन् । जसलाई लक्षित गर्दा पनि आखिर चलचित्र सफल भयो त ! अब कुनै चलचित्र भने सबै दर्शकका लागि पनि हुन सक्छन् । जस्तै काठमाण्डुलाई हेर्नुस् यो एउटा चलचित्र सबै दर्शकलाई लक्षित छ । आशा गरौं यसले पक्कै व्यापारिक सफलता लिनेछ ।


दर्शकहरुसँग कत्तिको आशावादी हुनुहुन्छ ?
म एउटा नियमित चलचित्रकर्मी हुँ । मैले चलचित्र निर्माण मात्रैलाई प्राथमिकता नदिएर अभिनय निर्देशनमा पनि लागेको छु नै त्यहीँमाथि प्रविधिका माध्यमले पनि चलचित्रलाई राम्रो बनाउन सकिन्छ भनेर सम्पूर्ण चलचित्र उद्योगका लागि काम गरिरहेको छु । नेपालमा रेड क्यामेरा भित्र्याएर सो क्यामेराले पहिलोपटक चलचित्र खिच्ने पनि मै भएको छु । र, सो क्यामेराले खिचेको काठमाण्डु दर्शकहरुका लागि उत्कृष्ट प्राविधिक चलचित्र बनाएर दिदैछु । मेकरको दिमागलाई अझै सिर्जनशील बनाउन प्रविधिले पनि साथ दिन्छ । अथवा मान्छेले जे सोच्छ प्रविधिका माध्यमले त्यसको प्रस्तुतिकरण सशक्त बनाउन सकिन्छ । यसैको उदाहरण हो रेड स्टुडियो र चलचित्र काठमाण्डु । आजभोली त धेरै चलचित्रकर्मीहरुले हाम्रो क्यामेरलाई पछ्याइसक्नु भएको छ । तर क्यामेराको प्रयोगले मात्रै वा प्रविधिको प्रयोगले मात्रै चलचित्र पूर्ण हुने होइन । त्यसलाई पूर्ण बनाउने त मान्छेको सिर्जना हो । प्रविधि प्रयोग गरिसकेपछि त्यसको प्रयोगमा केही परिवर्तन गराउन सक्नुपर्छ ।


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आशा छ दर्शकहरुबाट चलचित्रलाई मन पराइदिनु हुनेछ र आगामी दिनमा मलाई अझै हौसला प्रदान गरिदिनु हुनेछ भन्नेमा विश्वस्त छु । चलचित्र मनोरञ्जक छ र यसमा सामाजिक सन्देश पनि छ । भारतीय गायक सुखविन्दरले समेत यसमा गाउनुका साथै अभिनय समेत गर्नुभएको छ । प्रतिभाशाली व्यक्तित्व संयुक्त राणाले पहिलो पटक यो चलचित्र मार्फत आफूलाई रजतपटमा ल्याउनुभएको छ । यस्ता धेरै विषय छन् जसले गर्दा चलचित्र काठमाण्डु हेर्न लायक बनेको छ र आशा छ तपाईंहरुले हेर्नु हुनेछ ।