मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

अकेशाको आँखा र ओठमा लठ्ठ सौरम

सुमन गैरे, काठमाण्डौ, २०७१ पौष १, मंगलवार
पौष १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'जिन्दगी रक्स'बाट मोडलद्धय अकेशा बिष्ट र सौरमराज तुलाधरले नेपाली फिल्ममा आफ्नो पाईला चालेका छन् । पर्दामा दर्शकलाई रमाईलो गराउन आउँदै गरेका यि दुई पात्रसँग एकसाथ फिल्मीखबरले कुराकानी गरेको छ ।
 
पहिलो फिल्म रिलिज हुँदैछ । कस्तो अनुभव हुँदैछ ? 
 
अकेशा र सौरम : जति डर छ त्यति नै उत्साह पनि छ । दर्शकबाट राम्रो प्रतिकृया आउनेछ भन्नेमा विश्वस्त पनि छौं ।
 
दर्शक हलसम्म आउन `कन्भिन्स` छन् जस्तो लाग्छ ? 
 
अकेशा : सिमित दर्शकको लागि म आँफैं नै फिल्मको कन्भिन्सिङ पात्र हुँँ । मेरो फ्यानहरू पक्कै कम्भिन्स हुनुहुनेछ । बाँकी दर्शक हामीले रिलिज गरेको प्रोमो तथा गीतबाट कन्भिन्स हुनुहुन्छ भन्ने विश्वास छ । 
 
तपाईंको जवाफमा घमन्ड देखिएन र ?
 
अकेशा : यो घमन्ड हैन, कन्फिडेन्ट हो । मैले आफ्ना शुभचिन्तकबाट पाएको प्रतिकृया नै राखेकी हुँँ । 
 
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने 'कल कान्तिपुर'की भिजे अकेशालाई लाग्छ, उनको क्रेज राम्रो छ । मेकरले पनि उनको क्रेजमा विश्वास गरेका छन् । निर्देशक निकेश खड्का र अभिनेता तथा अकेशाको प्यारो साथी सौरमको पनि बुझाई छ, अकेशा नै फिल्म चल्ने आधार हुन् । निर्देशक खड्का भन्छन्, 'कन्टेन्ट, संगीत र अकेशा फिल्मको मेरूदण्ड हुन् ।' अकेशा पनि यो कुरालाई स्विकार्छिन् । आफ्ना शुभचिन्तकबाट उनलाई ठुलो आश छ ।   
 
तपाईंको शुभचिन्तकले धोका दिए भने ?
 
अकेशा : मलाई विश्वास छ, म आफ्ना शुभचिन्तकबाट धोका खान्न । किनकी, उहाँहरूलाई निराश बनाउने गरी काम गरेकी छैन । मेरो कामबाट उहाँहरू पक्कै खुसी हुनु हुनेछ । 
 
 
फिल्म गर्दिन भनेर बसेकी अकेशाले 'जिन्दगी रक्स' किन र कसरी गरिन् त ? कुन मोहले अकेशलाई फिल्ममा आकर्षित गर्‍यो ? 
 
अकेशा : मेरो काम देखेर निकेशजीले अफर गर्नुभयो । मैले गर्दिन भन्दा पनि उहाँ मलाई कन्भिन्स गर्न छोड्नु भएन । अन्तत: कथा सुनेर मात्रा गर्ने निर्णय लिएँ । जब मैले 'वान लाईन स्टोरी' सुने, गर्दिन भनें । अकेशासँगै बसेका सौरमले साथ दिए । उनले भने, 'मैले संवाद सहितको पूर्ण कथा सुनाएर कन्भिन्स गरें ।' अकेशाले पनि स्विकारिन्, 'हो, सौरमले कथा सुनाएपछि म कन्भिन्स भएँ । कथा साँच्चिकै राम्रो रहेछ । त्यसैमाथि सौरमको 'इम्प्रेसिभ' कथा भन्ने शैली ।'
 
सौरम र अकेशाको प्रेम झल्कियो ।  एकले अर्कालाई हेराहेर गरे। दुबै मुस्कुराए । 
 
चर्चा छ, अकेशा र सौरम प्रेममा चुर्लुम्म डुबेका छन् । 'जिन्दगी रक्स' नै यि दुईको प्रेम जोड्ने पुल बन्यो । 'आधा रात' बोलको म्युजिक भिडियोमा एकसाथ काम गरेपछी नजिकिएका सौरम र अकेशा यहि फिल्मको सुटिङका दौरानमा नजिकिएका हुन् । यो जोडीले भने आफूहरू मिल्ने साथी मात्र भन्दै आएको छ । ओठले झुट बोलेपनि अकेशा र सौरमको आँखामा भने लुकाएको प्रेम प्रस्ट देखियो । 
 
