मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

सेक्सको बारेमा बुझ्न पाईन : मौसमी मल्ल

फिल्मीखबर, काठमाण्डौ, २०६६ ज्येष्ठ २४, आईतवार

1. फिल्मी जिवनको सुरुवात कहिले बाट भयो ?
- १५ वर्षको उमेरमा 'कान्छि' नामक चलचित्रबाट बालकलाकारको भुमिका मार्फत ।

2. अहिले सम्म कतिओटा चलचित्रमा अभिनय गर्नुभयो ?
- गिरफ्तार समेत गरेर ५४ ओटामा ।

3. आफ्ना पाच ओटा सफल चलचित्रको नाम लिनुपर्दा ?
- कान्छिलाई त म विर्सन सक्दिन । जुन आफैमा सुपरहिट थियो। त्यो बाहेक भाग्यरेखा, तिलहरी, झुमा, देउकी पनि निकै सफल भएका चलचित्र हुन् ।

4. आफ्नो पछिल्लो चलचित्र गिरफ्तारको बारेमा के भन्नुहुन्छ ?
- निकै नै सफल रहयो । जसको कथाबस्तु आफैमा राम्रो थियो। यस्तो सिनेमा नेपाली चलचित्र वजारमा अहिलेसम्म बनेको थिएन ।

5. गिरफ्तारमा मौसमीको अभिनयले दर्शकलाई गिरफ्तार गरेकै हो त ?
-  ११ वर्षको विश्राम पछि म पुन: आए, जुन आफैमा ठुलो सफलता थियो ।

6. अहिलेको चलचित्र वजारमा सबैभन्दा हिट नायिका कसलाई मान्नुहुन्छ ?
- फिल्म चलेको र अवार्ड पाएको हिसावले रेखा थापा र झरना थापा ।

7. मनपर्ने नायक नि ?
-  राजेश हमाल ।

8. व्यस्तताको जीवनबाट मिलेको फुर्सदको समयमा के गर्नुहुन्छ ?
- घरमा मेरो मुवा र दुई छोराहरुसंग बसेर रमाईलो गर्छु । मलाई पार्टी, रेष्टुरेन्ट जाने  रहर छैन, त्यसैले फुर्सदको समय घरमै बित्छ ।

9. कुन कामबाट बढी मनोरञ्जन लिनुहुन्छ ?
- मलाई घरमै बसेर मिठा-मिठा परिकार बनाएर खादा र खुवाउदैमा निकै रमाईलो लाग्छ ।

10. सेक्सलाई कसरी लिनुभएको छ ?
- यो प्राकृतिक प्रकृया हो । मेरो बालविवाह भएकाले सेक्सको बारेमा खासै बुझ्न र सुन्न पाईन । तर यति ठोकुवाका साथ भन्न सक्छु विना शारिरिक सम्पर्क पनि बाच्न सकिन्छ । तर यसबारेमा कुण्ठित भएर वस्नुभन्दा ओपन र सुरक्षित हुनु आवाश्यक छ ।