Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1261 - 1266 of 23777
फिल्मीखबर, काठमाडौं, 2025-04-20, आईतवार

अभिनेता र अभिनेत्रीको जोडी दर्शकले रुचाएपछि ५/७ वटा फिल्ममा एकसाथ काम गर्नु सामान्य नै हो । तर, मलयालम फिल्मकी एक अभिनेत्रीले एउटै हिरोसँग १३० वटा फिल्ममा काम गरेर विश्व रेकर्ड नै बनाएकी छन् । ती अभिनेत्री हुन्, शीला देवी (सेलीन)। ६०/७० दशककी सर्वाधिक महंगी अभिनेत्री रहेकी उनले मलयालम अभिनेता प्रेम नाजीरसँग १३० वटा फिल्ममा काम गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-18, शुक्रवार

सन् १९८५ मा निर्माण भएको ‘के घर के डेरा’ले नेपाली फिल्मको एउटा कालखण्डको प्रतिनिधित्व गर्छ, जुनबेला रिलबाट फिल्म खिचिन्थ्यो । यसको ३७ वर्षपछि अर्थात् २०७९ सालमा दोस्रो पटक सोही नाममा अर्को फिल्म बन्यो । अब यसको दोस्रो श्रृंखला ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ । एक साताअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-18, शुक्रवार

अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवै करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-04-18, शुक्रवार

अभिनेता पल शाहको गत वर्ष तीनवटा फिल्म रिलिज भए । यस वर्ष पनि त्यही संख्यामा रिलिजको सम्भावना देखिन्छ । उनको यस वर्षका लागि पहिलो रिलिज फिल्म भने ‘मोहर’ हुनेछ, जुन आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । ओम प्रतिकको निर्देशन बनेको फिल्ममा उनको जोडीको रूपमा बेनिशा हमाल र नीति शाह प्रस्तुत छन् । दुवैसँग उनको यो पहिलो सहकार्य हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-18, शुक्रवार

एउटा फिल्मको सफलताले मात्रै पनि कलाकारको करिअरलाई कुन हदसम्म उठाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, बेनिशा हमाल । उनले डेढ दशक लामो करिअरमा पहिलो हिट फिल्मको रुपमा ‘छक्का पञ्जा ४’ पाएकी थिइन् । यसपछि उनको करिअर नै चम्किएको छ । यतिबेला उनको हातमा लगातार फिल्म परिरहेको छ । र, उनले पनि श्रृंखलाबद्ध रूपमा काम गरिरहेकी छन् ।

Results : 1261 - 1266 of 23777
Most Visited News (monthly)