मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.36/5.00)
Text size:-
+
-

रेखासँग काम गर्न सजिलो लाग्छ : जीवन लुईटेल (नायक)

सन्जोग बस्याल, , २०६८ मंसिर १७, शनिवार

'नाइ नभन्नु ल' नामक चलचित्रबाट एकाएक चर्चामा आएका नायक जीवन लुईटेल व्यस्त नायकको सुचिमा पर्छन् । व्यस्त मात्र हैन 'नाइ नभन्नु ल...', 'सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला...' जस्ता गीतले उनलाई चर्चाको शिखरमा पनि पुर्‍यायो । मिस्टर नेपाल हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका यिनै ह्याण्डसम नायकसँग सञ्जोग बस्यालले गरेको कुराकानीको सम्पादित अंश -
 


तपाई त अहिलेको सबैभन्दा महँगो कलाकार हो भन्छन् नि ?
मैले मेरो काम गरेको हिसाबले पारिश्रमिक लिने गरेको छु । चलचित्र ब्ल्याकमेलबाट मैले मेरो पारिश्रमिक पाँच लाख रुपैँया लिएको छु । मेरो लेभलमा मैले लिएको पारिश्रमिक ठिकै हो । अरुले कति लिन्छन् र कस्तो काम गर्छन् भन्ने कुरा मलाई थाहा भएन ।

अहिलेको ब्यस्त नायक कतिवटा चलचित्र गर्दै हुनुहुन्छ ?

अहिले म ब्ल्याकमेल चलचित्रमा ब्यस्त छु । ब्ल्याकमेल पछि पनि तीन वटा चलचित्रको लागी मैले साईन गरिसकेको छु र बाँकि चलचित्रको लागी पनि कुराकानी भैरहेको छ । शायद अर्को वर्ष सम्म ब्यस्त नै हुन्छु होला ।

नेपाली चलचित्रमा काम अनुसार पैसा पाईदैन भनिन्छ । तपाई पारिश्रमिकबाट सन्तुष्ट हुनुहुन्छ ?

अहिले त म सन्तुष्ट छु । तर यो भन्दा अगाडी म त्यति सन्तुष्ट थिईन । एउटा कलाकार भएपछि सामान्य जीवनमा पनि दर्शकहरुले त्यस्तै खाले अपेक्षा गरेका हुन्छन् । कलाकारले आफ्नो स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्ने हुन्छ र त्यसका लागी पैसा नै चाहिन्छ । त्यसकारण कलाकारलाई गार्‍हो हुन्छ । अहिले मैले लिएको पारिश्रमिकबाट चाहिं म सन्तुष्ट नै छु ।

तपाईँहरुको पैसा बढ्दैछ तर नेपाली फिल्म दिनानुदिन डुब्दैछ नि ?

तपाईले भनेको कुरा एकदम सहि हो । नेपाली चलचित्र पछिल्लो समयमा राम्रो चल्ने छोडेको पक्कै हो । तर यसको मतलब यो होईन कि चलचित्रको ब्यापार भएन भनेर कलाकारले कम पारिश्रमिक लिनुपर्छ । चलचित्र नचले पनि देशमा महँगी त बढेकै छ नि ! अनि बाँच्नकै लागी हामीले सँघर्ष गरेको हो । चलचित्रको ब्यापार उकास्नका लागी विकास बोर्ड, निर्माताहरुले  पनि चिन्तन गर्नु आवश्यक छ । एउटा कलाकारको दोषले मात्रै चलचित्र नचल्ने भन्ने कुरा आउँदैन ।

तपाई एउटा कलाकार भएको हैसियतले नेपाली चलचित्रहरु नचल्नुको कारण के लाग्छ ?

दुई चार वर्ष अगाडी म आफैले गरेको चलचित्रहरु निकै चलेको थियो । ‘नाइ नभन्नु ल’  निकै चल्यो भने यहि वर्ष पनि ‘अन्दाज’ चलचित्रले बजार तताएकै हो ।  फिल्म चल्न राम्रो बन्नु आवश्यक छ ।

चलचित्र नचल्नुको दोष कसलाई दिनुहुन्छ ?
दोष कसैलाई पनि दिन मिल्दैन । दोष समयको हुन सक्छ, दोष नेपाली बजारको हुनसक्छ, हाम्रो देशको अस्थित राजनीति पनि हुनसक्छ । यसका लागी चलचित्र उधोगका विकासका लागी लागि परेका विभिन्न खाले संघसंस्थाहरु छन् । सबै एकैठाउँमा बसेर नेपाली दर्शकले चाहेको कुरा के हो भनेर बृहत अध्ययन गर्नुपर्ने हुन्छ । आखिर दोष कसको हो ? भन्ने कुरा पत्ता लगाई त्यसलाई सुधारेर चलचित्र निर्माण तर्फ लाग्नुपर्छ ।

तपाईलाई चिनाएको चलचित्र कुन ?
अवश्य नै मलाई माथि ल्याउने चलचित्र ‘नाई नभन्नु ल’ नै हो । देशविदेशमा यो चलचित्रको बारेमा चर्चा परिचर्चा हुने गरेको छ । विदेशमा समेत त्यो चलचित्र चल्यो र चर्चा कमायो । गीतहरु त्यस्तै हिट पनि भए, जसकारण जीवन लुईटेलको सम्बन्ध र चर्चा एकाएक माथि आएको हो । र पछिल्लो समयमा अन्दाज चलचित्रले पनि चर्चा निकै बढायो ।

अन्दाजको ‘सिम्पल सिम्पल..’ मा अरु चलचित्रमा भन्दा राम्रो नाच्नुभएको हो ?
खासै भन्ने हो भने म राम्रो डान्स गर्ने कलाकार होईन । तर मेरो क्षमतालाई बुझेर करियोग्राफरहरुले सिकाए अनुरुप मैले त्यो गर्न सक्छु । सिम्पल सिम्पल गीतमा मेरो स्टाईलिङ केहि फरक भएको हो । कोरियोग्राफरले पनि मेरो स्टाईल मन पराउनुभयो, साथसाथै दर्शकहरुले पनि अत्याधिक मन पराईदिनुभयो । म निकै खुशि छु ।

अब ब्यक्तिगत जीवन लुईटेल तर्फ लागौँ ।
बिहे भएको कति भयो ?

