मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 349 - 354 of 21235
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १०, बिहिवार

बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता तथा अभिनेता ज्याकी भगनानीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । बुधबार साउथ गोवास्थित आईटीसी ग्राण्ड होटलमा उनीहरुको विवाह भएको हो । रकुल र ज्याकीले विवाहका केही तस्वीरहरु आ-आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै सधैंका लागि एकअर्काको हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १०, बिहिवार

नाटकबाट फिल्ममा आएका कलाकारहरुले ‘लाउड’ अभिनय गर्छन् भन्ने भाष्य निर्माण भएको छ । केही हदसम्म यसमा सत्यता छ । अभिनेता सौगात मल्लकै कुरा गर्ने हो भने प्रायः फिल्ममा उनी ‘लाउड’ नै सुनिन्छन् । यसैले उनको अक्सर आलोचना हुने गर्छ । पछिल्लो फिल्म ‘हात्तीछाप’मा पनि उनको ‘लाउड’ अभिनय थियो । यसलाई उनी फिल्मको कथा र निर्देशकको कमजोरी मान्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १०, बिहिवार

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ले सार्वजनिक प्रदर्शनभन्दा अगावै एउटा गर्विलो इतिहास रचिसकेको छ । यस वर्षको भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो । त्यसबेला ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत फिल्मलाई शुभकामना दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ९, बुधवार

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाईको ट्रेलर रङ्गेली सहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित छ । सत्ता, शक्ति र डरको माध्यमबाट कथा भनिएको ट्रेलरमा तराईं क्षेत्रमा घटेका विविध घटना र आयामलाई पनि दृश्यमार्फत् देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ९, बुधवार

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगरको एकपटक फेरि फिल्ममा जोडी बाँधिने भएको छ । नयाँ फिल्म ‘रुमानी रंग’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । बिहीबार फिल्मको निर्माण घोषणा गरिँदैछ । ‘इन्टु मिन्टु लण्डनमा’पछि केही मेकरहरुले यो जोडीलाई दोहोर्‍याउन खोजेको भए पनि सम्भव हुन सकेको थिएन । अब दोस्रोपटक उनीहरु एकसाथ देखिँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ९, बुधवार
Results : 349 - 354 of 21235