Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ २’को टिजरमा विराज र समीरको एक्सन

फिल्मीखबर, काठमाडौं, 2026/09/23

Biraj Bhatt, Samir Bhatt

 

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ देखिएको झन्डै दुई मिनेट लामो टिजरमा संवादभन्दा धेरै गोली र किक चलेका छन् । टिजरले कथावस्तुबारे भने धेरै खुलाएको छैन । फिल्ममा कस्ता एक्सन दृश्य छन् भन्नेबारे दर्शकलाई जानकारी दिनु मात्र टिजरको उद्देश्य देखिन्छ । 

विराजको भ्वाइस ओभरसँगै सुरु हुने टिजरमा समीर भट्टका एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ । टिजरको सबैभन्दा रोचक पक्ष भने विराज र समीर एकसाथ देखिएको दृश्य हो, जहाँ उनीहरूलाई दुई शक्तिको रूपमा चिनाउँदै युद्धको फैसला दुईमध्ये एउटाको अन्त्यले गर्ने उद्घोष छ । यसले यसपटक फिल्ममा विराज र समीरबीच नै टकराव हुने संकेत गर्छ ।

असोज ३० गतेबाट प्रदर्शन हुने यस फिल्ममा विराज र समीरसहित अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । 

फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत (बीजीएम) तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ । यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।