मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 343 - 348 of 21235
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ११, शुक्रवार

फिल्मको कथा दुई प्रकारको हुन्छ, यथार्थ र काल्पनिक । प्रायः नेपाली फिल्म काल्पनिक कथामै बन्ने गरेका छन् । यही फागुन १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अगस्त्य’को कथा भने निर्देशक सौरभ चौधरी आफैंले देखेको दुई यथार्थ घटनाबाट जन्मिएको हो । फिल्ममा अभिनेता सौगात मल्लले निर्वाह गरेको मानसिक सन्तुलन गुमेको चरित्र पनि वास्तविक व्यक्तिबाटै उठाइएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ११, शुक्रवार

गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । बिहीबार साँझसम्म बुकिङ कमजोर देखिए पनि शुक्रबार दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । विशेषगरी समुदायगत दर्शकहरुको उपस्थिति बाक्लो देखिन्छ । शुक्रबार दिउँसो फिल्म हेर्नका लागि ललितपुरको सडकमा र्‍याली नै निकालिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ११, शुक्रवार

‘ऐंचो पैंचो’ निर्देशक कृषा चौलागाईले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरेकी छन् । शुक्रबार बिहान नवलपरासीको त्रिवेणी धाम (मन्दिर)मा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । नवलपरासीसहित बुटवल र नेपालगञ्जमा पहिलो चरणअन्तर्गत १५ दिनको छायांकन हुनेछ । फिल्मको दोस्रो चरणको छायांकन भने आगामी बैशाखमा हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ११, शुक्रवार

निर्देशक मिलन चाम्स पूर्व बिट्रिस गोर्खा सैनिक हुन् । तर, फिल्मप्रतिको मोहका कारण उनले जागिरे जीवन नै त्यागिदिए । यद्यपि, उनलाई गोर्खा सैनिकको कथामा फिल्म बनाउने हुटहुटी थियो । त्यही हुटहुटीले जन्मिएको हो, ‘गोर्खा वारियर’ । अनुसन्धान तथा छायांकन र पोस्ट प्रोडक्सन गरी उनले यो फिल्मलाई १० वर्ष समय दिएका छन् । र, शुक्रबारबाट उनको परीक्षा सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १०, बिहिवार

‘इन्टु मिन्टु लण्डनमा’ जोडी साम्राज्ञी आरएल शाह र धीरज मगरले दोस्रोपटक एकसाथ काम गर्न लागेको लभस्टोरी फिल्म ‘रुमानी रंग’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै ‘स्टोरीलाइन’को बारेमा पनि जानकारी गराइयो । ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशन रहने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १०, बिहिवार
Results : 343 - 348 of 21235