Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोनू सूद भन्छन्, ‘नेपाल सहयोग लिएर आउँदैछौं’

फिल्मीखबर, काठमाडौं, 2026/08/26

sonu sood

 

बलिउडका चर्चित अभिनेता सोनू सूदले बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आफू नेपालको साथमा रहेको बताएका छन् । उनले बाढी प्रभावितलाई खानादेखि आश्रयसम्म सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले आफू स्वयं नेपाल आउने संकेत दिँदै बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदैछौं ।’ उनको उक्त पोस्टमा सर्वसाधारणसँगै विपना थापा, गरिमा शर्मालगायतका कलाकारहरूले कमेन्ट गर्दै धन्यवाद दिएका छन् । केहीले उनलाई ‘रियल हिरो’ समेत भनेका छन् ।

सोनू भारतमा सहयोगी कलाकारका रूपमा चिनिन्छन् । सन् २०२० मा विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि भारतमा लकडाउन लागू भएपछि उनले घर फर्किन चाहने मजदुरका लागि आफ्नो निजी खर्चमा बस, रेल तथा चार्टर्ड विमानको व्यवस्था गर्नुका साथै खाना र अन्य आवश्यक सामग्री समेत उपलब्ध गराएका थिए ।