Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1255 - 1260 of 23777
एजेन्सी, काठमाडौं, 2025-04-22, मंगलवार

केही वर्षअघिसम्म एक सय करोडको आँकडालाई बलिउडमा फिल्म सफलताको मानक मानिन्थ्यो । वर्षमा एकाध फिल्मले मात्र यो आँकडा पार गर्थे । तर, अहिले त्यही सय करोड पनि सामान्य बनेको छ । किनकि, बलिउड फिल्महरुले ५/६ सय करोडसम्म कमाउन थालेका छन् । र, यो नै फिल्म सफलताको नयाँ मानक बनेको छ । अब बलिउड एक हजार करोड कमाउने लक्ष्यमा छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-21, सोमवार

भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेको फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-21, सोमवार

आगामी बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेको अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ऊनको स्वीटर’का प्रचार सामाग्रीहरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । चाहे ‘मखमली’ गीत होस् वा गत साता सार्वजनिक ‘काफ्ले’ गीत, दुईवटै लोकप्रिय बनेका छन् । फिल्मको टिजरलाई पनि दर्शकले रुचाएका छन् । ‘काफ्ले’ गीतले त यतिबेला टिकटक जस्ता प्लेटफर्म कब्जा नै गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-20, आईतवार
फिल्मीखबर, काठमाडौं, 2025-04-20, आईतवार

ग्रामीण कथावस्तुमा बनेका फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले २०७९ सालदेखि आयोजना हुँदै आएको ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करणमा ‘अञ्जिला’ उत्कृष्ट फिल्म घोषित भएको छ । शनिबार महोत्सवको समापन समारोहमा फिल्मका निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठले अवार्ड ग्रहण गरे । सोही फिल्मबाट मिलन चाम्सले पनि उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए ।

फिल्मीखबर, काठमाडौं, 2025-04-20, आईतवार

निर्देशक दिनेश राउतले ‘पूजार सार्की’पछि फेरि एकपटक मल्टीस्टारर फिल्म बनाएका छन् । त्यो फिल्म हो, ‘महाभोज’ । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतको मुख्य भूमिका छ । ‘स्टारकास्ट’कै कारण चर्चामा रहेको यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

Results : 1255 - 1260 of 23777
Most Visited News (monthly)