मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मिस यू` प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी

फिल्मीखबर, , २०६८ पौष २५, सोमवार

नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: दर्पणछायाँको छाप दर्शकलाई छोड्ने शुरमा छन् । कारण उनले निर्माण गरेको ड्रिम प्रोजेक्ट चलचित्र 'मिस यू' रिलिजको क्रममा छ । प्रस्तुत छ यिनै नायकसँगको 'मिस यू' कुराकानी -

मिस यूले कत्तिको व्यस्त बनाएको छ ?
म आफैं निर्माता भएकाले रिलिजको दौडधुपमा नै व्यस्त छु ।

रिलिजका लागि भ्यालेनटाईन विक अर्थात फाल्गुन ५ नै किन रोज्नु भयो ?
वास्तवमा भन्दा 'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो । चलचित्रमा नायिका नम्रता श्रेष्ठको डाईलग नै छ, 'कसैले भनेका छन् सच्चा साथीमा भगवानको रूप हुन्छ रे ! त्यसैले साथीलाई मनमा हैन मन्दिरमा राख्नु पर्छ ।' प्रेमको अर्थ दिने चलचित्र भएकाले पनि हामीले रिलिजका लागि भ्यालेनटाईन विक रोजेका हौं । अझ चलचित्रको प्रिमियर त भ्यालेनटाईन डे कै दिन गर्दछौं ।

केहि दिन अगाडी चलचित्रको गीत तथा पोस्टर सार्वजनिक गरिएको थियो । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मैले सोचेको पनि थिईन कि यति राम्रो प्रतिक्रिया पाउँछु भनेर । अहिलेसम्म हामीले जे जति कुरा सार्वजनिक गर्‍यौं ति सबैलाई दर्शक तथा शुभचिन्तकहरूले एकदमै रूचाईदिनु भएको छ । तपाईंले नै देख्नु भएको छ यहि फिल्मीखबरले रिलिज गरेको गीतलाई ५ दिनमा ५ हजार भन्दा बढि दर्शकले हेरि सक्नुसक्नु भएको छ । हामी एकदमै एक्साईटेड भएका छौं ।

मिस यूलाई त दर्पणछायाँको प्रतिबिम्बको रूपमा पनि हेरिएको छ भनिन्छ । तपाईंलाई के लाग्छ ?
कथा र पात्रको हिसाबले भन्न मिल्छ तर मेकिङ र प्रस्तुतीका हिसाबले मिस यू धेरै अगाडी छ । तर पनि दर्पणछायाँले जुन प्रभाव दर्शकमाझ छोडेको थियो र दिलिप रायमाझीलाई चिनाएको थियो यो चलचित्रले पनि एउटा अर्को इतिहास रच्ने छ र दिलिप रायमाझी मात्र हैन चलचित्र उधोगले नै गर्वको अनुभुति गर्नेछ भन्नेमा म बिश्वस्त छु ।'

मिस यूको सबैभन्दा सबल पक्ष के होला ?
हामीले मेकिङमा कुनै पनि कम्प्रमाईज गरेका छैनौं । त्यसैले मलाई लाग्छ चलचित्रको हरेक पक्ष सबल छ ।

मिस यूले धेरैको भविष्य बोकेको छ भनेर पनि हेर्ने गरिएको छ नि !
यो कुरा एकदमै सत्य हो । पहिलो कुरा त मेरो लागी यो ड्रिम प्रोजेक्ट नै हो । दोस्रो कुरा नायिका नम्रता श्रेष्ठलाई लामो समयपछि कम व्याक गराईंदै छ । र, तेस्रो कुरा निर्देशक सुरेशदर्पण पोखरेलको पनि यो ड्रिम प्रोजेक्ट नै हो । किनकी उहाँको निर्देशन क्षमता यस चलचित्रले देखाउने छ ।

अर्को चलचित्र निर्माणका बारेमा के सोच्नु भएको छ ?
मिस यू हिट भएपछि अर्को चलचित्र पक्कै बनाउने छु । तर अहिले म मिस यू कै बारेमा सोच्ने छु । किनकी यसमा मेरो जीवनभरको परिश्रम खनिएको छ । आगामी दिनमा दर्शकलाई निराश पार्ने भने छैन । किनकी यो नै मेरो कर्मथलो हो ।

 

Hamro sambandha-MISS U(Premiere)