Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवेक ओबेरोयले गरे ‘२६ करोड’को घोषणा, प्रदीपको जोडी बन्दै साहारा

फिलमीखबर, काठमाडौं, 2026/09/23

vivek oberoi

 

विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’को मुम्बईमा निर्माण घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईको पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’मा क्यान्सर पीडितको सहयोगार्थ आयोजित ‘रोज डे’ समारोहमा बलिउड अभिनेता विवेक ओबेरोय र निर्माता सुभाष भुसालले संयुक्त रूपमा फिल्मको घोषणा गरेका हुन् ।  

उक्त अवसरमा फिल्मको मुख्य भूमिकामा साहारा शाहलाई पनि अनुबन्धित गरिएको छ । नेपाली मूलकी उनले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एकेडेमी’मा अभिनयको प्रशिक्षण लिएकी उनी ‘क्यान्सर सर्भाइभर’ हुन् । लामो समयदेखि विवेक ओबेरोयले उनको अभिभावकत्व सम्हाल्दै आएका छन् । 

फिल्मको घोषणा कार्यक्रममा बोल्दै ओबेरोयले साहाराले फिल्ममा डेब्यू गर्नु आफ्ना लागि सबैभन्दा ठूलो उपहार भएको बताए । उनले भने, ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु ।’

 

vivek oberoi 3


सामाजिक कथामा निर्माण हुने फिल्ममा यसअघि अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । फिल्ममा उनको जोडी साहारासँग बाँधिनेछ । किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी डिसेम्बर (पुष)मा नेपाल र भारतका विभिन्न स्थानमा गरिने जनाइएको छ । फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन रहेको छ ।