Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1807 - 1812 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-12-03, मंगलवार

लगभग ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्म ‘तेल भिसा’ यतिबेला हलमा प्रदर्शनरत छ । प्रतिक्रिया राम्रो मिलेको भए पनि हलमा दर्शकको उपस्थिति अपेक्षित नहुँदा फिल्मले घरेलु बजारबाटै लगानी उठाउने सम्भावना टरिसकेको छ । यही बिहीबार आउन लागेको साउथ फिल्म ‘पुष्पा २’का कारण धेरै हलबाट फिल्म उत्रने देखिन्छ । फिल्ममा लगानी मात्र तीन करोडमाथि छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-03, मंगलवार

करिअरको उत्कर्षमा रहेको समयमा कलाकारहरु मल्टीस्टारर फिल्म गर्न हम्मेसी चाहँदैनन् ।  फिल्म सफल भए पनि जस अरुले नै पाउने भय प्रायःमा देखिन्छ । यो किसिमको सोच नयाँ पुस्तामा बढी छ । कलाकारहरुबीचको इगोले पनि मल्टीस्टारर फिल्म निर्माणमा कमी आएको देखिन्छ । ‘स्टार’ कलाकारहरु एकअर्कासँग काम नै गर्न चाहँदैनन् भन्ने भाष्य बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-02, सोमवार

लभस्टोरीमा एउटा यादगार फिल्म मानिन्छ, ‘प्रेम गीत’ । यसका तीन श्रृंखला समेत निर्माण भइसकेका छन् । अब यही नामजस्तै मिल्दोजुल्दो लाग्ने ‘प्रेम गीता’ नाममा नयाँ फिल्म बन्ने भएको छ । सोमबार पाँचखालबाट फिल्मको छायांकन सुरु गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-02, सोमवार

फिल्म ‘पूजार सार्की’को व्यावसायिक सफलतापछि अब निर्देशक दिनेश राउत नयाँ फिल्म ‘महाभोज’ बनाउने तयारीमा छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ थियो । तर, यो नामले कथावस्तुलाई न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो । आगामी माघ १ गतेबाट छायांकन सुरु हुने फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-02, सोमवार

म्यूजिक भिडियो हुँदै फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी अभिनेत्री शिल्पा पोखरेलको केही वर्ष करिअर सन्तुलित नै रह्यो । ‘हवल्दार सुन्तली’, ‘किस्मत २’, ‘मंगलम’ जस्ता फिल्म सफल हुँदा उनलाई कामको अभाव भएन । तर, पूर्वपति तथा निर्माता छविराज ओझासँगको कानुनी झमेलापछि भने उनको करिअर एकाएक सुस्ताएको छ । फिल्ममा त उनी नदेखिएकै ५ वर्ष भइसकेको छ ।

एजेन्सी, काठमाडौं, 2024-12-02, सोमवार

गत वर्षको ब्लकबस्टर फिल्म ‘टुवेल्थ फेल’मा गरेको जीवन्त अभिनयका कारण चर्चामा आएका अभिनेता विक्रान्त मेसीले आफ्ना प्रशंसकलाई निराश तुल्याउने एउटा निर्णय गरेका छन् । अब उनले अभिनयबाट विश्राम लिने भएका छन् । आइतबार मध्यरातमा इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले २०२५ मा अन्तिमपटक फिल्ममार्फत् दर्शकसँग भेट्ने जनाएका छन् ।

Results : 1807 - 1812 of 23769
Most Visited News (monthly)