Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1813 - 1818 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-12-01, आईतवार

नेपाली फिल्ममा अभिनेता दीलिप रायमाझीले गर्विलो पहिचान बनाएका छन् । कुनै बेला करिअरको उत्कर्षमा रहेका उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । अमेरिकामा बस्दा समेत उनले अभिनयलाई निरन्तरता दिए । पछिल्लो समय भने उनको बसाइँ नेपालमै बढी छ । यसैले अचेल उनी छायांकनमा व्यस्त देखिन्छन् । यसै साता उनले नयाँ फिल्म ‘रंगी’को छायांकन सकाए ।

फिल्मीखबर, काठमाडौं, 2024-12-01, आईतवार

भारतमा यस वर्षको ठूलो रिलिज मानिएको अभिनेता अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’ले अबको चार दिनमा बक्स अफिसमा आफ्नो राज सुरु गर्दैछ । ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट भारतमा हिन्दी र अन्य भाषामा एड्भान्स बुकिङ खुला भइसकेको छ । र, २४ घण्टामै ठूलो मात्रामा टिकट बिक्री भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-01, आईतवार

फिल्म ‘लक्का जवान’पछि पुनः सहकार्य गरेका अभिनेताद्वय दीलिप रायमाझी र सलोन बस्नेतले फिल्म ‘रंगी’को छायांकन सकाएका छन् । छायांकन सुरु भएको २६औं दिनमा फिल्म ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भए पनि निर्धारित समयभन्दा ४ दिनअघि नै फिल्मको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए ।

फिल्मीखबर, काठमाडौं, 2024-11-30, शनिवार
फिल्मीखबर, काठमाडौं, 2024-11-29, शुक्रवार

गत जेठमा नेपाल रिलिज भएको रोड-थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा फिल्मको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्म्सका सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिए ।

Results : 1813 - 1818 of 23769
Most Visited News (monthly)