Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1291 - 1296 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-04-11, शुक्रवार

यस वर्ष (२०८१)का लागि अन्तिम दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरु गरेका छन् । एक्सन जनरामा निर्माण भएका यी दुवै फिल्मले वर्षको अन्त्य सुखद् गराउने ठूलो अपेक्षा गरिएको छ । किनकि, दुवैमा कलाकारको ‘लाइनअप’ बलियो छ । र, प्रचार सामाग्रीले दर्शकमाझ हाइप पनि राम्रो बनाएकाले बक्स अफिस चलायमान बन्ने विश्वास फिल्मकर्मीहरुमा छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-10, बिहिवार

आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु जार संस्कृतिमा आधारित रहेको खुलासा गर्छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-10, बिहिवार

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’का मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईलाई चित्रित गर्दै दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । दुवै पोस्टरमा राज र सनिशा प्रेमिल भावमा देखिएका छन् । यसबाट फिल्ममा उनीहरु जोडीको रुपमा रहेको प्रष्ट हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-10, बिहिवार

गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारमा नयाँ कीर्तिमान बनायो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गरेको छ । फिल्मले बक्स अफिसमा इतिहास रचेको भए पनि निर्माताले वर्षको अन्त्यतिर आएर एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । फिल्म चलाउन निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेका रहेछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

दीपक-दीपा समूहबाट अलग भएपछि अभिनेता जितु नेपाल एकपछि अर्को फिल्ममा आबद्ध भइरहेका छन् । यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’मा देखिएका उनले एक महिनाअघि फिल्म ‘परालको आगो’ सम्झौता गरेका थिए । अब उनी अर्को फिल्म ‘कार्की साइँला’मा अनुबन्ध भएका छन् । उनलाई फिल्मको मुख्य भूमिकामा लिइएको निर्देशक राजेन्द्र बस्नेतले बताए ।

फिल्मीखबर, काठमाडौं, 2025-04-09, बुधवार

कहिले सहकारी ठगीको पैसाले फिल्म निर्माण त कहिले विदेशमा छायांकनको नाममा मानव तस्करीको घटना बाहिर आइरहेको समयमा विदेशमा पढ्न पठाइदिने भन्दै विद्यार्थीबाट ठगी गरेको पैसा समेत नेपाली फिल्ममा लगानी भएको खुलेको छ । गत भदौमा प्रदर्शित सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’मा विद्यार्थीहरूबाट ठगेको लाखौं रुपैयाँ लगानी भएको रहस्य खुलेको हो ।

Results : 1291 - 1296 of 23775
Most Visited News (monthly)