Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1267 - 1272 of 23777
फिल्मीखबर, काठमाडौं, 2025-04-18, शुक्रवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को दुई हप्तादेखि काठमाडौं आसपासका क्षेत्रमा छायांकन भइरहेको छ । छायांकनमा जाँदासम्म कलाकारहरुमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल र किरण श्रेष्ठको नाम मात्र सार्वजनिक गरिएको थियो । तर, एक मुख्य कलाकारको नाम भने खुलाइएको थिएन ।

फिल्मीखबर, काठमाडौं, 2025-04-17, बिहिवार

नेपाली फिल्मबीच बक्स अफिसमा भिडन्त नयाँ होइन । लगभग हरेक हप्ता यो परिदृश्य देखिन्छ । यसले कतिपय फिल्मलाई फाइदा पनि पुर्‍याएको छ । पछिल्लो उदाहरण ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ हुन् । यी दुई फिल्मको व्यापार राम्रो हुनुमा भिडन्तको चर्चा नै प्रमुख मानिन्छ । तर, यसले सधैं फाइदा गर्छ भन्ने छैन । ‘पिताम्बर’ र ‘कर्मा’लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-17, बिहिवार

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औं दिनको ‘बेन्चमार्क’ पूरा गरेको छ । महाशिवरात्रिको अवसर पारेर गत फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्मले कमजोर प्रतिक्रियाका बाबजुद पनि बिहीबार देशभरका १३ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-16, बुधवार

सरकारले चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ । उक्त विधेयकलाई संसदमा पेस गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-04-16, बुधवार

फिल्म ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा अवतार’मा समावेश गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको नयाँ भर्सन सार्वजनिक गरियो । गीतमा शम्भुजित बाँस्कोटाको स्वर, शब्द तथा संगीत छ । उनलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । पुरानो भर्सनमा शम्भुजित र देविका बन्दनाको स्वर थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-16, बुधवार

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि संकटमा परेको छ । गत भदौ ३ गते धरानका युवराज श्रेष्ठसँग विवाह गरेकी उनले एक वर्ष पनि नपुग्दै श्रीमानविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा हालेकी छन् । उनी अमेरिकी नागरिक भइसकेका कारण वारेसमार्फत् केही दिनअघि मुद्धा दर्ता गरेको जनाइएको छ । उनी डिभोर्स मुद्धा दर्ता गरेर मंगलबार अमेरिका फर्किसकेकी छन् ।

Results : 1267 - 1272 of 23777
Most Visited News (monthly)