लगभग ६ वर्ष पुग्यो ।

बच्चाबच्ची कहिले पाउने ?
हतार छैन । बच्चा पाउने समय एक दिन पक्कै आउँछ ।

यत्रो बर्षसम्म छोरोछोरी नजन्माउनको कारण ?
म फिल्म लाईनमा संघर्ष गरिरहेको छु । मेरो मिसेस पढ्नको लागी अष्ट्रेलियामा छिन् । (हाँस्दै) फेरी ३० बर्षै नपुग्दै कहाँ बच्चाबच्चीको बाउ बन्नु ।

श्रीमती अष्ट्रेलियामा अनि तपाई नेपालमा, याद कत्तिको आउँछ ?

मिसेसलाई भेट्नका लागी वर्षको दुई चोटी अष्ट्रेलिया पुगेको हुन्छु । दिनहुँ जस्तो स्काईपमा कुराकानी हुन्छ । अहिले त बानी परिसक्यो त्यति न्यास्रो लाग्दैन । सफलतको लागी कहिलेकाहि सानोतिनो स्याक्रिफाईस त गर्नै पर्‍यो नि !

 

मिडियामा तपाईसंगै कसैको नाम जोडेर चर्चा पनि चलेकै हुन्छ । श्रीमती जी कराउनु हुन्न ?
(हाँस्दै)..... त्यस्तो त अहिलसम्म भा'को छैन । सबै कुरा बुझाईमा भर पर्ने हो । उनैको व्याक सपोर्टले गर्दा आज म हाँसेर हिँड्न पाएको छु । मिडियामा आउने कुराले उनलाई फरक पार्दैन । किनभने विवाह अगाडी नै हामी एकअर्का संग नजिक थियौँ र बुझेका छौँ । मेरो बारेमा  उनलाई सबै थाहा छ र मलाई उनको बारेमा । त्यसैकारणले तपाईले भने जस्तो नाम जोडिएकै भरमा कराउने भन्ने चाँहि अहिलेसम्म भा’को छैन ।

अहिलेसम्म कतिजना हिरोईनहरुसंग काम गर्नुभयो ?
यति नै भन्ने त गन्ती  गरेको छैन । तर निरुता सिंह देखि लिएर रेखा थापा र पछिल्लो समयमा श्वेता भट्टराई सम्मका नायिकाहरुसंग मैले काम गरेँ ।

कुन नायिका
सँग काम गर्न सजिलो लाग्छ  ?
रेखा थापासँग काम गर्न सहज हुन्छ ।

कुन नायिकासँग फेरी काम गर्न मन छ ?
रेखा थापासँग नै ।

रेखा थापा क्याम्पको हिरो भएर हो ?
त्यस्तो होईन । अन्दाजमा मैले उहाँसँग काम गरेँ । त्यसपछि उहाँको होम प्रोडक्सनको चलचित्रहरुमा म परिन । रेखा थापासँग काम गर्न सजिलो हुनुको कारण उहाँ मेरो पहिल्यै देखिको साथी हो । त्यसैकारणले उहाँसँग एक किसिमको निकटता छ । जसले गर्दा उहाँसँग काम गर्न मलाई सजिलो लाग्ने हो ।

काम नगरेको कुन हिरोईनसँग काम गर्न चाहनुहुन्छ ?
मनिषा कोईराला ।

विहेभन्दा अगाडी अरु कसैसंग  प्रेम थियो कि ?
विशेषगरि स्कुल र कलेज लाईफमा प्रेम प्रस्तावहरु ज्यादा नै आउने गर्दथे । कहिलेकाहि आफु पनि कसैमाथि आकर्षित नभएको पक्कै होईन । अहिले ती सम्झनाहरु हराउँदै गएका छन् । ती माया थिए अथवा आकर्षण म केहि भन्न सक्दिन । कोहि एउटा भनेर याद गर्नै सक्दिन किनभने स्कुल, कलेज पढ्दा लभलेटरले मेरो झोला नै भरिन्थ्यो । तर मैले कसैलाई मतलव गरिन ।

तपाई एउटा कलाकार नभएको भए अहिले के गर्दै हुनुहुन्थ्यो होला ?
अब के भन्ने खै । जे पनि हुन सक्थेँ । पहिला साईन्सको बिधार्थी डाक्टर बन्ने पनि कुरा चलेकै हो । पछि साईन्स छोडेर म्यानेजमेन्टमा हाम फाले । गर्दागर्दै कला क्षेत्रले मलाई तान्यो र म अहिले यो अवस्थामा छु । राजदुत भएर कुटनीटिक क्षेत्रमा बसेर काम गर्थे होला शायद यो क्षेत्रमा नआएको भए । त्यो बाहेक साहित्यमा पनि मेरा निकै रुची छ, स्कुल कलेजमा कविता लेखेरै मैले धेरै पुरस्कारहरु पाएको छु कतै कवि पो बन्थे कि !