 
प्रसंग बदलियो । 
 
अकेशाले सौरमका राम्रा पक्षका बारेमा बोल्न थालिन् । 'उसको 'स्टोरी टेलिङ' शैलीले मलाई प्रभावित बनायो । सौरमकै जोडी बनेर दर्शकमाझ देखिन लागेकी अकेशाले सौरमको बारेमा भनिन्, 'केयरिङ्ग गर्ने अनि हेल्पफूल उसको सबैभन्दा राम्रो पक्ष हो । त्यस्तै ऊ काममा 'डेडिकेटेड छ । कुनै कुरामा कम्प्रमाईज गर्दैन ।'
 
नराम्रो बानी पनि देखेकी छिन् । 'रिसाउने बानि र समयको ख्याल नगर्ने उसको नराम्रो बानि हो ।' 
 
'पङ्चुअल' हुन नजानेका सौरमले अकेशालाई धेरै पटक कुराएका छन् । अकेशा पनि रिसाउँछिन् जब सौरम भनेको समयमा आईपुग्दैनन् । सौरमलाई फकाउन सजिलो छ । 'म:म खुवाएपछी उसको रिस मरिहाल्छ ।' यति भन्दै गर्दा म:म प्रेमी अकेशा मुस्कुराईन् । 
 
सौरमलाई अकेशा मेहनती लाग्छिन् । 'काममा 'सिरियस' छिन्', उनको जिद्धी स्वाभाव सौरमलाई मन पर्दैन । भन्छन्, 'ऊ एकदम जिद्धी छ । भनेको कुरा चाहिन्छ चाहिन्छ ।' अकेशाले गाजलु आँखा सौरमतिर झुकाईन् । त्यही गाजलु आँखा सौरमलाई सबैभन्दा मन पर्ने अंग हो । उनको ओठबाट पनि सौरम मोहित छन् । 
 
एकअर्काको बर्णन गर्दा गर्दै यि दुईको निकटता मज्जैले झल्कियो । आडैमा रहेका निर्देशक निकेश खड्का मुस्कुराई रहे, यि दुईको मित्रता देखेर । फिल्ममा केमेष्ट्री राम्रै जमेको होला । अकेशाले भनिन्, 'फिल्मको टिमले 'नेचुलर केमेष्ट्री' देखियो भनेर जिस्काउँदा जिस्काउँदै यस्तो हल्ला आयो ।' सौरमले थपे, 'वि आर क्लोज्ड । बजारमा चलेको हल्ला चाँहीं हल्लाईएको हो ।'  
 
 
पुन: फिल्मकै प्रसङमा ।
 
'जिन्दगी रक्स' कस्तो फिल्म हो ? 
 
सौरम : चार जना पात्रले जिन्दगीलाई रक्स बनाउन खोज्दाको यात्राालाई कमेडी रूपमा प्रस्तुत गरिएको एउटा मसलेदार कमर्शियल फिल्म हो, 'जिन्दगी रक्स' । फिल्मका चार पात्र घुम्न जाने क्रममा आएका उतारचढावलाई निर्देशकले रोमान्टिक रूपमा प्रस्तुत गर्नु भएको छ । दर्शकलाई एकछिन पनि निराश नबनाउने फिल्म हो यो ।  
 
सौरमलाई पनि फिल्ममा आउने मन थिएन । कथा र टिम मनपरेकाले फिल्ममा देखिए ।
 
फिल्ममा आउनु रहर हो या करियर ?
 
पारिवारिक माहोल नै फिल्मी रहेको बताउने सौरमले रहरले अभिनय गरेको बताए । 'षडङ्ग' फिल्ममा समेत अभिनय गरेका सौरमले भोलिका दिनमा चित्त बुझ्दो स्क्रिप्ट आए पर्दामा देखिन कन्जुस्याईं नगर्ने भनाई राखे ।
 
यता अकेशाले भने 'जिन्दगी रक्स'को प्रतिकृयाले आफ्नो फिल्मी करियर निर्धारणा हुने सुनाईन् ।  'फिल्म चल्यो भने फेरि ठूलो पर्दामा देखिनेछु नत्र सानो पर्दामा नै रमाउने छु', अकेशाले आफ्नो कुरा राखिन् ।