Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1303 - 1308 of 23775
एजेन्सी, काठमाडौं, 2025-04-08, मंगलवार

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ बक्स अफिसमा टाँट पल्टिसकेको छ । ओपनिङ सन्तोषजनक भए पनि खराब रिभ्यूका कारण तेस्रो दिनबाट फिल्म खस्किएको थियो । जसले गर्दा फिल्मलाई सय करोड कमाउन पनि ८ दिन लाग्यो । सोमबारसम्म फिल्मको व्यापार भारतमा १०४ करोड छ । अब फिल्मले बढीमा २/३ करोड कमाउन सक्ने अनुमान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-07, सोमवार

चैते दशैंको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको गायक प्रकाश सपूत निर्देशित फिल्म ‘वसन्त’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र संगीत पक्षको प्रशंसा भइरहेको छ । यसैको बलमा फिल्मले आगामी दिनमा व्यापारिक गति समात्ने विश्वासमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-07, सोमवार

यतिबेला कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्स हेर्दा फिल्ममा प्रभावशाली चरित्र रहेको देखिन्छ । एक तस्वीरमा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेको देख्न सकिन्छ । र, एक युवतीले उनको खुट्टा मोलिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-07, सोमवार

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर करिब १०/१२ दिनदेखि नेपालमा युट्युब ट्रेन्डिङको फिल्म सेक्सनतर्फ शीर्ष स्थानमा थियो । यसलाई न अन्य बलिउड फिल्मका ट्रेलर न नेपाली फिल्मका ट्रेलरले उछिन्न सकेका थिए । तर, मल्टीस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलरले भने ‘सिकन्दर’लाई उछिन्दै आफूलाई दोस्रोबाट शीर्ष स्थानमा उकाल्न सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-06, आईतवार

अहिले सर्वाधिक चर्चामा रहेको गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’मा एउटा लाइन छ, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ ।’ गीतमा भनेझैँ दुर्गेशका एकपछि अर्को फिल्ममा बिकिरहेका छन् । ‘ह्रस्व दीर्घ’ र ‘रंगी’पछि उनको गीत फिल्म ‘कर्मा’मा पनि बिकेको छ । उनले फिल्मका लागि गाएको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-06, आईतवार

यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पिताम्बर’को दोस्रो गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक गरिएको छ । यसमा बाबुल गिरीको स्वर तथा संगीत छ भने कृषा चौलागाईंको शब्द रचना छ । कृषा फिल्मकी निर्देशक समेत हुन् ।

Results : 1303 - 1308 of 23775
Most Visited News (monthly)