Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1033 - 1038 of 23779
एजेन्सी, काठमाडौं, 2025-06-28, शनिवार

गायक तथा अभिनेता दिलजीत दोसान्झको नयाँ फिल्म ‘सरदार जी ३’ विवादमा तानिएको छ । यसको मुख्य कारण हो, पाकिस्तानी कलाकारले अभिनय गर्नु । फिल्ममा पाकिस्तानकी चर्चित अभिनेत्री हानिया आमिरसहित चारजना कलाकारले अभिनय गरेका छन् । उनीहरूकै कारण भारतमा यो फिल्मलाई प्रतिबन्ध गर्नुपर्ने माग उठेपछि निर्माताले पाकिस्तानमा मात्र फिल्म रिलिज गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-06-27, शुक्रवार

प्रदर्शन मिति तय नहुँदै फिल्म ‘हली’को पहिलो गीत ‘चानस पाए त’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा जस्मिन श्रेष्ठको शब्द रचना तथा गायक गिरी स्वयंको संगीत रहेको छ । यो फिल्मको प्रमोसनल गीत हो ।

फिल्मीखबर, काठमाडौं, 2025-06-27, शुक्रवार

गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को मुख्य भूमिकामा दुई कलाकार तय भएका छन् । निर्माण पक्षले शुक्रबार अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतलाई फिल्ममा अनुबन्धित गरेको हो । यसमा विजयले मंगले र वर्षाले मालतीको भूमिका निभाउनेछन् । यसअघि उनीहरुले ‘मिस्टर झोले’मा सहकार्य गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-06-27, शुक्रवार

देशभक्ति भावनाको कथावस्तुमा बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा नेपालको भूमि, भाषा, धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र त्यसलाई बचाउन नेपालीहरुले चलाएको अभियानलाई देखाइएको छ । भुटानी शासकबाट लखेटिएका भुटानीहरुको कथा पनि यसमा छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-27, शुक्रवार

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिच्दै २५ दिनमा फिल्म प्याकअप भएको हो । गत जेठ २२ गतेबाट फिल्मको छायांकन सुरु गरिएको थियो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फिल्म खिचिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2025-06-27, शुक्रवार

अभिनेता सलोन बस्नेत र मोडल तथा एयर होस्टेस करिश्मा केसीले विवाहभन्दा अगाडि नै केही म्यूजिक भिडियोमा जोडी भएर काम गरिसकेका थिए । विवाहपछि पनि यो रोकिएको छैन । केही सातायता उनीहरूको एकपछि अर्को म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भइरहेका छन् । ती भिडियोको कमेन्टमा धेरैले उनीहरूलाई अब फिल्ममा पनि जोडी बनेर देखिन आग्रह गरेका छन् ।

Results : 1033 - 1038 of 23779
Most Visited News (monthly)