Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1795 - 1800 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-12-06, शुक्रवार

अभिनेता पल शाह वैवाहिक जीवनमा बाँधिन लागेको खबर केही दिनयता डढेलो जसरी फैलिएको छ । केही युट्युबरले आगामी माघमा उनले विवाह गर्न लागेको दाबी गरेका छन् भने बिहीबार चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’ले उनको हुनेवाला दुलही एमालेको विद्यार्थी नेतृ रहेको जनाएको थियो । जसले गर्दा पललाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-06, शुक्रवार

साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । एड्भान्स बुकिङ नै आक्रामक देखिएको फिल्मलाई ‘रेकर्डब्रेक’ ओपनिङ मिलेको छ । भारतमा सबैभन्दा ठूलो ओपनिङ पाएको ‘आरआरआर’ (१३३ करोड) र हिन्दीमा कीर्तिमानी ओपनिङ गरेको ‘जवान’ (६५ करोड ५० लाख) दुवैको रेकर्ड फिल्मले तोडेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-05, बिहिवार

दशैं-तिहारपछि फिल्म रिलिजका लागि नेपाली नयाँ वर्ष पनि उपयुक्त समय मानिन्छ । विदा नभए पनि नयाँ वर्षमा हलमा दर्शकीय आकर्षण अक्सर राम्रो देखिन्छ । यसैले वर्षेनि नयाँ वर्षमा फिल्म रिलिजको ठूलै चाप हुने गर्छ । आगामी नयाँ वर्ष (२०८२)मा पनि ‘हेभिवेट’ भिडन्तको सम्भावना देखिएको छ । सम्भवतः त्रिपक्षीय भिडन्त हुनसक्छ । त्यो पनि मल्टीस्टारर फिल्मबीच । ती फिल्म हुन्, ‘नरसिंहा अवतार’, ‘बलिदान’ र ‘कर्मा’ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-05, बिहिवार

‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा सुनामी ल्याएपछि त्यसको भयले दुई चरणमा ट्रेलर समेत सार्वजनिक भइसकेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन नै स्थगन गरियो । फिल्मलाई गत कात्तिक ३० गते प्रदर्शनको तयारी गरिएको थियो । अब यो फिल्म आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-12-04, बुधवार

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । सस्पेन्स र थ्रिल मिश्रित ट्रेलरमा गोर्खाल्यान्डका लागि भएको संघर्षलाई देखाइएको छ । सौगातको पात्र विद्रोही र रहस्यमयी देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-04, बुधवार

फिल्म ‘अञ्जिला’बाट अभिनयमा समेत होमिएकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाका लागि निर्माताले फिल्मबाट हुने कमाइले काठमाडौंमा घर बनाइदिने भएका छन् । बुधबार एञ्जिलालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउबाट फुटबल खेल्नका लागि विशेष सम्मानसहित विदाई गर्दै निर्माता प्रेम कुमार श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

Results : 1795 - 1800 of 23769
Most Visited News (monthly)