

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को सुरुवाती व्यापार अपेक्षित हुन सकेन । पहिलो दिन नै देशभर अकुपेन्सी कमजोर रह्यो । शनिबार व्यापारमा केही सुधार देखिए पनि त्यो उत्साहप्रद थिएन । आइतबार फिल्मको अकुपेन्सी दरमा झनै गिरावट देखियो । तर, सुरुवाती व्यापार अपेक्षित नभए पनि सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै देखिन थालेको छ ।

अभिनेताद्वय दयाहाङ राई र जितु नेपाल ‘कार्साङ’मार्फत् ९ वर्षपछि एकसाथ फिल्ममा देखिँदैछन् । आगामी पुष २६ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । यसअघि दुवैले ‘वडा नम्बर ६’मा एकसाथ काम गरेका थिए । यसमा उनीहरु सहायक भूमिकामा थिए । तर, पछिल्लो समय दुवैले आफ्नै काँधमा फिल्म बोक्दै आइरहेका छन् । अर्थात् कथाको मुख्य पात्र भएर काम गरिरहेका छन् ।

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।

