Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अक्षरा’मा सुशीलको जोडी बन्दै ‘१२ गाउँ’की न्यान्सी

फिल्मीखबर, काठमाडौं, 2026/05/01

ekshyera

 

विनयराज पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘अक्षरा’मा सुशील सिटौला र न्यान्सी खड्काको जोडी बाँधिने भएको छ । शुक्रबार काठमाडौंको गुह्येश्वरी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै मुख्य कलाकारको रूपमा सुशील र न्यान्सी रहने जानकारी गराइयो । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सीले फिल्म ‘१२ गाउँ’बाट डेब्यू गरेकी थिइन् ।

फिल्मको मुहूर्त समारोहमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुशील र न्यान्सीको मुहूर्त सट लिइएको थियो । मधुसुदन भट्टराईले निर्देशन गरेको उक्त सटमा लव प्याकुरेलले क्ल्याप बजाएका थिए भने शंकर महर्जनले ‘रोल’ भनेसँगै दिनेश महराले क्यामेराको ‘स्वीच अन’ गरेका थिए । दीपक दंगालले भने नरिवल फुटाउँदै फिल्मको शुभारम्भ गरे ।

क्षिति बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा सुशील र न्यान्सीसहित सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, गीता अधिकारी, विरेन्द्र कुशवाह, सिर्जना अधिकारी, रोनक खड्का, प्रीसा ढुंगाना लगायतको अभिनय रहनेछ । फिल्मका निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् भने सुरज थापा काजी कार्यकारी निर्माताको रूपमा छन् ।

दीपेन बस्न्यातले छायांकन गर्ने यस फिल्ममा गौतमराज खड्काको सम्पादन, कर्णराज गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृंगार तथा प्रार्थना भट्टराईको भेषभुषा रहनेछ । फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालका दीपक दंगालले गर्नेछन् ।